एमालेले संविधानको धारा ७६ (५) लाई संशोधन गर्न पहल गर्ने

 न्यूज विराट
एमालेले संविधानको धारा ७६ (५) लाई संशोधन गर्न पहल गर्ने

नेकपा एमालेले संविधानको धारा ७६ को उपधारा ५ लाई संशोधन गर्न पहल गर्ने निर्णय गरेको छ ।  बुधबार च्यासलस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानमा बसेको केन्द्रीय कमिटीको बैठकले संविधानको धारा ७६ को उपधारा ५ लाई संशोधन गर्न पहल गर्ने निर्णय गरेको प्रवक्ता प्रदीप कुमार ज्ञवालीले जानकारी दिए ।

सर्वोच्चले २८ असारमा संसद पुनर्स्थापनासँगै प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई नियुक्त गर्न परमादेश दिँदै ७६(५) बमोजिम प्रधानमन्त्री नियुक्ति प्रयोजनका लागि विश्वासको मत दिएकै आधारमा दल त्यागसम्बधी कारबाही गर्न नपाउने फैसला सुनाएको थियो । त्यही फैसलाका आधारमा एमाले वरिष्ठ नेता माधव कुमार नेपालसहित २२ सांसदले  पार्टी निर्देशन विपरीत देउवालाई विश्वासको मत दिएका थिए ।

‘भोलि आवश्यक पर्दा संविधान संशोधन गर्छौं र धारा ७६ को उपधारा ५ को निर्दलीय व्याख्या भएको छ,  त्यसलाई सच्याउँछौं,’ उनले भने । बैठकले सर्वोच्च अदालतको २८ असारको फैसलाप्रति आफूहरूको रहेको विमतिलाई जनतासामू लैजाने पनि निर्णय गरेको प्रवक्ता ज्ञवालीले बताए ।

‘सर्वोच्चको फैसला जस्तो आएको छ । त्यसप्रति हाम्रो विमति छ । तर, विमति हुँदाहुँदै पनि हामीले त्यो फैसलालाई स्वीकार गरेर अघि बढेका छौँ,’ उनले भने, ‘अदालतको गलत फैसलालाई हामीले जनतासम्म लैजान्छौँ ।’

बैठकले अदालतको २८ असारको फैसलाले शक्ति पृथकीकरण र दलीय प्रणालीलाई खलबल्याएको पनि निष्कर्ष निकालेको उनले बताए ।  ‘फैसलाले शक्ति पृथकीकरण र दलीय प्रणालीलाई खलबल्याएको छ,’ उनले भने, ‘यसबारेमा हाम्रा असहमतिहरू छन् । यी सबै विषयलाई हामीले जनतासमक्ष लैजान्छौँ ।’

बैठकले पार्टी कार्यकर्तालाई कत्ति पनि निरास नहुन अपिल गरेको छ । ‘अहिले उत्पन्न परिस्थितिबाट हामी निरास नहुन सम्पूर्ण नेताकार्यकर्तालाई आह्वान गर्छौं,’ उनले भने, ‘हामी फेरि छिट्टै कमब्याक गर्छौं ।’

प्रवक्ता ज्ञवालीले पार्टी फेरि बुहमतका साथ सत्तामा फर्किने पनि दाबी गरे । ‘हामी फेरि चुनाव जितेर सरकारमा फर्किन्छौँ,’ उनले भने, ‘पार्टी कार्यकर्ता निरास हुनुपर्दैैन ।’

सम्बन्धित समाचार

मेरो जीत सम्पूर्ण व्यवसायीको जीत हो : चन्द्र ढकाल

नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा विजयी भएका चन्द्र ढकालले आफूले सम्पूर्ण व्यवसायीहरुको प्रतिनिधित्व गरेकोले आफ्नो जीत व्यवसायीको जीत भएको प्रतिक्रिया दिएका छन् । प्यानल बनाएर निर्वाचनको मैदानमा उत्रिएका उपाध्यक्ष ढकालले मतपरिणाम घोषणासँगै आफूले प्यानल...

शनिबार एकै दिन २५ अर्ब ५५ करोड रूपैयाँ सरकारी भुक्तानी

काठमाडौ । आर्थिक वर्ष २०७८/७९ को खर्चअन्तर्गत हिजो शनिबार एकै दिन २५ अर्ब ५५ करोड भुक्तानी भएको छ । हिजो भएको खर्च जोड्दा सरकारी खर्च १२ खर्ब ३७ अर्ब पुगेको छ । प्राय: शनिबार सरकारी...

राष्ट्रपति र उपराष्ट्रपतिद्वारा विजयादशमीको शुभकामना व्यक्त

काठमाडौं, १० कात्तिक-हिन्दूहरुको सबैभन्दा ठूलो पर्व बडादसैंको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनले शुभकामना व्यक्त गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले सामाजिक तथा भौतिक दूरी कायम गरी मौलिक चाडपर्वको संरक्षण एवं सम्बर्द्धन गर्न...

झापामा पिकअप भ्यान पल्टिँदा एकको मृत्यु, दुई जना घाइते

झापाको कमल गाउँपालिका–७ स्थित गेउरिया सडकखण्डमा मालबाहक पिकअप भ्यान पल्टेर घाइते भएका एक जनाको ज्यान गएको छ । इलाका प्रहरी कार्यलय दमकका अनुसार दुर्घटनामा परी घाइते भएका दमक- ९का ५५ वर्षीय मंगल चौधरीको उपचारका क्रममा...

हत्या आरोपमा २ जना पक्राउ

विराटनगर, १७ जेठ-सुनसरी बारहक्षेत्र–३ बाङगे बस्ने ३७ वर्षीय कमल राईको हत्या आरोपमा २ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा सुनसरी बराहक्षेत्र ईक्राहीका २२ वर्षीय गणेश लिम्बू र सोही स्थानका १९ वर्षीय प्रदीप राजधामी रहेका...

राजवंशी (विराट) लाई १२८ औं जातिजातिमा सूचिकृत गरिने–मन्त्री ढकाल

विराटनगर,६ फागुन । सङ्घीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले राजवंशी समुदाय (विराट)लाई १२८ औ जातजातिमा सूचिकृत गर्ने बताएका छन् । राजवंशी समाज उत्थान समिति(विराट)केन्दीय कार्यालयद्वारा आज यहाँ आयोजित १४ औं वृहत भेलामा...

विराटनगरमा अपाङ्गता भएका व्यक्तिहरुलाई सहायक समाग्री वितरण

विराटनगर,७ साउन । अपाङ्गता भएका व्यक्तिहरुलाई सहजरुपमा दैनिक जिवनको कार्य गर्नका लागि आज यहाँ सहायक समाग्री(ह्वील चियर) वितरण गरिएको छ । सामथ्र्य समाज नेपाल र समन्वयद्वारा आज यहाँ आयोजित अपाङ्गता भएका व्यक्त्तिहरुको सवालमा जनप्रतिनिधिहरु र...

खोप लगाएकाभन्दा नलगाएकामा मृत्यु हुने जोखिम २० गुणा बढी

कोरोनाविरुद्धको खोप लगाएका भन्दा नलगाएकामा २० गुणा बढी मृत्युको जोखिम रहेको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा संक्रामक रोग विशेषज्ञ डा. जनक कोइरालाले भने, ‘खोप लगाएका र नलगाएकामा तुलाना गर्दा खोप नलगाएकालाई १०...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्