बैतडीको क्वारेन्टाइनमा १ जनाको मृत्यु 

 न्यूज विराट
बैतडीको क्वारेन्टाइनमा १ जनाको मृत्यु 

डडेल्धुरा, २४ जेठ-बैतडीमा क्वारेन्टाइनमा बसेका १ जनाको मृत्यु भएको छ । जिल्लाको पाटन नगरपालिका-६ स्थित भीमदत्त प्राविधिक शिक्षालय क्वारेन्टाइनमा बसेका १ जनाको शनिबार मृत्यु भएको हो ।

पाटन नगरपालिका-६ सन्तोली घर भएका ३१ वर्षीय पुरुषको ज्यान गएको प्राथमिक स्वास्थ्य केन्द्र पाटनका हेल्थ असिस्टेन्ट प्रेमसागर भट्टले बताए ।

शनिबार बिहान मात्रै भारतको बैंग्लोरबाट पाटन आइपुगेका ती व्यक्ति क्वारेन्टाइनमा बसेका थिए । एक्कासी साँझ साढ ६ बजेतिर बेहोस भएका ती पुरुषको उपचारकै क्रममा पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा साढे आठ बजेतिर मृत्यु भएको हेल्थ असिस्टेन्ट भट्टले बताए ।

मृतकको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको र स्वाब धनगढी पठाइने पाटन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले बताए । ती व्यक्तिसँग बैंग्लोरबाट अन्य १३ जना पनि आज बिहानै पाटन पुगेका बताइएको छ ।

सम्बन्धित समाचार

इटहरीमा पुरै बस्ती बिरामी भएकाे ठाउँमा काेराेना पुष्टि

इटहरीमा पुरै बस्ती बिरामी भएकाे गाँउमा काेराेना संक्रमण रहेकाे पुष्टि भएकाे छ । इटहरी ३ काे सुनाैलाे टाेलमा बिरामी भएकाहरुमा काेराेना संक्रमण देखिएकाे इटहरी उपमहानगरपालीकाकी उपमेयर लक्ष्मी गाैतमले पुष्टि गरेकी छन् । इटहरी ३ सुनौलो...

मलेसियाबाट आफ्नै खर्चमा स्वदेश फर्कन नसक्नेलाई निवेदन दिन दूतावासको आग्रह 

काठमाडाैं, २२ साउन-कोरोना भाइरसका कारण स्वदेश फर्किने खर्चको अभावमा मलेसियामा अलपत्र अवस्थामा रहेकाहरूलाई सरकारी खर्चमा उद्धारका लागि निवेदन दिन मलेसियास्थित नेपाली दूतावासले सूचनामार्फत जानकारी गराएको छ । रोजगारी गुमाएका र नेपाल फर्किन हवाई टिकटसमेत काट्न...

त्रिकोणात्मक टी–२० क्रिकेट : नेपालले जित्यो सिरिज, नेदरल्याण्ड्सलाई १४२ रनले हरायो

त्रिकोणात्मक टी-२० सिरिज नेपालले जितेको छ । नेपाल र नेदरल्याण्ड्सलाई १४२ रनले हराउँदै सिरिज जितेको हो ।  कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले दिएको २३९ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्स १५.२ ओभर गुमाएर ९६ रन...

बंगलादेशका पूर्वप्रधानन्यायाधीशलाई ११ वर्षको जेल सजाय

बंगलादेशको एक अदालतले पूर्वप्रधानन्यायाधीशलाई दोषी ठहर गर्दै ११ वर्षको जेल सजाय सुनाएको छ । विशेष अदालतले पूर्वप्रधानन्यायाधीश सुरेन्द्रकुमार सिन्हालाई दोषी ठहर गरेको हो । सिन्हा वंगलादेशको अल्पसंख्यक हिन्दू समुदायबाट देशको पहिलो प्रधानन्यायाधीश बनेका थिए ।...

रोटरी क्लब अफ विराटनगर डाउनटाउनद्वारा १२ जनालाई मेसिन वितरण

विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले विपन्न महिलाहरुलाई सिलाई मेसिन वितरण गरेको छ । क्लबले तीन महिने तालिम पूरा गरेका सबै १२ प्रशिक्षार्थीहरूलाई सिलाई मेसिन वितरण गरेको हो । एक विषेश कार्यक्रमकाबिच सिलाई मेसिन...

म राजीनामा दिनेवाला छैन : प्रधानमन्त्री ओली

काठमाडौं, १९ कात्तिक-प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिने स्पष्ट पारेका छन् । बुधबार बिहान चिकित्साशास्त्र अध्ययन संस्थानअन्तर्गतको मनमोहन सेन्टर एनेक्स भवनको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै कुनै पनि परिस्थितिमा आफूले राजीनामा नदिने बताएका हुन् । पछिल्लो...

आयत – निर्यातमा सहजिकरणी गरिदिनुपर्नेमा जोड

विराटनगर । ढुवानी व्यवसायीहरुले सामान आयत निर्यात गर्दा राज्यले सहजीकरणको लागी आवश्यक पहल कदमि गरिदिनुपर्ने व्यवसायीहरुले बताएका छन् ।ट्रान्सपोर्ट एसोसिएसन विराटनगर मोरङको १३ औं वार्षिक साधरण सभा तथा ७ औं अधिवेशनको उद्घाटन शत्रमा शनिबार बोल्दै...

एसइइ रनिङ्ग शिल्ड फुटबल प्रतियोगिता सुरू : सरस्वती, कृष्टल र युनिक स्कुल विजयी

विराटनगर । विराटनगरमा सुरू भएको दोस्रो संस्करणको एसईइ कप अन्तर विद्यालय स्तरीय रनिङ्ग शिल्ड फुटबल प्रतियोगितामा तीन वटा स्कुल विजय भएका छन् । विराटनगर – १ स्थित डन बस्को स्कूलको खेल मैदानमा सोमबारबाट सुरू भएको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्