सिद्धबाबालाई थुनामा राख्न माग गर्दै उच्च अदालतमा निवेदन

 न्यूज विराट
सिद्धबाबालाई थुनामा राख्न माग गर्दै उच्च अदालतमा निवेदन

विराटनगर, पुस २५–बलात्कार अभियोग लागेका कृष्णदास गिरी (सिद्धबाबा) साधारण तारेखमा रिहा हुन पाऊँ भन्दै उच्च अदालत विराटनगर पुगेका छन् । बलात्कार अभियोग लागेका सिद्धबाबालाई जिल्ला अदालत मोरङले गत १४ पुसमा ३ लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको थियो । जिल्ला अदालतको आदेशअनुसार धरौटी तिरेर रिहा भएका सिद्धबाबा आफूलाई धरौटी नलिई साधारण तारेखमा रिहा गरिदिन मागसहित उच्च अदालत विराटनगर पुगेका हुन् ।

उता सिद्धबाबालाई थुनामा राखेर मुद्दाको सुनुवाइ प्रक्रिया अघि बढाउन माग गर्दै सरकारी वकिलको कार्यालयले पनि उच्च अदालतमा निवेदन दिएको छ । थुनामा पठाउनुपर्ने अभियुक्तलाई धरौटीमा छाड्ने जिल्ला अदालतको आदेश बदर गरी थुनामा राख्नुपर्ने माग सरकारी वकिलको छ । दुवै पक्षबाट निवेदन परेपछि उच्च अदालत विराटनगरले दुवैको निवेदनलाई एकसाथ राखेर सुनुवाइ गर्ने भएको छ । उच्च अदालतले आगामी बिहीबार यो विवादमा सुनुवाइ गर्ने बताएको छ ।

आफू सिद्धबाबाबाट बलात्कृत भएको भन्दै एक महिलाले गत १० मंसिरमा जिल्ला प्रहरी कार्यालय, सुनसरीमा उनीविरुद्ध जाहेरी दिएकी थिइन् । जाहेरीपछि प्रहरीले उनलाई पक्राउ गरे पनि बिरामीको बहाना बनाउँदै लामो समय अस्पताल बसेका थिए । धरौटीमा रिहा भएलगत्तै उनी अस्पतालबाट समेत डिस्चार्ज भएका थिए ।

सम्बन्धित समाचार

मोरङको कटहरीमा दुर्घटना, हुलाकका कर्मचारीको मृत्यु

विराटनगर । मोरङको कटहरिमा सवारी दुर्घटनामा परेर हुलाकका कर्मचारीको घटनास्थलमै मृत्यु भएको छ । पश्चिम दिशाबाट आउँदै गरेको ट्रकले पछाडिबाट मोटरसाइकललाई ठक्कर दिँदा मोरङको बुढिगंगा १ का ३७ बर्सिया चन्द्रमणि अधिकारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले...

लागुऔषध सहित मोरङ र झापाबाट पाँच जना पक्राउ

विराटनगर । मोरङ र झापाबाट लागूऔधषसहित पाँच जनलाई प्रहरीले पक्राउ गरेको छ । झापाबाट तीन र मोरङबाट दुई जनालाई लागूऔषधसहित पक्राउ गरेको हो । झापाको २ छुट्टा छुट्टै स्थानहरुबाट ३ जना लाई प्रहरीले प्रतिबन्धित लागुऔषध...

फर्मासिस्ट दरबन्दी सृजना गर्न लागि पर्नेछु : स्वास्थ्य सचिब देवकोटा

विराटनगर । स्वास्थ्य मन्त्रालय कोशी प्रदेशकी सचिब डा. सुधा देवकोटाले फर्मासिस्टको दरबन्दी सृजना गर्न पहल गर्ने बताएकी छिन् । नेपाल फर्मास्युटिकल एसोसिएन (एनपीए) कोशी प्रदेशले विराटनगरमा सोमबार विश्व फर्मासिस्ट दिवसको अवर पारेर आयोजना गरिएको कार्यक्रममा...

पहिचानको आन्दोलन एमालेप्रतिमात्र लक्षित भयो : मुख्यमन्त्री

विराटनगर । कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संघीय सरकारको नेतृत्व गरेकै दलले प्रदेश नामकरणको विपक्षमा भएको आन्दोलनलाई उक्साइरहेको आरोप लगाएका छन् । गृहमन्त्रालयले विराटनगरमा आयोजना गरेको कार्यक्रममा उनले कोशीमा समस्या उत्पन्न गराउने र आगोमा घिउ थप्ने...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्