विराटनगर । कोशी प्रदेशको निजामती सेवा ऐन संशोधनको मागसहित चार दिनदेखि आन्दोलनमा उत्रिएका लेखा अधिकृतहरूको आन्दोलनमा दल निकट कर्मचारी संगठनहरू पनिले साथ दिएका छन् । आइतबार संयुक्त विज्ञप्ति जारी गर्दै पाँच कर्मचारी संगठनले आन्दोलनमा एक्येबद्धता जनाएका हुन् । उनीहरूले सबै सेवा समूहका कर्मचारीहरूको समान वृत्ति विकासको सुनिश्चितता हुनेगरी लेखा अधिकृतको माग सम्बोधन गर्न माग गरेका छन् । नेपाल निजामती कर्मचारी संगठन कोशी प्रदेश, नेपाल निजामती कर्मचारी युनियन, नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती कोशी प्रदेश, एकीकृत सरकारी कर्मचारी संगठन नेपाल र आधिकारिक ट्रेड युनियन मोरङले विज्ञप्ति जारी गर्दै सबै सेवा समूहका कर्मचारीको समान वृत्ति विकासको सुनिश्चितता हुनेगरी माग सम्बोधन गर्न आग्रह गरेका हुन् । तह वृद्धिका लागि निजामती सेवा ऐनले विभेद गरेको भन्दै लेखा अधिकृतहरू बिहीबारबाट काम छाडेर आन्दोलनमा उत्रिएका छन् । आन्दोलनमा उत्रिएका कर्मचारीहरूले लेखा समूहका कर्मचारीमाथि भएको विभेद अन्त्य गर्न माग गरेका छन् । आन्दोलनमा उत्रिएका लेखा अधिकृतहरूका अनुसार संघबाट समायोजन भएका छैठौं तहका अधिकृतको बढुवामा छुटेका छन् । तर समायोजन ऐन २०७५ अनुसार नियुक्त भएका स्थानीय तहका कर्मचारी सातौं तहमा बढुवा भएका छन् । समायोजन भएर प्रदेशमा आएका सिनियर कर्मचारी छुटेका कारण कर्मचारीहरूले ज्येष्ठता कायम रहनेगरी सातौं तहमा बढुवाको माग गरेका छन् । आठौं तहका अधिकृतलाई नवौं तहमा समूह नछुट्याउन माग गरेका छन् । माथिल्लो तहमा प्रशासन र लेखा समूह समान हुन्छन् । तर प्रदेश ऐनले लेखा र प्रशासनलाई छुट्टै राखेको छ । माथिल्लो तहमा लेखा र प्रशासन समूह समान हुने बताउँदै अधिकृतहरूले नवौं तहमा प्रतिस्पर्धा गर्ने वातावरण बनाउनका लागि लोक सेवा आयोगको विज्ञापन तत्काल स्थगन गर्न पनि माग गरेका छन् । लोकसेवा आयोगको विज्ञापनमा प्रशासन सेवाको समूहको नवौं तहको बढुवाका लागि विज्ञापन प्रकाशित छ । प्रशासन समूहका कर्मचारीले मात्रै प्रतिस्पर्धा गर्न पाउने भएका कारण उनीहरूले सबै समूहलाई प्रतिस्पर्धा गर्न पाउने गरी प्रशासन सेवा मात्रै राख्न माग गरेका हुन् । आन्दोलनरत लेखा अधिकृतहरूले आफ्ना माग पूरा नभएसम्म काम छाडेर आन्दोलन जारी राख्ने बताएका छन् । शुक्रबार आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरलाई ज्ञापन पत्र बुझाएका कर्मचारीहरूले मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बोलाएर काममा फर्कने वातावरण बनाउनुपर्ने माग गरेका छन् ।
विराटनगर, २९ जेठ । नेकपा (एमाले) को जनवर्गीय संगठन नेपाल उत्पीडित जातीय मुक्ति समाजको ५१ सदस्यीय विराटनगर महानगर कमिटी गठन भएको छ । विराटनगरस्थित पार्टी कार्यालय पाञ्चालीमा राष्ट्रियसभाका पूर्व सांसद, नेपाल उत्पीडित जातीय मुक्ति समाजका...
विराटनगर । विभिन्न कार्यक्रम आयोजना गरि प्याब्सनको ३३ औं स्थापना दिवस मनाएको छ । मोरङ प्याब्सनले विराटनगरमा विविद्य कार्यक्रम आयोजना गरि स्थापना दिवस मनाएको हो । विराटनगरमा रहेको प्याब्सनको कार्यालयमा मंगलबार साझमा दिप प्रज्जवल कार्यक्रम...
सर्लाही, ७ असोज-कोराना भाइरस फैलिएसँगै पाँच महिना पहिले नेपाल प्रवेश गरेका सर्लाहीवासी मजदुरी गर्न फेरि भारत जान थालेका छन् । स्वदेशमा रोजगारीको अभावले हातमुख जोर्ने समस्या भएपछि उनीहरू भारततर्फ जान लागेका हुन् । खुला सीमा...
एजेन्सी, १९ पुस-भारतमा बनाइएका कोरोना भाइरसविरुद्धका दुईवटा खोप प्रयोगका लागि अनुमति दिइएको छ । भारत बायोटेकको कोभ्याक्सिन र सिरम इन्स्टिच्युटको कोभिशिल्डलाई आपतकालीन प्रयोगका लागि ड्रग्स कन्ट्रोलर जनरल अफ इन्डिया (डीसीजीआई) ले स्वीकृति दिएको हो ।...
विराटनगर,२८ जेठ । अग्रपङतीमा रही सर्वसाधारण नागरिकहरुलाई कोरोना सङक्रमणको जोखिम न्यूनिकरण सचेतना अभियानमा सक्रिय भूमिका खेल्ने सञ्चारकर्मीहरुलाई आज यहाँ स्वास्थ्य सामग्री प्रदान गरिएको छ। माइती नेपाल मोरङले नेपाल पत्रकार महासङ्घ मोरङका पत्रकारहरुलाई कोरोना जोखिमबाट सुरक्षा...
एजेन्सी, जेठ २-चिनियाँ राष्ट्रपति सी जिनपिङ र दक्षिण कोरियाली राष्ट्रपति मुन जाए इनबीच कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि आपसी सहकार्य गर्ने बिषयमा टेलिफोन वार्ता भएको छ । कोभिड–१९को रोकथाम तथा नियन्त्रणका क्रममा चीन र दक्षिण...
विराटनगर । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सदनसमक्ष विश्वासको मत मागेका छन् । जारी प्रदेशसभामा कार्कीले संसदको अंकगणितका कारण सर्वदलीय सरकारको विकल्प नभएको बताए । त्यसका लागि आफू तयार रहेको उनले बताएका छन् ।...
विराटनगर, साउन ३१–काभिड–१९ को महामारीका बेला पत्रकार र संचार संस्था समस्यामा परेको भन्दै नेपाल प्रेस युनियनले सरकार तथा सरोकारवालासँग ९ सुत्रीय माग अघि सारेको छ । युनियनको सुनसरी शाखाको समन्वयमा प्रदेश १ का युनियनका विभिन्न...