काठमाडाैंमा सुरक्षित अवतरण गरेकाे बुद्ध एयरकाे जहाजमा सवार थिए ७३ यात्रु

 न्यूज विराट
काठमाडाैंमा सुरक्षित अवतरण गरेकाे बुद्ध एयरकाे जहाजमा सवार थिए ७३ यात्रु

काठमाडौं, ११ असोज । काठमाडौंबाट विराटनगरका लागि उडान भरेको बुद्ध एयरको जहाजमा आइतबार आकस्मिक समस्या देखियो ।

विराटनगरमा अवतरण गर्ने क्रममा ल्यान्डिङ गेयरमा समस्या देखियो । विराटनगरमा ल्यान्डिङ गर्न समस्या आएपछि जहाज काठमाडौंमा फर्कियो ।

त्यतिञ्जेल जहाजमा रहेका तीन बच्चा र अन्य ७० यात्रु निकै त्रसित भइसकेका थिए । यात्रुलाई प्राविधिक समस्याका विषयमा जानकारी गराइएको थियो ।

विराटनगरबाट तत्काल काठमाडौं फर्काइए पनि लामो समय आकाशमा होल्ड गरिएपछि यात्रु निकै त्रसित भएका थिए । दुई घण्टा आकाशमा फन्काे लगाएकाे जहाज साढे १० बजे मात्रै त्रिभुवन विमानस्थलमा सुरक्षित अवतरण भयो ।

त्यतिञ्जेल विमानस्थलमा फर्म बिछ्याउने, एम्बुलेन्स र दमकल तयार पार्ने काम गरिएको थियो । विमान क्यापेट आङ्गेलो शेर्पाले चलाएका थिए ।

सम्बन्धित समाचार

निर्वाचनबारे दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग

काठमाडौं, ४ माघ-निर्वाचन आयोगले राजनीतिक दलहरूलाई छलफलका लागि बोलाएको छ । आयोगले निर्वाचन, मतदाता नामावली, मतदान स्थल र केन्द्रका विषयमा राजनीतिक दलहरूसँग छलफल गर्न लागेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । छलफलका लागि आयोगले...

सडकको विषयलाई लिएर उपभोक्ता समिति अध्यक्षमाथि कुटपिट 

विराटनगर, २९ जेठ-विराटनगरमा निर्माणाधिन सडकको सिमाना टुंगो लगाउने विषयमा विवाद हुँदा सडक उपभोक्ता समितिका अध्यक्षमाथि कुटपिट भएको छ । विराटनगर-११ पंचमुखी चोकस्थित धरणीधर मार्गमा निर्माण गर्न लागिएको सडक र नालाको सिमानाका बिषयमा विवाद हुँदा निर्माण...

विराटनगरको उपमेयर उम्मेदवार कार्कीविरुद्धको उजुरीमा छानबिन थालियो

विराटनगर, १४ वैशाख ।नेकपा एमालेबाट विराटनगर महानगरपालिकामा उपमेयर पदकी उम्मेदवार शिल्पा कार्कीविरुद्ध परेको उजुरीमाथि छानबिन सुरु भएको छ । उजुरीमा निर्वाचन अधिकृतको कार्यालयले छानबिन थालेको हो । उपमेयर उम्मेदवार कार्कीसहित पाँचजना उमेदवारविरुद्ध उजुरी परेको मुख्य...

देशभरको जनजीवन शान्त र ठप्प

सरकारले कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण नियन्त्रणका लागि सुरु गरेको (लकडाउन) को सर्वसाधारणले खुलेर स्वागत र समर्थन गरेका छन् । लकडाउनको पहिलो दिन मङ्गलबार मुलुकभरको जनजीवन शान्त र ठप्प बनेको छ । गृह मन्त्रालयका अनुसार काठमाडौंँ...

सरकारले सुविधा सम्पन्न थप ३५ सय वेड आइशोलनसन निर्माण गर्दै

विराटनगर, २७ कात्तिक–स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले प्रदेश नं १ को सरकार, विराटनगर महानगरपालिका र निजी क्षेत्रको सक्रियतामा निर्माण भईरहेको ‘नागरिक केयर सेन्टर’को आज अनुगमन गरेका छन् । मन्त्री ढकालले कोरोना संक्रमितको उपचारका लागि एचडियु...

पाकिस्तानमा लगातार ३ वटा बम बिस्फोट

एजेन्सी, असार ७-पाकिस्तानको सिन्ध प्रान्तमा शुक्रबार भएका ३ वटा बम बिस्फोटनबाट २ सैनिकसहित ४ जनाको मृत्यु भएको छ ।स्थानीय सञ्चार माध्यमका अनुसार सिन्धुदेश क्रान्तिकारी सेना नामको विद्रोही समूहले ती बिस्फोटको जिम्मेवारी लिएको छ । एउटा...

मंगलबार नेपालमा ३८० जना कोरोना संक्रमित थपिए, ११७ जनाले जिते

काठमाडौं, असार २-मंगलबार नेपालमा ३८० जना कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले नेपालका विभिन्न स्थानमा रहेका प्रयोगशालमा गरिएको नमुना परीक्षणका क्रममा ३८० जनामा कोरोना भाइरस संक्रमण...

बैतडीको क्वारेन्टाइनमा १ जनाको मृत्यु 

डडेल्धुरा, २४ जेठ-बैतडीमा क्वारेन्टाइनमा बसेका १ जनाको मृत्यु भएको छ । जिल्लाको पाटन नगरपालिका-६ स्थित भीमदत्त प्राविधिक शिक्षालय क्वारेन्टाइनमा बसेका १ जनाको शनिबार मृत्यु भएको हो । पाटन नगरपालिका-६ सन्तोली घर भएका ३१ वर्षीय पुरुषको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्