लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कुलप्रसाद केसीले पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीबार साँझ प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री केसीलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन् ।
बुधबार शंकर पोखरेलले मुख्यमन्त्रीको पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख शेरचनले २४ घण्टाको समय दिएर मुख्यमन्त्रीमा दाबी गर्न आह्वान गरेका थिए ।
४२ सांसद रहेको नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको गठबन्धनले केसीको नेतृत्वमा नयाँ सरकारका लागि दाबी पेस भएको थियो । मुख्यमन्त्रीमा नियुक्त भएका केसी रोल्पा क्षेत्र नं. १ (क)बाट निर्वाचित सांसद हुन् ।