लकडाउनका समयमा रौतहटमा २ जना बलात्कृत

 न्यूज विराट
लकडाउनका समयमा रौतहटमा २ जना बलात्कृत

लकडाउनका समयमा रौतहटमा २ जना बलात्कृत भएका छन् । कोरोना भाइरसको संक्रमण फैलन नदिन सरकारले लकडाउन गरेका बेला यस प्रकारको घटना सार्वजनिक भएको हो ।

रौतहटको कटहरिया ६ बगहीकी १७ वर्षीया किशोरी र फतुवा विजयपुर नगरपालिकाकी ८ वर्षीया बालिकामाथि जबर्जस्ती करणी भएको प्रहरीले जनाएको छ ।

फतुवामा स्थानीय १८ वर्षीय नवल पासवानले छिमेककी ८ वर्षीया नाबालिकालाई बलात्कार गरेको प्रहरीले जनाएको छ । शनिबार राती घरबाट नजिकैको किराना पसलमा खाने तेल किन्न गइरहेकी ती बालिकालाई नियन्त्रणमा लिएर पासवानले नजिकैको गल्लीमा लगेर बलात्कार गरेको बताइएको छ । पीडा सहन नसकेर बालिका रूने र चिच्याउने गरेपछि घटनाबारे थाहा पाएका स्थानीयले पासवानलाई समातेर प्रहरीमा खबर गरेका थिए ।

इलाका प्रहरी कार्यालय विजयपुरका प्रमुख प्रहरी निरीक्षक चन्द्रकिशोर साहको कमाण्डमा गएको टोलीले आरोपी पासवानलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

चन्द्रपुरसहित स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा पीडित बालिका र पीडकको स्वास्थ्य परीक्षण गरिएको प्रहरीले जानकारी दिएको छ । बलात्कार आरोपी पासवानमाथि बालयौन दुराचार सम्बन्धी मुद्दा दर्ता गरी अदालतबाट आदेश लिएर अनुसन्धान थालिएको छ ।

गत चैत्र १३ गते कटहरिया नगरपालिका वडा ७ बगहीगाँउस्थित एक जना १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोप लागेका २८ वर्षीय भाग्यनारायण साह फरार भएका छन् ।

घरका महिला र अन्य सदस्य खेतमा काम गर्न गएको मौका छोपी निज शाहले छिमेकीको छोरीलाई केही काम छ भनी आफ्नो घरमा बोलाई बलात्कार गरेको आरोप लागेको छ ।

साहले किशोरीमाथि दिउँसै ढोका थुनेर बलात्कार गरेको र भिडियो समेत बनाएको खुलेको छ । साहले बलात्कारको घटनाबारे कसैलाई भनेमा भिडियो सामाजिक सञ्जालमा राखिदिने धम्की दिँदै आएको किशोरीले बताएकी छिन् ।

पीडितले घटनाबारे बाबुआमालाई बताएपछि घटना बाहिर आएको थियो । इलाका प्रहरी कार्यालय गरूडाका प्रमुख डीएसपी ज्ञानकुमार महतोले साहमाथि जबरजस्ती करणी मुद्दा दर्ता भएको र भिडियोबारे थप अनुसन्धान भइरहेको बताए ।

पीडितको जिल्ला अस्पताल गौरमा स्वास्थ्य परीक्षण भइसकेको र आरोपी साहको खोजी भइरहेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।

सम्बन्धित समाचार

मोरङको कटहरीमा दुर्घटना, हुलाकका कर्मचारीको मृत्यु

विराटनगर । मोरङको कटहरिमा सवारी दुर्घटनामा परेर हुलाकका कर्मचारीको घटनास्थलमै मृत्यु भएको छ । पश्चिम दिशाबाट आउँदै गरेको ट्रकले पछाडिबाट मोटरसाइकललाई ठक्कर दिँदा मोरङको बुढिगंगा १ का ३७ बर्सिया चन्द्रमणि अधिकारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले...

लागुऔषध सहित मोरङ र झापाबाट पाँच जना पक्राउ

विराटनगर । मोरङ र झापाबाट लागूऔधषसहित पाँच जनलाई प्रहरीले पक्राउ गरेको छ । झापाबाट तीन र मोरङबाट दुई जनालाई लागूऔषधसहित पक्राउ गरेको हो । झापाको २ छुट्टा छुट्टै स्थानहरुबाट ३ जना लाई प्रहरीले प्रतिबन्धित लागुऔषध...

फर्मासिस्ट दरबन्दी सृजना गर्न लागि पर्नेछु : स्वास्थ्य सचिब देवकोटा

विराटनगर । स्वास्थ्य मन्त्रालय कोशी प्रदेशकी सचिब डा. सुधा देवकोटाले फर्मासिस्टको दरबन्दी सृजना गर्न पहल गर्ने बताएकी छिन् । नेपाल फर्मास्युटिकल एसोसिएन (एनपीए) कोशी प्रदेशले विराटनगरमा सोमबार विश्व फर्मासिस्ट दिवसको अवर पारेर आयोजना गरिएको कार्यक्रममा...

पहिचानको आन्दोलन एमालेप्रतिमात्र लक्षित भयो : मुख्यमन्त्री

विराटनगर । कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संघीय सरकारको नेतृत्व गरेकै दलले प्रदेश नामकरणको विपक्षमा भएको आन्दोलनलाई उक्साइरहेको आरोप लगाएका छन् । गृहमन्त्रालयले विराटनगरमा आयोजना गरेको कार्यक्रममा उनले कोशीमा समस्या उत्पन्न गराउने र आगोमा घिउ थप्ने...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्