विद्यालय र स्वास्थ्यक्षेत्रको सुदृढीकरणका लागि विश्व बैंकको ५ अर्ब ८७ करोड सहयोग

 न्यूज विराट
विद्यालय र स्वास्थ्यक्षेत्रको सुदृढीकरणका लागि विश्व बैंकको ५ अर्ब ८७ करोड सहयोग

विश्व बैंकले नेपालको विद्यालयक्षेत्र सुधार र स्वास्थ्यक्षेत्रको सुदृढीकरणका लागि ५ अर्ब ८७ करोड उपलब्ध गराउने भएको छ । अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनी र नेपालका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फेरिस हदाद जार्वोसबीच त्यससम्बन्धी दुई अलग अतिरिक्त वित्तीय सम्झौतापत्रमा आज हस्ताक्षर भएको हो ।

सरकारको प्राथमिकतामा रहेको विद्यालयक्षेत्र विकास कार्यक्रम तथा स्वास्थ्यक्षेत्रमा सार्वजनिक व्यवस्थापन सुधार कार्यक्रम कार्यान्वयनमा सघाउनका लागि बैंकले उक्त रकम उपलब्ध गराएको हो ।

कार्यक्रममा अर्थसचिव मरासिनीले कोभिड–१९ बाट प्रभावित शिक्षा तथा स्वास्थ्य प्रणालीको उत्थानशील पुनर्निर्माण गर्न आवश्यक रहेको बताए । उनले भने, ‘नतिजा सूचकमा आधारित नेपाल स्वास्थ्यक्षेत्र कार्यक्रमबाट मुलुकमा दक्ष, प्रभावकारी, पारदर्शी र उत्तरदायी स्वास्थ्य प्रणाली निर्माण गर्न  महत्त्वपूर्ण हुनेछ ।’

बैंकका निर्देशक जार्वोसले सम्झौता कार्यान्वयनसँगै नेपालको शिक्षा र स्वास्थ्य प्रणालीलाई समावेशी एवं उत्पादनशील बनाई मानव पुँजीको विकासलाई गति दिने अपेक्षा गरिएको बताए ।

उनले भने, ‘सबैका लागि स्वास्थ्यक्षेत्रमा पहुँच, बालबालिका र किशोरकिशोरीका लागि गुणस्तरीय नतिजा प्राप्त गर्ने शिक्षा सिकाइमा समान पहुँच सुनिश्चितताका लागि सहायताले सहयोग गर्नेछ ।’

नेपालको स्वास्थ्यक्षेत्र व्यवस्थापन सुधार कार्यक्रमका लागि उपलब्ध गराइएको थप सहायताले सार्वजनिक खरिद् वित्तीय व्यवस्थापन, सूचना व्यवस्थापन तथा अधिक उत्तरदायित्वका लागि नागरिक संलग्नताका क्षेत्रमा सुधार ल्याउन सघाउने विश्वास गरिएको छ ।

सम्बन्धित समाचार

सर्वोच्च अदालतमा न्यायाधीशसहित २४ जनालाई कोरोना संक्रमण

काठमाडौं, २ माघ । सर्वोच्च अदालतमा न्यायाधीशसहित २४ जनालाई कोराना संक्रमण भएको छ । न्यायाधीश मीरा खड्का र मुख्य रजिष्ट्रार लालबहादुर कुँवरसहित २४ जना कोरोना संक्रमित भएका छन् । आइतबार आएको पीसीआर परीक्षणको रिपोर्टमा उनीहरु...

लोकतन्त्रको हत्या गर्ने चुनाव चाहिँदैन : नारायणकाजी श्रेष्ठ

नेकपाको सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले अलोकतान्त्रिक चुनाव अस्वीकार गर्ने बताए । नेकपाको विरोधसभामा बोल्दै श्रेष्ठले संविधानलाई घात गर्ने चुनाव आफूहरूले ध्वस्त बनाइदिने दाबी पनि गरे । श्रेष्ठले भने, ‘हामीलाई संविधानलाई घात गर्ने चुनाव चाहिएको छैन,...

माधव नेपालसहित पाँच नेतालाई स्पष्टीकरण सोध्ने बालुवाटार बैठकको निर्णय

एमाले केन्द्रीय कमिटी बैठकले वरिष्ठ नेता माधव नेपालसहित पाँच जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेकाे छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले पार्टी हितविरुद्ध सक्रिय भएको भन्दै नेता नेपालसहित उपाध्यक्ष भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल...

टियू टप गर्ने सुवेदीलाई हिमालय दर्शन कलेजको सम्मान

विराटनगर । विराटनगर – ९ मा रहेको हिमालय दर्शन कलेजको वि. वि. एस. दोस्रो वर्षमा विवेक सुवेदीले नेपाल प्रथम गरेको कलेजले दाबी गरेको छ । त्रिभूवन विश्व विद्यालयले हालै प्रकाशित गरेको नतिजा अनुसार सुवेदीले ८१...

स्पार्क हस्पिटल आठ वर्षमा, पुस १० गते निःशुल्क स्वास्थ्य शिविर गर्ने

विराटनगर । विराटनगर – १० पाञ्चाली मोडमा रहेको स्पार्क नेचुरोपेथी एण्ड फिजियोथेरापी हस्पिटल आठ वर्षमा प्रवेश गरेको छ । आठ वर्षमा प्रवेश गरेको अवसर पारेर हस्पिटल परिसरमा पुस १० गते निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्ने...

विराटनगरमा यसरी मनाइयो गाईजात्रा (तस्बिरहरू)

विराटनगर । झी : पुच विराटनगरले गाईजात्रा पर्व मनाएका छन् । विराटनगरमा मंगलबार सामुहिक गाईजात्रा निकालेको हो । नेवारी भाषामा यो पर्वलाई ‘सापारू’ भनिन्छ । एक वर्षभरि दिवङ्गत भएका आफन्तको सम्झना तथा उनीहरूको आत्मशान्तिका लागि...

कोरोना संक्रमणबाट थप एक महिलाको मृत्यु

काठमाडौं,  २ असोज-ललितपुरमा थप एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा ललितपुरकी ६६ वर्षीय महिला रहेकी छन् । उनको बिहीबार उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।  उनी गत...

मोरङका २१ वटा सामाजिक संस्थाद्वारा भूमी सम्बन्धी समस्या समाधान आयोग खारेजीको निर्णय फिर्ता लिन माग

विराटनगर, ३२ साउन । मानव अधिकार एलाइन्स मोरङले भूमी संवन्धि समस्या समाधान आयोग खारेजीको निर्णयले आवासको हक, दलितको हक र सामाजिक न्यायको हकको सुनिश्चिततालाई अन्यौलता तर्फ लगेको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । आज प्रधानमन्त्री...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्