काठमाडौं, ३० भदौ । हिजो-आज टीभीमा प्रसारण हुने जुनसुकै कार्यक्रमहरू पनि युट्युबमा हाल्ने गरिन्छ । टीभीमा भन्दा युट्युबमा राम्रो दर्शक पाइने भएपछि धेरैको आकर्षण युट्युबमा बढिरहेको छ ।
हिमालय टीभीमा प्रसारण हुने हास्य टेलिसिरियल ‘सक्किगोनि’का प्रत्येक भागहरू युट्युबमा सार्वजनिक भइरहेका हुन्छन् । सक्किगोनिले युट्युबमा मिलियन्स भ्युज पाइरहेको हुन्छ ।
यस्तैमा, अब भने सक्किगोनि आफ्नै युट्युब च्यानलबाट सार्वजनिक हुने भएको छ । निर्माण कम्पनी ‘जेपीटी क्रियसन’को अफिसियल युट्युबबाट नै आगामी भागहरू सार्वजनिक गरिने निर्देशक कुमार कट्टेल ‘जिग्री’ले बताए ।
यसअघि सक्किगोनि युट्युबमा ओएसआर डिजिटलबाट सार्वजनिक हुने गरेको थियो । ओएसआरसँगको सम्झौता अवधि सकिएपछि सक्किगोनि आफ्नै युट्युब च्यानलबाट आउन लागेको हो ।
सक्किगोनि हरेक बिहीबार प्रसारण भइरहेको छ ।