रूसमा बढ्यो कोरोना संक्रमण, एकैदिन भेटिए २० हजारभन्दा बढी संक्रमित - News Birat

रूसमा बढ्यो कोरोना संक्रमण, एकैदिन भेटिए २० हजारभन्दा बढी संक्रमित

न्यूज विराट

एजेन्सी, १२ असार ।रूसमा शुक्रबार पनि २० हजार जनाभन्दा बढी नागरिकमा कोरोना भाइरसको संक्रमण भएको बताइएको छ । रूसमा गएको २४ घन्टा यता २० हजार ३९३ जना नागरिक संक्रमणमा परेका यहाँका सञ्चारमाध्यमहरूलाई रूसका स्वास्थ्य क्षेत्रका अधिकारीहरूले जानकारी दिएका छन् ।

योसमेत गरी रूसमा हाल ५४ लाख ९ हजार जनाभन्दा बढी कोरोना भाइरसका संक्रमितहरू भेटिएका बताइएको छ । त्यसैगरी यहाँ गएको २४ घन्टायता कम्तीमा पनि ६०० जनाको ज्यान गएको छ । योसमेत गरी रूसमा अहिलेसम्म कोरोनाका कारण १ लाख ३२ हजार जनाभन्दा बढीको ज्यान गएको बताइएको छ ।

रूसको मस्को शहरमा यहाँका संक्रमितमध्ये सबैभन्दा धेरै प्रभावित भएका छन् । रूसमा यहाँका संक्रमितहरूमध्ये सबैभन्दा बढी प्रभावित भएका बताइएको छ । समाचार अनुसार रूसको मस्कोमा मात्र अहिलेसम्ममा १३ लाखभन्दा बढी मानिसमा कोरोनाको संक्रमण भएको छ ।

त्यसैगरी गएको २४ घन्टायता मात्र पनि रूसको मस्कोमा करिब ८ लाख मानिसमा कोरोना भाइरसको संक्रमण भएको बताइएको छ । रूसमा कोरोना भाइरसका विरुद्धमा खोप पनि लगाइएको छ । यहाँ आफ्नै देशमा उत्पादन गरिएको खोप दिइएको समाचारमा जनाइएको थियो ।

शुक्रबारसम्ममा प्राप्त विवरण अनुसार रूसमा यहाँका तीन करोड ६० लाख मानिसलाई कोरोना भाइरसका विरुद्धको खोप दिइएको बताइएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles