तीन जना दाजुभाईले ६० लाखमा खोले ‘नाइस बिरयानी’

 न्यूज विराट
तीन जना दाजुभाईले ६० लाखमा खोले ‘नाइस बिरयानी’

विराटनगर । तीन जना दाजुभाइ मिलेर मोरङको धनपालथान गाउँपालिका – ६ कदमाहास्थित नाइस बिरयानी एण्ड फेमेलि होटल संचालनमा ल्याएका छन् । करिब ६ लाख बढीको लगानीमा उक्त होटल शुक्रबारदेखि संचालनमा ल्याएका हुन् ।

होटलको उद्घाटन धनपालथान गाउँपालिका अध्यक्ष जिवस प्रसाद गच्छदार गरे । सो होटलको संचालकहरुमा ईमतियाज आलम, मताज आलम र इमरान आलाम रहेका छन् ।

उनीहरु दाजु भाइ हुन् । लामो समय कतार बसेपछि उनीहरुले स्वदेशमै केही गर्ने उद्देश्यले बिरयानिसहितको होटल संचालनमा ल्याएका हुन् । उनीहरुको नाइस बिरयानि होटल विराटनगर ६ सरौचियामा पनि रहेको छ । कदमाहामा खोलिएको यो होटल विराटनगरको शाखा हो ।

विराटनगर – रंगेली हुलाकी सडक खण्ड अन्र्तगत कदमाहामा खोलिएको यो होटल अहिलेसम्मको ठूलो हो । करिब पाँच कठ्ठा क्षेत्रमा फैलिएको होटलमा थरी थरीका बिरयानी पाइने संचालक ईमतियाज आलमले जानकारी दिए । यहाँको होटलमा स्पेशल ६ खालका बिरयानी अहिले पाइन्छ । ‘अर्डर अनुसार जुनसुकै प्रकारको पनि बिरयानी हामी ग्राहकहरुलाई दिनेछौं,’ उनले भने । अहिले चिकेन, मटन, फिस, भेज, अन्डा र पनिर बिरयानी पाइने उनले बताए । ‘बिरयानी बनाउने स्पेशल सेफ रहेको छ । यहाँका सेफले थरी थरीका परिकारहरु बनाएर दिनेछन्,’ उनले भने । हालै संचालनमा आएका होटलमा १५ जनाले रोजगारी पाएका छन् ।

सम्बन्धित समाचार

नेपालमा थप १५५८ जनामा कोरोना पुष्टि, १३५१ जना डिस्चार्ज

काठमाडौं, १ असोज । नेपालमा थप १ हजार ५ सय ५८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ५ सय ५८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा...

मोटरसाइकल र प्रेमिकाको विषयमा विवाद हुँदा साथीको हत्या 

पोखरा, २ असार-पोखराका एक युवाको हत्या भएको रहस्य खुलेको छ । नयाँ मोटरसाइकल किनेको खुसियालीमा साथीहरूलाई पार्टी दिने क्रममा बाइक र प्रेमिकाका बारेमा बढेको विवादले उग्र रूप लिएपछि सँगै पार्टीमा रमाएका साथीहरूले नै अमित रसाइलीको...

नेपालमा मनसुन प्रवेश गर्दै

नेपालमा अहिले मनसुन प्रवेश नभए पनि मनसुनी गतिविधिको प्रभावले बदली र वर्षा भइरहेको छ । अबको दुई/चार दिनभित्रै नेपालमा मनसुन प्रवेश गर्ने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद्...

शिव आधारभूत विद्यालयमा स्वच्छता सम्वन्धी सचेतना

विराटनगर । विभिन्न सामाजिक कार्य गर्दै आएको रोटरी क्लब अफ विराटनगर डाउनटाउनले स्वच्छता सम्वन्धी सचेतना कार्यक्रम गरेको छ । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले सहयोग गर्दै आएको बेलगाछीस्थित शिव आधारभूत विद्यालयमा स्वच्छता सम्वन्धी सचेतना कार्यक्रम...

सन् २०२२ का लागि डीभी खुल्यो

एजेन्सी, २१ असोज-सन् २०२२ को डाइभर्सिटी भिसा (डीभी) कार्यक्रमका लागि आवेदन दर्ता बुधबारबाट खुल्ला भएको छ । नेपालस्थित अमेरिकी दूतावासले नेपाली समयानुसार बुधबार राति ९:४५ बजेबाट सुरु हुने गरी डीभी खुल्ने र २५ कात्तिकको राति...

राष्ट्रपति र उपराष्ट्रपतिद्वारा विजयादशमीको शुभकामना व्यक्त

काठमाडौं, १० कात्तिक-हिन्दूहरुको सबैभन्दा ठूलो पर्व बडादसैंको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनले शुभकामना व्यक्त गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले सामाजिक तथा भौतिक दूरी कायम गरी मौलिक चाडपर्वको संरक्षण एवं सम्बर्द्धन गर्न...

प्रदेश १ का सामाजिक विकास मन्त्री यादवद्धारा नैतिक शिक्षामा जोड

विराटनगर, १ पुस । प्रदेश १ का सामाजिक विकास मन्त्री जयराम यादवले नैतिक शिक्षा हराउँदै गएको बताउनु भएको छ । उहाँले नैतिक आचरणका संस्कारहरु विद्यार्थीले विर्सदै गएकाले नैतिक शिक्षा आवस्यक रहेकोमा जोड दिनुभएको छ ।...

पछिल्लो २४ घण्टामा प्रदेश १ मा ६६२ जना डिस्चार्ज, १८९ संक्रमित थपिए

विराटनगर, २७ कात्तिक–पछिल्लो २४ घण्टामा प्रदेश १ मा कोरोना भाइरसको संक्रमणबाट मुक्त भएर ६ सय ६२ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट ५ सय ७८, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट २९, विराट मेडिकल कलेजबाट १३,...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्