विराटनगर, १२ असोज । नेकपा (एमाले) को जनवर्गीय संगठन नेपाल उत्पीडित जातीय मुक्ति समाज मोरङको संगठन सुदृढीकरण अभियान अन्तर्गत रतुवामाई नगरपालिका वडा नं. ३ मा २५ सदस्यीय वडा सम्मेलन आयोजक कमिटी गठन गरिएको छ ।
मुक्ति समाजले जिल्लाका १७ वटै स्थानीय तहका सवै वडामा संगठन सुदृढिकरण अभियान तिब्रताका साथ अघि बढाएको छ । सोही अभियान अन्तर्गत हनुमान चोकमा सम्पन्न ३ नं. वडा स्तरीय भेलाले वरफलाल हरिजनको अध्यक्षतामा मुक्ति समाजको २५ सदस्यीय वडा सम्मेलन आयोजक कमिटी गठन गरेको हो ।
भेलाले उपाध्यक्षमा फकिरा हरिजन, सचिवमा नरेश ऋषिदेव, सह–सचिवमा रिना हरिजन र कोषाध्यक्षमा रुपवती हरिजनलाई चयन गरेको छ ।त्यस्तै सदस्यहरुमा रमन हरिजन, गीता ऋषिदेव, सुमित्रा हरिजन, जसोधा हरिजन, जानकी हरिजन, सुर्यनारायण हरिजन, चिना हरिजन, रुक्मणीदेवि हरिजन, बासुदेव हरिजन, नरेशकुमार ऋषिदेव, जोगिया ऋषिदेव, शोभा ऋषिदेवलगायत रहेका छन् ।
नव गठित कमिटीका पदाधिकारी तथा सदस्यहरुलाई नेपाल उत्पीडित जातीय मुक्ति समाज जिल्ला कमिटी सदस्य दशानन्द हरिजन, रतुवामाई नगर कमिटी अध्यक्ष कुलदीप दर्नाल, नेकपा (एमाले) रतुवामाई–३ का वडा कमिटी अध्यक्ष अमिन ताजपुरिया लगायतले शुभकामना व्यक्त गरे।