पछिल्लो २४ घण्टामा प्रदेश १ मा २०७ संक्रमित थपिए, २०२ डिस्चार्ज

 न्यूज विराट
पछिल्लो २४ घण्टामा प्रदेश १ मा २०७ संक्रमित थपिए, २०२ डिस्चार्ज

विराटनगर, ११ मंसिर–प्रदेश १ मा आज २०७ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ७२, झापामा ६७, सुनसरीमा ३९, इलाममा ७, उदयपुरमा ५, पाँचथर र धनकुटामा ३–३, संखुवासभामा १ र प्रदेश १ बाहिरका १० जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरंङको विराटनगरमा ४८, उर्लाबारीमा सात, सुन्दरहरैचामा छ, बेलबारी र केराबारीमा दुई÷दुई, रंगेली, पथरीशनिश्चरे, लेटाङ, ग्रामथान , कानेपोखरी र स्थानीय तह नखुलेका एक÷एक, झापाको विर्तामोड र दमकमा १५÷१५, अर्जुनधारामा ८, कनकाईमा ७, मेचीनगरमा ६, शिवसताक्षी र भद्रपुरमा ४–४, बुद्धशान्तिमा ३, कमल र झापा गाउँपालिकामा २–२, गौरादहमा १, सुनसरीको इटहरीमा १६, धरानमा १४, इनरुवामा ५, बर्जुमा २, दुहवी र हरिनगरमा १–१ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

उता इलामको सुर्योदयमा ६, इलाम नगरपालिकामा १, उदयपुरको चौदण्डीगढीमा ४ र त्रियुगामा १, पाँचथरको फिदिममा २, पाथीभरा याङवरकमा १, धनकुटाको महालक्ष्मीमा २, धनकुटा नगरपालिकामा १, संखुवासभाको सभापोखरीमा १ र प्रदेश १ बाहिरका १० जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या २६ हजार ४५९ पुगेको छ ।

प्रदेश १ मा आज २०२ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट १९६, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र विराट मेडिकल कलेजबाट ३–३ जना डिस्चार्ज भएका हुन । हालसम्म २१ हजार ४९१ ज्ना डिस्चार्ज भएका छन् ।

प्रदेश १ मा आज ८२० जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ९५ महिला र ११२ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म १ लाख ८७ हजार ८१८ जनाको परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार

तेक्वाण्डोका खेलाडीले धेरै गोलमेडल जित्छन् : सदस्य सचिब वाग्ले

विराटनगर । खेलकुद विकास बोर्ड प्रदेश १ का सदस्य सचिब हंशराज वाग्लेले पोखरामा हुन लागेको ९ औं राष्ट्रिय खेलकुद प्रतियोगितामा तेक्वाण्डोबाट सहभागि हुने खेलाडीले सबैभन्दा बढी मेडल जित्ने बताएका छन् । प्रदेश नं. १ आइटिएफ...

एसईई परीक्षाको मिति तोकिएको हल्ला मात्रै

काठमाडौं, १९ चैत-माध्यमिक शिक्षा परीक्षा (एसईई) को नयाँ मिति नतोकिएको परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले जनाएको छ ।सामाजिक सञ्जालमा १०, ११ र १२ कक्षाको परीक्षाको मिति तोकिएको भन्दै फेक विज्ञप्ति भाइरल भएपछि कार्यालयले परीक्षाको मिति नतोकिएको...

किड्स भिलेजले मनायो वार्षिकोत्सव

विराटनगर । विराटनगर महानगरपालिका–५ मा रहेको किड्स भिलेज स्कुलले ११औं वार्षिकोत्सव मनाएको छ । विराटनगर–८ आरोहण गुरुकुलमा शनिबार भव्य कार्यक्रमको आयोजना गरी किड्स भिलेजले वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको हो । राष्ट्रगानका रचयिता प्रदीपकुमार राई...

थप ३६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५ सय ८४ पुग्यो

काठमाडौं, १० जेठ-नेपालमा थप ३६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमित थपिएका छन् । देशका विभिन्न अस्पतलामा गरिएको पछिल्लो परीक्षण विवरणअनुसार थप ३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता...

राप्रपा उम्मेदवार फुयालले भ्रष्टाचार नगर्ने कसम खाए

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट कागेश्‍वरी मनोहरा नगरपालिकामा मेयरका उम्मेदवार राजु फुयालले भ्रष्टाचार नगर्ने कसम खाएका छन् ।  फुयालले पशुपतिनाथ र सबै देवीदेवतालाई साक्षी राखी भ्रष्टाचार नगर्ने कसम खाएका हुन् । राप्रपाका उम्मेदवार फुयालले आफू मेयर पदमा निर्वाचित भए...

दसैँमा घर आउँदा १४ दिन क्वारेन्टाइन बस्नुपर्ने‍

तनहुँ, १९ असोज-दसैँमा घर आउने व्यक्ति १४ दिनसम्म अनिवार्य क्वारेन्टाइनमा बस्नपर्ने भएको छ । जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको आज बसेको बैठकले कोभिड–१९को जोखिमलाई ध्यानमा राखेर यस्तो निर्णय गरेको हो ।  चाडपर्वमा देश तथा विदेशबाट धेरै...

फेरी बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं, २ असोज-शुक्रबार छापावाल सुनको मूल्य चार सय रुपैयाँले वृद्धि भएको छ । बिहीबार ९६ हजार ६ सय रुपैयाँ गरिएको छापावाल सुनको मूल्य आज ९७ हजार रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ...

विराटनगरमा पनि काट्न थालियो तार

विराटनगर, १६ असोज । लामो समयदेखि पोलभाडा नतिरेको भन्दै नेपाल विद्युत प्राधिकरणले विराटनगरमा पनि केवल तथा इन्टरनेटको तार काट्न थालेको छ । यससँगै विराटनगरका विभिन्न स्थानमा इन्टरनेट र केवल सेवा अवरुद्ध भएको छ । २०७३...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्