बेलायतमा नेपाली‘कोदोको ब्राण्ड रक्सी’ उत्पादन गरी विक्री शुरु

 न्यूज विराट
बेलायतमा नेपाली‘कोदोको ब्राण्ड रक्सी’ उत्पादन गरी विक्री शुरु

काठमाडौं, १३ असोज । लण्डन । बेलायतमा नेपाली कोदोबाट उत्पादित रक्सी बजारमा बिक्रि बितरण सुरु गरिने भएको छ । नेपालमा परम्परागत रूपमा पिउँदै आएको कोदोको रक्सी ब्रान्ड बनाउन शुरू गरिएको छ ।बेलायतमा कोदो लिमिडेट कम्पनीको स्थापना गरी नेपालीहरुले कोदोको रक्सीको ब्राण्डिङ शुरू गरेका हुन् ।

उक्त रक्सीको यही अक्टोबर १० गते अल्डरशटमा एक औपचारिक रुपमा उदघाटन गर्न लागिएको कम्पनीका निर्देशक जनक राईले जानकारी दिनुभयो । उत्पादक कम्पनीका अनुसार ‘शुद्ध कोदोको रक्सी’ र ‘तीनपाने कोदोको रक्सी’ गरी दुई प्रकारको रक्सी उत्पादन गरी विक्री शुरु गर्न लागिएको छ ।लोकप्रिय कोदोको रक्सीलाई कम्पनीले ‘प्योर कोदोको रक्सी’ र ‘तीनपाने कोदोको रक्सी’ गरी दुई प्रकारको रक्सी उत्पादन गरेको छ ।

तीनपाने कोदोको रक्सीको २० सी एल बोटलमा २०० एमएल रक्सी राखिएको छ भने ६० प्रतिशत अल्कोहल रहेको छ,यस्तै ‘प्योर कोदोको रक्सी’मा ७० सी एल बोटलमा ४० प्रतिशत अल्कोहल रहेको बताइएको छ ।कम्पनीले ‘प्योर कोदोको रक्सी’ प्रतिबोतल २५ पाउण्ड ९९ पेन्स र ‘तीनपाने कोदोको रक्सी’को १२ पाउण्ड ९९ पेन्स मूल्य तोकिएको प्रबन्ध निर्देशक राइले बताउनुभयो ।

उक्त कम्पनीमा राई प्रबन्ध निर्देशक सहित जितेन्द्र चेम्जोङ, भरतमणि लिम्बु, आकाश सुनुवार, सुमन गुरुङ लगानीकर्ता हुनुहुन्छ । विशेषगरी राई, गुरुङ, लिम्बु, मगर, तामाङ, शेर्पा लगायत जनजातीहरू माझ कोदोको रक्सी निकै लोकप्रिय रहेको छ । उक्त रक्सीलाई बेलायतमा व्यवस्थित तरिकाले बेच्न लागिएको राईले बताउनुभयो । कम्पनीले यो रक्सी भिन्न स्वादको रहेको र यसले पिउने मान्छेलाई सहज र न्यानो महशुस गराउँने बताएको छ । निर्देशक राईले भन्नुभयो , ‘यो रक्सीले नेपाल र नेपालीहरुको पनि झल्को दिनेछ, वेलायतमा नेपालीत्व प्रर्वद्धन समेत हुने विश्वास छ ।’

१० गते अल्डरशटमा विभिन्न व्यक्तित्वहरुको उपस्थितीमा रक्सीको औपचारिक रुपमा उदघाटन गर्न लागिएको हो । हाल मिडल्याण्डमा रहेको कारखानाबाट नेपाली मूलको कोदोको रक्सी उत्पादन भइरहेको छ । यसको मार्केट अनुसार अन्य क्षेत्रमा पनि कारखाना स्थापना गर्नेबारे सोँच बनाएको कम्पनी स्रोतको भनाई छ । कम्पनीमा आवद्ध युवाहरु बेलायतमा यसअघि नै ग्लोबल बुलियन भल्ट नामक लकर सुविधा तथा अन्य व्यावसायहरुमा पनि उनीहरुको आवद्धता रहेको छ ।

सम्बन्धित समाचार

कोरोना संक्रमणको त्रासःआजबाट के-के गर्न पाइने र नपाइने ?

काठमाडौं, २८ पुस । काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढेसँगै स्थानीय प्रशासनले स्मार्ट लकडाउन लागु गरेको छ । मंगलबार काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले स्मार्ट लकडाउनसहित ​ कडाइ गर्ने निर्णय गरेको हो ।...

कुनै चमात्कारिक अवस्थाबाहेक यही सरकारको निरन्तरता पाउँछ : मुख्यमन्त्री राई

विराटनगर । प्रदेश नंं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले कुनै चमात्कारिक अवस्थाबाहेक यही सरकारको निरन्तरता हुने राष्ट्रिय परिदृश्य बन्दै गएको बताएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजित चालु आर्थिक वर्ष २०७९÷०८० को प्रथम चौमासिक...

विराटनगरमा आज एकैदिन ६० जनामा कोरोना पुष्टि

विराटनगर, साउन २९–विराटनगर महानगरपालिकामा गएको २४ घण्टामा ६० जना नयाँ संक्रमित थपिएका छन् । संक्रमितमध्ये ३८ पुरूष र २२ महिला रहेका छन् । बिहीबार महानगरमा अहिलेसम्मकै धेरै संक्रमित थपिएका हुन् । विराटनगर महानगरपालिकाका अनुसार संक्रमितमध्ये...

आईपीएल : दिल्लीलाई पहिलो पटक फाइनल पुग्ने मौका

एजेन्सी, २० कात्तिक-यूएईमा जारी १३ औँ सिजनको आईपीएलको पहिलो क्वालिफायरमा आज गत सिजन विजेता मुम्बई इण्डियन्स र दिल्ली क्यापिटल्स खेल्दै छन् । दिल्ली र मुम्बईबीचको खेल नेपाली समयअनुसार आज साँझ ७ः४५ बजेदेखि दुबईमा सुरु हुनेछ...

पूर्वप्रधानमन्त्री खनालले गरे इलाम अस्पताललाई पीपीइ सहयोग 

 इलाम, ९ असोज-पूर्वप्रधानमन्त्री एवं  इलाम क्षेत्र नम्वर १ का सङ्घीय सांसद झलनाथ खनालले इलाम अस्पताललाई पीपीइ वितरण गरेका छन् । आफ्नो गृह जिल्लाको एकमात्र सरकारी अस्पतालमाका स्वास्थ्यकर्मीलाई सुरक्षित भएर काम गर्ने वातावरण बनोस् भनेर सहयोग...

उपत्यकामा आज १ हजार ५ सय ३३ जनामा कोरोना पुष्टि

काठमाडौं, २३ कात्तिक-शनिबार काठमाडौं उपत्यकामा १ हजार ५ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये काठमाडौंका १ सय २ सय ९४, भक्तपुरका ७७ र ललितपुरका १ सय ६२ जना हुन् ।   स्वास्थ्य...

कोभिड-१९ उच्चस्तरीय समितिको बैठक बस्दै, लकडाउनबारे निर्णय हुने

काठमाडौं, १३ वैशाख-सरकारले आज कोरोना नियन्त्रणका लागि लकडाउनकाे म्याद थप्ने/नथप्नेबारे निर्णय गर्ने भएको छ ।तेस्रो पटक लम्ब्याइएको लकडाउन सोमबार (१५ वैशाख) सकिने भएकाले सरकारले आज लकडाउन थप्नेनथप्नेबारे निर्णय गर्ने भएको हो । लकडाउनलाई कसरी अगाडि...

अष्टलक्ष्मी शाक्य बनिन् पहिलो महिला मुख्यमन्त्री

काठमाडौं, २ भदौ । बागमती प्रदेशको मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्य नियुक्त भएकी छन् । डोरमणि पौडेलले बुधबार राजीनामा दिएपछि एमाले बागमती संसदीय दलको बैठकले शाक्यलाई दलको नेतामा चयन गरेको थियो । संसदीय दलको नेतामा सर्वसम्मत चयन...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्