मनाङमा हुनेभयो बलिउड चलचित्रको सुटिङ, निर्माता निर्देशकले गरे अनुगमन

 न्यूज विराट
मनाङमा हुनेभयो बलिउड चलचित्रको सुटिङ, निर्माता निर्देशकले गरे अनुगमन

कोभिड– १९ र गत असार १ मा आएको बाढीपहिराका कारण आवतजावत ठप्प रहेको हिमाली जिल्ला मनाङमा बलिउड चलचित्र छायाङ्कन हुने भएको छ ।

राजश्री प्रोडक्सनको ब्यानरमा छायाङ्कन हुन लागेको चलचित्र ‘उचाई’को छायाङ्कन गरिने भएको हो ।

चलचित्रको छायाङ्कनका लागि स्थल अवलोकन गर्न निर्माता निर्देशक सुरज बडाजात्याको टोली अल्टिच्युड एयरको दुई वटा हेलिकप्टरबाट मनाङ पुगेका थिए । निर्माता, निर्देशकको टोली दुई दिन मनाङमै बसेर चलचित्र छायाङ्कनका लागि विभिन्न स्थानको अवलोकन गरेका छन् ।

सो टोलीले माथिल्लो मनाङको ङिस्याङ गाउँपालिका वरपरका विभिन्न स्थानको अवलोकन गरेका छन् । दुई दिनको अवलोकनपश्चात् टोली आज काठमाडौं फर्किएर सगरमाथा आधारशिविरमा पनि छायाङ्कनका लागि स्थलगत अवलोकन गर्न गएको नेपालका लागि थ्री विलर्स फिल्मस्‌का अध्यक्ष लाइन प्रोड्युसर सुरज अचार्यले जानकारी दिए ।

उनका अनुसार मनाङ छायाङ्कनका लागि निकै उपयुक्त स्थान रहेको छ । मनाङमा करिब १० दिन सो फिल्मको छायाङ्कन हुने मनाङका पर्यटन व्यवसायी विनोद गुरुङले बताए । मनाङ जिल्लालगायत नेपालको अन्य विभिन्न स्थानमा सो फिल्मको छायाङ्कन गरिने बताइएको छ ।

यस चलचित्रमा अमिताभ बच्चन, अनुपम खेर, डेनी डेन्जोङ्पा, सारिका, बोमन ईरानी, परिणिती चोपडा आदि कलाकारको मुख्य भूमिका रहनेछ । दुई साताअगाडि पनि यो टोलीले जोमसोम, कागबेनी, लुक्ला, नाम्चे बजार र लाङटाङ क्षेत्रको अवलोकन गरिसकेको छ ।

यो चलचित्र छायाङ्कनले कोरोनाका कारण थला परेको पर्यटन व्यवसायलाई सहयोग पुग्ने र चलचित्र प्रदर्शनपश्चात् मनाङमा भारतीय पर्यटकको आकर्षण बढ्न सक्ने अनुमान गरिएको पर्यटन व्यवसायी गुरूङले बताए । उनका अनुसार यस बलिउड चलचित्र प्रदर्शनपश्चात् मनाङ मात्र नभइ सिङगो नेपालकै प्रचारप्रसचार हुने र नेपाललाई विश्व सामु चिनाउन मद्दत पुग्नेछ । रासस

सम्बन्धित समाचार

आज सूर्य ग्रहण : नेपालबाट नदेखिने भएकाले सूतक बार्नु नपर्ने

काठमाडौं, १८ मंसिर । सूर्य ग्रहण दक्षिण अमेरिका, अस्ट्रेलिया, दक्षिण अफ्रिका र दक्षिण एट्लान्टिकका देशबाट मात्रै देख्न सकिने खगोलविद्हरुले बताएका छन् । झण्डै चार घण्टा आठ मिनेट लाग्ने सूर्यग्रहण नेपालबाट भने नदेखिने पञ्चाङ्ग निर्णायक समितिका...

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोरोना परिक्षण सुरु

विराटनगर, चैत १६–वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा विश्वव्यापी रुपमा फैलिएको प्राण घातक रोग कोभिड–१९ कोरोना भाइरसको परीक्षण सुरु गरिएको छ । आइतबार प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको उपस्थितिमा प्रतिष्ठानले कोरोना सक्रमणको स्वाबको परीक्षण...

झीः पुचमा सामूहिक बेल विवाहको रौनक (फोटो फिचर)

विराटनगर । नेवार समुदायका कन्याले अनिवार्य रुपमा गर्नुपर्ने परम्परागत धार्मिक विधि हो, बेलबिवाह । सुनको प्रतिमा सूर्यलाई अर्पण गरी कन्याको विवाह गर्ने र बुबाले छोरीलाई कन्यादान दिने परम्परा छ । व्यक्तिगत रुपमा आयोजना गर्दा खर्च...

दुर्घटनामा घाइते मैनालीलाई सेनाको हेलिकप्टरबाट काठमाडौं लगियो

जनकपुर, फागुन १५–पूर्वउपप्रधानमन्त्री एवं नेकपा (माले) का महासचिव सीपी मैनालीसहित घाइते सबैलाई काठमाडौं लगिएको छ । नेपाली सेनाको हेलिकप्टरबाट उनीहरूलाई काठमाडौंको ग्रान्डी हस्पिटल लगिएको प्रहरीले जनाएको छ । मैनालीसहित घाइते उनका परिवारिका सदस्य र चालकलाई...

लकडाउनमा घर फर्किएकाहरु माछा मार्न व्यस्त

खोटाङ, ६ वैशाख-लकडाउन लागू हुनुअघि तथा लागू भएपछि घर फर्किएका जिल्लाका अधिकांश युवा खोलामा गएर माछा मार्न तथा डाँडा घुम्नमा व्यस्त देखिएका छन् । कोभिड–१९ को सङ्क्रमण रोकथाम तथा नियन्त्रण गर्न सरकारद्वारा आह्वान गरिएको लकडाउनको...

नेपालले विश्वकप छनोटका खेल घरेलु मैदानमै खेल्ने

नेपालले विश्वकप फुटबलको छनोट खेल घरेलु मैदानमा खेल्ने भएको छ । नेपाली राष्ट्रिय फुटबल टोलीले विश्वकप छनोटअन्तर्गत दोस्रो चरणका तीन खेल सन् २०२१ को मार्चमा नेपालमै खेल्नेछ । सन् २०२२ मा कतारमा हुने विश्वकप फुटबल...

विरामीको मृत्युपछि कोशी अस्पताल तनावग्रस्त, चिकित्सक र स्वास्थ्यकर्मीलाई कारवाहीको माग

विराटनगर । विराटनगरस्थित कोशी अस्पतालमा उपचारको क्रममा एक जना विरामीको मृत्युभएपछि अस्पताल तनावग्रस्त बनेको छ । विराटनगर – ६ घर भएकी ७२ वर्षीया समसा बेगामको आज दिउँसो उपचारको क्रममा मृत्यु भएपछि अस्पताल तनावग्रस्त भएको हो...

एमाले कोशी प्रदेशको अधिवेशन : तीन घण्टा ढिलो गरी सुरु भयो मतगणना

विराटनगर । नेकपा एमाले कोशी प्रदेश अधिवेशनबाट नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना सुरू भएको छ । सोमबार दिउँसो १ बजेदेखि सुरु हुने भनिएको गणना तीन घण्टा ढिलो गरी पाँच बजेबाट सुरु भएको हो। ७स्थान...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्