रौतहटमा रोड ढलानको विषयमा झडप हुँदा आधा दर्जन घाइते

 न्यूज विराट
रौतहटमा रोड ढलानको विषयमा झडप हुँदा आधा दर्जन घाइते

रौतहट, २६ असोज । रौतहटमा रोड ढलानको विषयमा झडप हुँदा आधा दर्जन भन्दा बढी व्यक्ती घाइते भएका छन् । घाइते हुनेमा जग्गा धनी सन्दीप झा ,रौशन झा ,राजन झा रहेका छन् भने निजि जग्गामा रोड ढलान गर्न सोही वडा निवासी निवासी सरोज झा, मनोज झा, सौरब झा,र सरोज झा समेत घाइते रहेका छन् ।

जिल्लाको ईशनाथ नगरपालीका वडा नं –३ पिप्राटोलमा स्थानीय जगा धनि पक्ष र मेयर सन्तोष मेहताले निजि जग्गामा रोड ढलान गर्न पठाएको पक्ष बिच सोमबार झडप भएको थियो ।

निजि जग्गा धनि बाला सङ अदालतको परमादेश हुँदा हुँदै मेयर समुहले रोड ढलान गर्न खोजेको , जग्गा धनि पक्षलाई कुटपिट र घरमा लुट्पाट गर्न खोजेपछि झडप भएको स्थानीय प्रत्यक्षदर्शिले वताएका छन् ।

जग्गा धनी पक्षका सन्दिप झा सहित दुबै पक्षका घाइतेको केहिलाई गम्भीर चोटपटक लागेकोले थप उचारको लागि बिरगंज रेफर गरिएको जिल्ला अस्पताल गौरले जनाएको छ।

निवेदकको निजि जग्गामा कुनै सार्वजनिक काम रोड नाला केही नबनाउनु,किलाखुटा नगाड्नु ,पÞmोहोर न फ्याक्नु सहितको आदेश गरि अदालतले परमादेश समेत जारी गरेको जग्गामा कानुन उल्लङ्घन गरि रातारात गैरकानुनी ढङ्गले उपभोक्ता समिति बनाइ मेयरले रोड ढलान गर्न स्थानीय मान्छे उस्काएर पठाएपछि सो झडप भएको स्थानीय राम बचन साहले बताएका छन् ।

अहिले सम्म नगरपालिकामा ठोस बिकास नगरेको मेयरले पिप्रा टोल मा जम्मा ३० मिटर बाटोको लागि बिबाद गराउनु दुख्द घटना रहेको साहले बताए । सबै जनता दशै मनाउन ब्यस्त छ ,यो काम छलफल गरि दशै पछि गरे हुनेथियो।

नगरको योजनामा यो बाटो निर्माण गर्न राखिएको थिएन ,रातारात संसोधन गरि आफू बिरोधि मान्छे भएको भन्दै जग्गा धनिलाई थिचोमिचो गर्दै राजनीति गोटि सेक्न अदालतको आदेश नमान्ने मेयर नै घटनाको दोसि रहेको साहले बताए ।

निजि जग्गामा रोड ढलान गर्न मेयरले पठाएको एक समुहले जबर्जस्ति गर्दै निजि जग्गा ढलान गर्न खोजेको ,घरमा तोडफोड लुटपाट गर्न खोज्दा आफुहरु प्रतीकारमा उत्रिएका जग्गा धनी पक्षका घाइते रोशन झाले बताए ।

हामी मेयरको मान्छे हौ ,अदालतको परमादेश केही मान्दैनौं ,प्रहरी प्रशासन हाम्रो मुठीमा छ ,तिम्रो जग्गामा रोड ढलान गरेर छाडछौ भनेर जबर्जस्ती गर्दा रोक्न खोज्दा उल्टै धारिलो हतियारले काटमार गरेको घाइते सन्जिप झाको आरोप छ।

झाले अदालतको परमादेश हुँदा हुँदै आफुहरुको जग्गा मिचिन राजनीति हुनु ,ज्यान मार्ने उदेश्यले हमला हुनाले न्याय पाउनुपर्ने बताएका छन् ।

नगरपालिकाका मेयर सन्तोष मेहताले बिकास नगरेको ,भ्रष्टाचार अनियमितता,झैझगडा र बिबाद जन्य कार्यलाई बढावा दिएको स्थानीयको आरोप छ।

आफू बिकास नगर्ने र आफ्नो प्रतिद्वन्दी र उनको नातेदारलाइ पावर र पैसाको बलमा धम्कि दिने कार्यमा उहाँको ध्याना केन्द्रित रहेको स्थानीयको आरोप छ।

सम्बन्धित समाचार

आईपीएल : दिल्ली क्वालिफायरमा, बैंगलोर प्ले अफमा

एजेन्सी, १८ कात्तिक-दिल्ली क्यापिटल्स युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको क्वालिफायरमा प्रवेश गरेको छ । आबुधाबीमा गएराति भएको आफ्नो अन्तिम लिग खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ६ विकेटले पराजित गर्दै दिल्ली क्वालिफायरमा...

नयाँ दिल्लीमा फसेकी युवतीको उद्धार

एक वर्षअघि काठमाडौँबाट भारतको नयाँ दिल्ली लगेर बेचबिखनमा परेकी एक नेपाली युवतीलाई आफन्त नेपालको रेस्क्यु फाउन्डेशनको पहलमा उद्धारसहित स्वदेश फिर्ता गरिएको छ । दिल्लीको माल्बिय नगर पुर्‍याइएपछि उनलाई पूजा नाम गरेकी महिला र  उनका श्रीमान्ले...

दोस्रो कोशी खुला गल्फ प्रतियोगितामा विराटनगरका गुप्ता नेट विजेता, ग्रसमा परियार विजयी

विराटनगर। कोशी प्रदेश गल्फ संघको आयोजना तथा कोशी प्रदेश खेलकुद विकास बोर्डको प्रयोजनमा सम्पन्न दोस्रो कोशी प्रदेश खुला गल्फ प्रतियोगिताको नेट विजेता विराटनगरका नितेश गुप्ता भएका छन् । आज धरान स्थित धरान गल्फ क्लबको गल्फ...

मध्यपुर अस्पतालका ३० स्वास्थ्यकर्मी क्वारेन्टाइनमा  

काठमाडौं, २४ जेठ-गर्भवती महिलामा कोरोना भाइरस पोजिटिभ देखिएपछि भक्तपुरको मध्यपुर अस्पताल प्रालिका ३०  कर्मचारी क्वारेन्टाइनमा बस्न सुरू गरेका छन् । गत मंगलबार अस्पताल भर्ना भएकी दोलखा घर भएकी भक्तपुर कमलबिनायकमा बस्ने ति गर्भवतीमा आज गरिएको...

आज ३०५१ संक्रमित थपिए, ३४३० जना डिस्चार्ज

काठमाडौं, २० कात्तिक-गत २४ घण्टामा नेपालमा ३ हजार ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये १ हजार २ सय ९ महिला र १ हजार ८ सय ४२ पुरुष रहेका छन् ।  योसँगै संक्रमितको...

संघीय संसदका ४४१ जनाको थ्रोट स्वाब संकलन

काठमाडौं, २५ वैशाख-शुक्रबारदेखि सुरु हुने संघीय संसदको बजेट अधिवेशनअघि प्रतिनिधिसभा, राष्ट्रियसभाका सांसद र कर्मचारीको कोरोना भाइरस परीक्षणका लागि स्वाबको नमुना संकलन गरिएको छ । आज संघीय संसदअन्तर्गत कूल ४४१ जनाको थ्रोट स्वाब संकलन गरिएको हो...

कर्णालीमा ३३ अर्बकाे बजेट

सुर्खेत, २८ वैशाख-कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३३ अर्बभन्दा बढीको बजेट ल्याउने तयारी गरेको जनाएको छ । चालु आर्थिक वर्षको सञ्चित कोषमा जम्मा हुनसक्ने रकमलाई समेत अनुमान गरी झण्डै ३३ अर्बको बजेट ल्याउने...

प्रदेश १ मा १५५ संक्रमित थपिए

विराटनगर, २४ भदौ–प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ सय ५५ कोरोना संक्रमित थपिएका छन् । मोरङमा ८०, सुनसरीमा ६०, भोजपुरमा ५, धनकुटामा ४, झापामा ३, ताप्लेजुङ, उदयपुर र प्रदेश १ बाहिरका १–१ जना रहेको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्