पूर्वप्रधानमन्त्री खनालले गरे इलाम अस्पताललाई पीपीइ सहयोग  - News Birat

पूर्वप्रधानमन्त्री खनालले गरे इलाम अस्पताललाई पीपीइ सहयोग 

न्यूज विराट
 इलाम, ९ असोज-पूर्वप्रधानमन्त्री एवं  इलाम क्षेत्र नम्वर १ का सङ्घीय सांसद झलनाथ खनालले इलाम अस्पताललाई पीपीइ वितरण गरेका छन् । आफ्नो गृह जिल्लाको एकमात्र सरकारी अस्पतालमाका स्वास्थ्यकर्मीलाई सुरक्षित भएर काम गर्ने वातावरण बनोस् भनेर सहयोग गरेका हुन् ।  एक कार्यक्रमकाबीच पूर्वप्रधानमन्त्री खनालले इलाम अस्पतालका प्रमुख डा. प्रभु शाहलाई  सो सामग्री हस्तान्तरण गरे । 

जिल्लामा कोरोनाविरुद्धको लडाइँका लागि स्वास्थ्य सुरक्षा सामग्री प्रदान गर्दै आएका उनले यसअघि समेत जिल्लाको सूर्योदय नगरपालिकालाई सामग्री हस्तान्तरण गरेका थिए । रासस

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2022 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles