नेपालमा ७८६ पुरुष र ९१ जना महिलाले जिते कोरोना - News Birat

नेपालमा ७८६ पुरुष र ९१ जना महिलाले जिते कोरोना

न्यूज विराट

काठमाडौं, ३० जेठ-नेपालमा कोरोना भाइरस संक्रमणलाई जितेर घर फर्किनेको संख्या बढिरहेको छ । शुक्रबार स्वास्थ्य मन्त्रालयको कोभिड-१९ सम्बन्धी मिडिया ब्रिफिङमा थप १६ जनाले कोरोनालाई परास्त गरेर घर फर्किएको प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

बलम्बुस्थित कोभिड-१९ युनिफाइड कमाड अस्पतालबाट १ महिला र २ पुरुष, पाटन अस्पताल १ महिला, काठमाडौं मेडिकल कलेज दुवाकोटबाट २ महिला र १ पुरुष, ह्याम अस्पतालबाट १ जना पुरुष, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट ८  जना पुरुष डिस्चार्ज भएको उनले बताए ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमणलाई जितेर घर फर्किनेको संख्या ८ सय ७७ पुगेको छ । जसमध्ये  ७ सय ८६ जना पुरुष रहेका छन् । कोरोना भाइरस संक्रमणलाई परास्त गर्ने महिलाको संख्या ९१ रहेको छ ।

प्रवक्ता डा. गौतमले शुक्रबार थप जनामा ४४८ जनामा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको जानकारी दिए । उनका अनुसार संक्रमितमध्ये ४ सय २४ पुरुष र २४ जना महिला रहेका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ हजार ६२ पुगेको छ । जसमध्ये ४ हजार ७ सय ९ जना पुरुष र ३ सय ५३ जना महिला रहेका छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles