खोप लगाएकाभन्दा नलगाएकामा मृत्यु हुने जोखिम २० गुणा बढी

 न्यूज विराट
खोप लगाएकाभन्दा नलगाएकामा मृत्यु हुने जोखिम २० गुणा बढी

कोरोनाविरुद्धको खोप लगाएका भन्दा नलगाएकामा २० गुणा बढी मृत्युको जोखिम रहेको पाइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा संक्रामक रोग विशेषज्ञ डा. जनक कोइरालाले भने, ‘खोप लगाएका र नलगाएकामा तुलाना गर्दा खोप नलगाएकालाई १० गुणा बढी संक्रमण हुने, खोप नलगाएका १७ गुणा बढी अस्पताल पुग्ने र मृत्यु हुने सम्भावना २० गुणा बढी पाइएको छ । दुई डोज खोप लगाउन आवश्यक छ । त्यसैले खोप लगायो भने जित्न सकिन्छ । खोप लगाउनेलाई गाह्रो बनाउँदैन ।’

खोप लगायो भने सर्ने जोखिम कम हुने उनी बताउँछन् । ‘खोप लगायो भने एक-अर्कामा सर्ने मौका कम हुन्छ । खोप लगायो भने संक्रमणको संख्या कम हुन्छ,’ उनले भने । ओमिक्रोन भेरियन्ट पहिला लागेकालाई र खोप लगाएकालाई पनि लाग्ने बताउँदै उनले ओमिक्रोन एक जनाबाट १० जनालाई सर्ने बताए । ‘पहिलो लहरमा एक जना संक्रमित भयो भने अर्को दुई जना संक्रमित बनाउने थियो । दोस्रो लहरमा डेल्टा भेरियन्टले पाँच जनालाई र ओमिक्रोनले १० जनालाई संक्रमित बनाउने रहेछ,’ उनले भने, ‘ओमिक्रोन द्रूत गतिमा फैलिएको छ । नेपालमा पनि ओमिक्रोन प्रवेश गरेको देखिन्छ । जनस्वास्थ्यको मापदण्ड पालना नगरे डेल्टाभन्दा व्यापक रूप लिन सक्छ ।’

दैनिक २ हजार बढी संक्रमित देखिन थालेकाले तेस्रो लहरको सुरुवात भएको हुन सक्ने उनले बताए । ‘संक्रमितको संख्या बढेर दैनिक २ हजार नाघेको छ । तेस्रो लहरको सुरुवात हो कि भनेर भन्न सकिन्छ,’ उनले भने । ओमिक्रोन भेरियन्टले फोक्सोमा भन्दा पनि मथिल्लो श्वास नलिमा असर गर्ने उनी बताउँछन् । ‘ओमिक्रोन भेरियन्ट फोक्सोभन्दा पनि माथिल्लो श्वास नलिमा इन्फेक्सन गराउँछ । नाक, घाँटी र छातीमा टाँसिने रहेछ । डेल्टा फोक्सोमा पुग्ने र निमोनिया हुने थियो,’ उनले भने, ‘खोकी लाग्ने, जिउ दुख्ने, टाउको दुख्नेजस्ता लक्षण बढी देखिन्छ ।’

सम्बन्धित समाचार

ल्याबटेक्निसियन रहस्यम मृत्यु प्रकरण, प्रेमिकासहित दुई जना विरुद्ध ‘आत्महत्या दुरुसाहन’ मुद्दा दर्ता

विराटनगर । सुनसरीको देवानगन्ज गाउँपालिका – ६ घर भइ धनकुटा जिल्ला अस्पतालमा कार्यरत पाँचौ तहका ल्याबटेक्निसियन वर्ष २७ का अर्जुन कुमार मेहताको रहस्मय मृत्यु प्रकरणमा पक्राउ परेकी प्रेमिका सुशिला कुमारी मेहतासहित दुई जना विरुद्ध मुद्दा...

प्रचण्डलाई भीम रावलले भने, ‘पदको झगडामा म सामेल छैन’ 

काठमाडाैं, १३ साउन-नेकपा स्थायी कमिटी सदस्य भीम रावलले पदको झगडामा पार्टी अध्यक्ष प्रचण्डलाई साथ दिन नसक्ने बताएका छन् । बालुवाटार भेलामा रावलले पदका लागि भइरहेकाे झगडामा हारजितका लागि आफूहरूको टाउको नगन्न आग्रह पनि गरेका छन्...

कांग्रेसको १४९ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा अधिवेशन हँुदै

काठमाडौँ, ६ मङ्सिर-नेपाली कांग्रेसको आसन्न १४ औँ महाधिवेशनअन्तर्गत आज १४९ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा अधिवेशन सुरु हुँदैछ । मुलुकका कूल १६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये यसअघि १६ निर्वाचन क्षेत्रमा अधिवेशन सम्पन्न भइसकेको र बाँकी ६० जिल्लाका प्रतिनिधिसभा...

पार्टी जिवन्त बनाउन केन्द्रीय कमिटीमा गम्भिर छलफल : मण्डल

विराटनगर, माघ १८–नेपाल कम्युनिष्ट पार्टीलाई जिवन्त बनाउन केन्द्रीय कमिटी बैठकमा घनिभुत रुपमा छलफल भएको नेता शिवकुमार मण्डलले बताएका छन् । नेकपा केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मण्डलले काठमाडौं स्थित राष्ट्रियसभा गृहमा जारी केन्द्रीय कमिटीको बैठकमा राष्ट्रिय...

काठमाडौं उपत्यकामा आज २ सय ५२ जनामा कोरोना

काठमाडौं, ११ कात्तिक-मंगलबार काठमाडौं उपत्यकामा २ सय ५२ जनामा कोरोना भाइरस (कोभिड-१९) पोजिटिभ देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजर उपत्यकामा १ सय ५५ पुरुष र ९७ महिला गरी २ सय ५२ जनामा...

आज ७३६ संक्रमित थपिए, ८४७ जना डिस्चार्ज

गत २४ घण्टामा देशभर आज ७ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसहित संक्रमितको संख्या २ लाख ५० हजार ९ सय १६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता...

निर्वाचन आयोगमा जसपाको हेड काउन्ट : सनाखतका बेग्लाबेग्लै ठाउँ

जनता समाजवादी पार्टि (जसपा) का नेता कार्यकर्ता निर्वाचन आयोग पुगेका छन् । जसपा आधिकारिकता विवाद निरुपणका लागि निर्वाचन आयोगले एकता भएकै बेलाको कार्यकारिणी समितिमा रहेका ५१ जनालाई ‘हेड काउन्ट’ मा बोलाएपछि उनीहरू सनाखतका लागि आयोग पुगेका...

देशभर २ हजार ३२८ जनाले जिते कोरोना

काठमाडौं, १० असार-देशभरबाट पछिल्लो २४ घण्टाको अवधिमा ११४ जना कोरोना भाइरस संक्रमित निको भएर डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले देशभरका विभिन्न आइसोलेसन अस्पतालमा उपचार...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्