टी –२० क्रिकेट प्रतियोगिता, पुलिस र त्रिभुवन आर्मी विजयी

 न्यूज विराट
टी –२० क्रिकेट प्रतियोगिता, पुलिस र त्रिभुवन आर्मी विजयी

विराटनगर । राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा नेपाल पुलिस र त्रिभुवन आर्मी विजयी भएका छन् ।
विराटनगरको बैजनाथपुर क्रिकेट रंगशालामा आज भएको पहिलो खेलमा पुलिसले लुम्बिनीलाई ८ विकेटले पराजित गरि सेमिफाइनलमा पुग्ने आशा जिवितै राखेको छ । पुलिसले विहिबार वागमती विरुद्ध अन्तिम खेलमा राम्रो रन रेटमा खेल जित्नु पर्ने हुन्छ ।
समुह वि को अंक तालिकामा पुलिसले खेलेको ३ खेलमा २ मा जित र १ मा पराजित हुँदै ४ अंकका साथ तेस्रो स्थानमा उक्लिएको छ । पराजित लुम्बिनी ४ खेलमा ३ मा जित र १ मा पराजित हुँदै ६ अंकका साथ शिर्ष स्थानमा छ भने सुदूरपश्चिमले ४ खेलमा ३ मा जित र १ मा पराजित हुँदै ६ अंकका साथा दोस्रो स्थानमा रहेको छ ।
टस हारेर ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ५ विकेट गुमाई १ सय ५१ रनको योगफल तयार पारेको थियो । लुम्बिनीकालागि मृनल गुरुङले ३८ बलमा ६ चौका प्रहार गरि ५० रन बनाउँदा कप्तान देव खनालले ३८ बलमा १ छक्का ५ चौका प्रहार गदै २९ रन र आकाश त्रिपाटीले ३४ रनको योगदान दिए । पुलिसका कप्तान मञ्जित श्रेष्ठले २ विकेट लिँदा अविशेक कार्कीले पनि २ विकेट लिए ।
जवाफमा १ सय ५१ रनको लक्ष्य पछ्याएको पुलिसले १६ दशमलव ५ बलमा २ विकेट गुमाई लक्ष्य पार गरेको थियो । पुलिसकोे जितमा प्लेयर अफ द म्याच रोहन विकले ५० बलमा ४ छक्का र ७ चौका प्रहार गरि ८० रनमा अविजित रहे भने अमित श्रेष्ठले ४९ रन बनाएर आउट भए । लुम्बिनीका देव खनालले १ विकेट लिए ।

दोस्रो खेलमा विभागिय टोली त्रिभुवन आर्मीले अर्को विभागिय टोली एपिएफलाई ४ विकेटले पराजित गरेको छ । हार पछि एपिएफ प्रतियोगिताबाट बाहिरिएको छ । आर्मीले खेलेका ४ वटै खेल जितेर ८ अंकका साथ समुह ए को शिर्ष स्थानमा रहेको छ भने एपिएफ ३ खेलमा २ मा पराजित र १ खेलमा जित हात पार्दै २ अंकका साथ पुछारमा छ ।
टस हारेर ब्याटिङ गरेको एपिएफले निर्धारित २० ओभरको खेलमा १९ दशमलव २ बलमा सवै विकेट गुमाई १ सय ३९ रनको स्कोर बनाएको थियो । एपिएफका लागि सुमित महर्जनले ३३ बलमा २ छक्का र ३ चौका प्रहार गरि ३३ रन बनाउँदा कप्तान भुवन कार्कीले २५ रन, पूरन विकले २३ रनको योगदान दिए । आर्मीका सुमित श्रेष्ठले ३ विकेट लिँदा तृतराज दासले २ विकेट लिए ।

जवाफमा १ सय ४० रनको लक्ष्य पाएको आर्मीले १८ दशमलव ३ बलमा ६ विकेट गुमाई सो विजयी लक्ष्य पार गरेको थियो । आर्मीको जितमा प्लेयर अफ द म्याच वसिर अहमद ३९ बलमा २ छक्का र ३ चौका प्रहार गरि अविजित ४६ रनको पारी खेले भने सन्दिप रजालीले २६रन बनाउँदा रमेश भट्टले २२ रनको महत्वपूर्ण योगदान दिए । एपिएफका भुवन कार्कीले २ विकेट लिँदा यज्ञमान कुमालले पनि २ विकेट लिए ।

सम्बन्धित समाचार

कर्सियाको सिटिजन्स बैंक लुटपाट प्रकरणः थप एक लुटेरा पक्राउ

विराटनगर, २ कात्तिक । मोरङको कर्सियास्थित सिटिजन्स बैंकको शाखामा लुटपाट गर्ने थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ । मोरङको धनपालथान गाउँपालिका–४ कर्सियस्थित सिटिजन्स बैंकको शाखा लुटपाटमा संलग्न मध्ये थप एक जनालाई प्रहरीले पक्राउ गरेको...

कोसी अस्पतालमा एक विरामीको मृत्यु, कोरोनाको आशंका

विराटनगर, साउन २०–कोरोना भाइरस संक्रमणको आशंकामा उपचारको लागि विराटनगर ल्याईएका उदयपुरका एक ब्यक्तिको अस्पताल पुग्नसाथ मृत्यु भएको छ । कोसी अस्पतालको आइसोलेसनमा भर्ना गर्न लागिएका उदयपुरको बेलका १ का ५५ वर्षका वेदप्रसाद न्यौपानेको मंगलबार बिहान...

प्रदेश १ मा आज ४२ जना नयाँ संक्रमित थपिए, १८ जना डिस्चार्ज

विरमटनगर, ४ भदौ-प्रदेश १ मा कुल कोरोना संक्रमितको संख्या २४ सय नजिक पुगेको छ । बिहिबार ४२ जना नयाँसंक्रमित थपिएसँगै कुल कोरोना संक्रमितको संख्या दुई हजार तीन सय ९७ पुगेको हो । बिहिबार १३ महिला...

‘अब गियर चेन्ज’ गरेर सरकारले अघि बढ्छ : मन्त्री शर्मा

विराटनगर । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले मन्त्री शर्माले तत्काल सरकारको नेतृत्व परिवर्तन हुने सम्भावना नरहेको भन्दै वर्तमान सरकारले एक वर्ष पूरा गरेपछि नयाँ ढंगले ‘गियर चेन्ज’ गरेर अगाडि बढ्ने बताएकी छिन् ।...

भोजपुर र झापाका २ संक्रमित डिस्चार्ज

विराटनगर, बैशाख २८–विराटनगरमा उपचाररत थप दुई जना कोरोना संक्रमित आइतबार डिस्चार्ज भएका छन् । कोसी अस्पताल अन्तर्गत कोभिड १९ उपचार केन्द्रमा उपचार गराइरहेका झापा र भोजपुरका २ संक्रमित कोरोनामुक्त भएर डिस्चार्ज भएका हुन् । डिस्चार्ज...

प्यारागन स्कुलमा नयाँ व्यवस्थापक, मन्टेश्वरी र बालमैत्री वातावरणमा गुणस्तरीय शिक्षा दिने घोषणा

विराटनगर । शिक्षा र स्वास्थ्य क्षेत्रमा लामो समयदेखि काम गर्दै आएका अनुभवी टिमले विराटनगर ३ पुष्पलाल चोकमा अवस्थित प्यारागन एकेडेमी बोर्डिङ स्कुल संचालनमा ल्याएका छन् ।प्यारागन एजुकेसन फाउण्डेसनमा सञ्चालनमा रहेको उक्त विद्यालय शिक्षा क्षेत्रमा लामो...

मकालु एभरेष्ट हस्पिटलमा मस्तिष्कमा जमेको पानी निकालियो, ७५ वर्षीय विरामीको सफल उपचार

विराटनगर । विराटनगरस्थित मेट्रो न्यूरो ट्रमा एण्ड मल्टिस्पेशलिटी हस्पिटल प्रा. लि. द्वारा संचालित मकालु एभरेष्ट हस्पिटलमा मस्तिष्कमा पानी जमेको एक जना विरामीको सफल उपचार भएको छ । भारतको फारवीजगन्ज घर भएका ७५ वर्षीय प्रदिप मिश्राको...

विराटनगर मामाघर आएकी नातिनीको हत्या, हजुरबुवा प्रहरीमा नियन्त्रणमा

विराटनगर । विराटनगर ५ मा मामाघर आएकी एक जना बालिकाको हत्या गरेपछि शव करेसाबारीमा गाडेको अवस्थामा फेला परेको छ । भारतको बिहारबाट विराटनगर मामाघर आएकी १४ वर्षीया चाँदनी यादवको शव हत्यापछि खाल्डो खनेर गाडिएको अवस्थामा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्