भारतमा किसान फेरि सडकमा

 न्यूज विराट
भारतमा किसान फेरि सडकमा

एजेन्सी, १४ असोज । भारतमा दुई वर्षयता छ महिना बिराएर किसानहरू आन्दोलनमा उत्रिँदै आएका छन् । विभिन्न माग राखेर सडक आन्दोलन गर्दै आएका भारतीय किसानहरू गत सातादेखि पुन: देशव्यापी आन्दोलनमा उत्रिएका छन् ।

भारत सरकारले गत वर्ष कृषिसम्बन्धी तीनवटा विधेयक पारित गरेपछि त्यहाँका किसान देशव्यापी आन्दोलनमा उत्रिएका थिए । किसानहरूले तीनवटै कानुन फिर्ता हुनुपर्ने माग राख्दै गतसाल एक महिनासम्म आन्दोलन गरेका थिए ।

गत वर्षको किसान आन्दोलन रोक्न सरकार र किसान नेताबीच सम्झौता भएको थियो । तर, उक्त सम्झौता अझैसम्म सरकारले कार्यान्वयन नगरेको भन्दै भारतीय किसानहरू पुनः आन्दोलनमा उत्रिएका हुन् । त्यहाँका किसानहरू गत सातादेखि भारत बन्द गरी आमहडतालमा उत्रिएका छन् ।

भारतका मुख्य शहरहरूमा किसानहरूले आज पनि बिहानैदेखि प्रदर्शन गरिरहेका छन् ।

भारतीय नरेन्द्र मोदी सरकारले भने भारतको विपक्षी दल कांग्रेससहित ११ राजनीतिक दलको उक्साहटमा किसानहरू आन्दोलनमा उत्रिएको आरोप लगाउँदै आएको छ । सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)ले भने प्रतिपक्षी दल कांग्रेसले आफ्नो स्वार्थका लागि आर्थिक प्रलोभनमा पारी किसानलाई उचालेर आन्दोलन गर्ने बाध्य बनाइरहेको आरोप लगाएको छ ।

 

सम्बन्धित समाचार

समाजवादीमा पहिरो थाम्ने कोशिस, भट्टराईले गरे फोन संवाद

काठमाडौं, ११ बैशाख-पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका नेता डा.बाबुराम भट्टराईले पार्टी विभाजनको तयारीमा रहेका भनिएका नेताहरु रेणु यादव र मोहम्मद इस्तियाक राईसँग फोन संवाद गरेका छन् । सो पार्टीका नेता विश्वदिप पाण्डेले पार्टीका अध्यक्षद्वय डा.बाबुराम भट्टराई...

जनचेतनाले लागूऔषध प्रयोगकर्तामा एचआइभि संक्रमण घटदै

विराटनगर । लागूऔषध प्रयोगकर्ताहरूमा एचआइभि संक्रमणको खंख्या घटदै गएको पाइएको छ । रिकभरी नेपाल कोशी प्रदेशले गरेको सर्वेक्षण अनुसार पछिल्लो समयमा लागूऔषध प्रयोगकर्ताहरुमा एचआइभि संक्रमणको संख्या घटेको पाइएको हो ।सन् २००४ मा गरेको सर्वेक्षणमा एक...

टी –२० क्रिकेट प्रतियोगिता, पुलिस र त्रिभुवन आर्मी विजयी

विराटनगर । राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा नेपाल पुलिस र त्रिभुवन आर्मी विजयी भएका छन् ।विराटनगरको बैजनाथपुर क्रिकेट रंगशालामा आज भएको पहिलो खेलमा पुलिसले लुम्बिनीलाई ८ विकेटले पराजित गरि सेमिफाइनलमा पुग्ने आशा जिवितै राखेको छ ।...

‘लकडाउन’का बेला आलु र प्याजको कालोबजारी गर्ने ३ जना पक्राउ

‘लकडाउन’को मौकाछोपी आलु र प्याजको कालोबजारी गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जनकपुरधाम ४ बस्ने प्रदीप अग्रवाल, अंकित साह र विकाश कुमार साह रहेका छन् । बजार अनुगमनको क्रममा विभिन्न चोकमा...

सिद्धबाबालाई थुनामा राख्न माग गर्दै उच्च अदालतमा निवेदन

विराटनगर, पुस २५–बलात्कार अभियोग लागेका कृष्णदास गिरी (सिद्धबाबा) साधारण तारेखमा रिहा हुन पाऊँ भन्दै उच्च अदालत विराटनगर पुगेका छन् । बलात्कार अभियोग लागेका सिद्धबाबालाई जिल्ला अदालत मोरङले गत १४ पुसमा ३ लाख रुपैयाँ धरौटीमा रिहा...

पछिल्लो २४ घण्टामा प्रदेश १ मा २०७ संक्रमित थपिए, २०२ डिस्चार्ज

विराटनगर, ११ मंसिर–प्रदेश १ मा आज २०७ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ७२, झापामा ६७, सुनसरीमा ३९, इलाममा ७, उदयपुरमा ५, पाँचथर र धनकुटामा ३–३, संखुवासभामा १ र प्रदेश १ बाहिरका १० जना...

दिवङ्गत आफन्तको सम्झनामा आज गाईजात्रा मनाइँदै

काठमाडौं, २० साउन -भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म ८ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमको आयोजना गरी देशभर आरम्भ गरिँदैछ ।  आजका दिन १ वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईका...

मृतकको शान्तिको कामना गर्दै मोरङ कारागारमा दीप प्रज्वलन

विराटनगर । कार्तिक १७ गते राती जाजरकोट र रुकुम पश्चिम जिल्लामा आएको भुकम्पबाट ज्यान गुमाउने मृतकको चिरशान्तिको कामना गर्दै मोरङ कारागारमा दीप प्रज्वलन गरिएको छ । आज साझ विराटनगरस्थित मोरङ कारागारमा कैदीबन्दीहरुले मृतकको चिरशान्तिको कामना...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्