उदयपुरमा खुकुरी प्रहार गरी हत्या

 न्यूज विराट
उदयपुरमा खुकुरी प्रहार गरी हत्या

विराटनगर, ७ साउन । उदयपुर त्रियुगा नगरपालिका १३ पोर्ताहा का ४५ बर्षीय मेमोरी भन्ने किसन सदाले त्रियुगा नगरपालिका ८ उत्राईटोल का ६५ बर्षीय महिकर चौधरीलाई खुकुरी प्रहार गरि हत्या गरेका छन् ।

हिजो बिहान सभा ५ बजे हत्या गरेको जानकारी प्राप्त हुन साथ जिल्ला प्रहरी कार्यालय उदयपुरबाट प्रहरी टोली खटि गई खुकुरी सहित सदालाई नियन्त्रणमा लिईएको छ ।

सदा चौधरीको घरमा काम गर्ने गरेको र सामान्य बिबादको कारण चौधरीको घरमानै खुकुरी प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

सम्बन्धित समाचार

कोशी प्रदेशसभाको बैठक बुधबार

विराटनगर । कोशी प्रदेशसभाको बैठक जेठ ३१ गते बुधबार दिनको १ बजे बस्ने भएको छ । अनिश्चितकालका लागि स्थगित भएको प्रदेशसभाको बैठक प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले आइतबार सूचना जारी गर्दै बैठकको जानकारी दिएका हुन् ।...

भोलिसम्म एसईईको परीक्षा तालिका प्रकाशित गर्ने

काठमाडौं, माघ २६।  राष्ट्रिय परीक्षा बोर्डले यो वर्षको माध्यमिक शिक्षा परीक्षा एसईईको तयारी थालेको छ । आज या भोलिसम्ममा परीक्षाको तालिका प्रकाशित गर्ने तयारी भएको परीक्षा नियन्त्रक अर्जुन रायमाझीले जानकारी दिनुभयो । उहाँकाअनुसार आउँदो बैशाख...

कोरोनासँग हारे दोस्रो विश्वयुद्धका विजेता

एजेन्सी, बैशाख २६-कुनै कुराले संसारलाई परिवर्तन गरिदिन्छ भने त्यो हो– युद्ध । दोस्रो विश्वयुद्धका क्रममा सन् १९४५ को ८ मे अर्थात् ‘युरोपमा जितको दिन’ थियो । तर, त्यो युद्धको अन्तिम दिन थिएन । जापान पूर्ण...

महाधिवेशन कब्जा गर्ने दाउमा देउवा र पौडेल

काठमाडौं, फागुन २२–नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र असन्तुष्ट नेता रामचन्द्र पौडेल १ वर्षपछि हुने भनिएको पार्टीको १४औँ महाधिवेशन आफ्नो पक्षलाई बलियो रूपमा उभ्याउन आआफ्नो रणनीति र योजनामा लागेका छन् । पार्टीमा देखिएको गुटगतरसमूहगत विवाद...

आज काठमाडौंसहित देशभर ४२६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, ३ असार-काठमाडौंका सहित देशका विभिन्न स्थानमा आज ४२६ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मलेनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ८८ महिला र ३३८ पुरुष...

साउनदेखि इम्बोस्ड नम्बर प्लेट अनिवार्य

काठमाडौं, ३ असार । सरकारले आगामी १ साउनदेखि इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने भएको छ । साउनदेखि नयाँ दर्ता र नवीकरण गरिने सबै प्रकारका सवारी साधनमा अनिवार्य इम्बोस्ड नम्बर प्लेट लागू गरिने यातायात व्यवस्था विभागका महानिर्देशक...

शनिबार नेकपाले बोलायो सचिवालय बैठक

काठमाडौं, ५ असार-नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले शनिबार सचिवालय बैठक बोलाएको छ ।विभिन्न समसामयिक विषयमाथि छलफल गर्न नेकपाले शनिबार बिहान ९ बजे सचिवालय बैठक बोलाएको हो । बैठकमा मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) बारे निर्णय हुन सक्ने...

बालश्रममा प्रयोग गरिएका ५ बालकको उद्धार

विराटनगर, माघ १७–विराटनगरबाट नियमविपरीत बालश्रममा प्रयोग गरिएका ५ जना बालकलाई शुक्रबार उद्धार गरिएको छ । विराटनगर महानगरपालिकाको नेतृत्वमा निस्किएको सरोकारवालाको टोलीले नगरक्षेत्रका विभिन्न होटलहरूबाट ती बालकलाई उद्धार गरेको हो । सो क्रममा नगरक्षेत्रको वडा नम्बर...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्