कर्सियाको सिटिजन्स बैंक लुटपाट प्रकरणः पक्राउ परेका तीन लुटेरालाई प्रहरीले विराटनरमा सार्बजनिक गर्यो

 न्यूज विराट
कर्सियाको सिटिजन्स बैंक लुटपाट प्रकरणः पक्राउ परेका तीन लुटेरालाई प्रहरीले विराटनरमा सार्बजनिक गर्यो

विराटनगर, २७ असोज । मोरङको धनपालथान गाउँपालिकाको कर्सियास्थित सिटिजन्स बैंक शाखा लुटपाटमा संलग्न तीन जनालाई प्रहरीले सार्बजनिक गरेको छ ।

बुधबार दिउँसो जिल्ला प्रहरी कार्यालय मोरङले विराटनगरमा पत्रकार सम्मेलन गर्दै उनीहरुलाई सार्बजनिक गरेको हो  बैंक लुटपाटमा संलग्न भएको आरोपमा पक्राउ परेका विराटनगर महानगरपालिका–८ का ३२ वर्षीय श्याम मुखिया, भारतको अररिया सेखपुरा ५ का २८ वर्षीय सुनिल यादव र भारत अररिया गोराहा ४ का ३० वर्षीय को बिजय सहनीलाई प्रहरीले पत्रकार सम्मेलन गरि सार्बजनिक गरेको हो ।

उनीहरुसहित ७ जनाको लुटेरा समुहले असोज २५ गते धनपालथान गाउँपालिका—४ कर्सियास्थित सिटिजन्स बैंकको शाखामा हतियारसहित लुटपाट गरेको थियो । सो दिन अपराहन्न ७ जनाको लुटेरा समूहले एक्कासी बैंक भित्र पस्ने क्रममा बैंकका सुरक्षा गार्ड सितल कुमालसँग भएको खुकुरी खोसेर पेस्तोल ताक्दै नियन्त्रणमा लिने प्रयास गरेको थियो ।

दुइ लुटेराले पेस्तोल ताक्दै नियन्त्रणमा लिन खोजेपछि प्रतिकार गर्दा पछाडिबाट अर्को एक लुटेराले गार्ड कुमाल माथि गोली प्रहार गर्दा दाहिने पातामा गोली लागि घाइते भएका थिए ।

गोली चलेर हो हल्ला हुनथालेपछि लुटेराहरु फरार भएका थिए । गोली प्रहारबाट घाइते सुरक्षा कार्ड कुमालको तत्काल विराटनगरस्थित न्युरो अस्पतालमा उपचार गरिएको थियो । हाल उनी खतरा मुुक्त रहेको प्रहरीले जनाएको छ ।

लुटपाटको घटनालगतै जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरिक्षक जनाद्र्धन जिसिसहितको टोली खटि गई लुटेरा समुहका ३ जनालाई धनपालथान गाउँपालिका–२ खयरबना चोक नजिकैबाट माटरसाईकल र हतियार सहित नियन्त्रणमा लिन सफल भएको थियो ।
अन्यको खोजि कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरिक्षक जिसिले जानकारी दिए ।

पक्राउ परेका लुटेराहरुका साथबाट प्रहरीले लुटपाटमा प्रयोग भएको को २५ प ३८९९ नम्बरको पल्सर मोटरसाईकल, एक राण्ड गोलि सहितको कटुवा पेस्तोल, घटनास्थलमा पेस्तोलको नपड्किएको एक राउड र एक खोका गोली घाइते गार्ड सितल कुमालको शरिरवाट निकालिएको गोली र नोकिया कम्पनीको सादा मोवाईल एक थान बरामद गरिएको प्रहरी उपरिक्षक जिसिले जानकारी दिए ।

सम्बन्धित समाचार

सङ्कट समाधानमा सरकार प्रभावकारी देखिएन : महामन्त्री डा कोइराला

काठमाडौं, २३ असार-नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले कोरोना भाइरसको सङ्क्रमणका कारण उत्पन्न सङ्कट समाधानका लागि सरकारले कुनै प्रभावकारी नयाँ योजना दिन नसकेको बताएका छन् । सामाजिक लोकतन्त्रका लागि ऐक्यबद्धता नेपालले आज आयोजना गरेको बीपीको...

एकीकृत समाजवादीले संसदीय दलको नेता चयन गर्दै

काठमाडौं, १३ भदौ । संसदीय दलको नेता चयन गर्न नवगठित नेकपा (एकीकृत समाजवादी) को बैठक बस्दैछ । बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा बस्ने गरी बैठक बोलाइएको सांसद मेटमणि चौधरीले जानकारी दिए । बैठकले अध्यक्ष...

बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी

काठमाडौं, १७ जेठ-सरकारी निवास बलुावाटरमा मन्त्रिपरिषद्को बैठक जारी छ । केही बेरअघि सुरू भएको बैठकमा विदेशमा अलपत्र नेपालीलाई स्वदेश फर्काउनेबारे छलफल गर्न भइरहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को...

लेखा अधिकृतको मागलाई कर्मचारी संगठनको साथ

विराटनगर । कोशी प्रदेशको निजामती सेवा ऐन संशोधनको मागसहित चार दिनदेखि आन्दोलनमा उत्रिएका लेखा अधिकृतहरूको आन्दोलनमा दल निकट कर्मचारी संगठनहरू पनिले साथ दिएका छन् ।आइतबार संयुक्त विज्ञप्ति जारी गर्दै पाँच कर्मचारी संगठनले आन्दोलनमा एक्येबद्धता जनाएका...

कोरोनाबाट विदेशमा १९१ नेपालीको मृत्यु

काठमाडौं, २५ साउन-कोरोना भाइरस सङ्क्रमणबाट हालसम्म  विदेशमा १९१ जना नेपालीको अकालमा निधन भएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार पछिल्लो समय भारतमा थप २ जना नेपालीकोे निधन भएको थियो ।   सङ्घअन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव...

सरकारमा जान ठाकुर-महतो छलफलमा

प्रधानमन्त्री केपी ओली नेतृत्वको मन्त्रिपरिषदमा सहभागी हुन जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतो पक्ष छलफलमा जुटेको छ । प्रधानमन्त्री ओलीसँग ठाकुर-महतो पक्षले आज छलफल गर्दैछन् । मन्त्रालयको संख्या र नाम टुंगो लागे...

संसद बैठक बस्दै, केपी ओलीले सम्बोधन गर्ने

प्रतिनिधि सभाको बैठकमा आज प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन् । बिहान ११ बजे बस्ने बैठकको सुरुमै ओलीले सरकारले जेठ १० गते प्रस्तुत गरेको आगामी...

संस्कृति संरक्षणमा तेली समाजको जोड

विराटनगर । जातिय पहिचान र संस्कृतिको संरक्षण गर्न संगठित हुनुपर्ने एक कार्यक्रममा सहभागिहरुले जोड दिएका छन् । तेली कल्याण समाज नेपाल विराटनगर १२ ले आउँदै गरेको दशै, तिहार, छठ पर्वलाई लक्षित गरेर शनिबार शुभकामना तथा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्