मोरङ कांग्रेसले डायनियामा वीपी जयन्ती मनायो

 न्यूज विराट
मोरङ कांग्रेसले डायनियामा वीपी जयन्ती मनायो

विराटनगर, ६ साउन । नेपाली कांग्रेस मोरङले डायनियास्थित वीपी सेवा केन्द्रमा वीपी जयन्ती मनाएको छ । सेवा केन्द्र परिसरमा वृक्षारोपण गर्नुका साथै वीपीले देखाएको लोकतान्त्रिक समाजवादको बाटोको विषयमा छलफल गरिएको थियो।

पार्टीका जिल्ला सभापति डिकबहादुर लिम्बूले कांग्रेसको १४ औं महाधिवेशनको नजिकिएको सन्दर्भमा वीपी विचारको महत्व अझ बढेको चर्चा गरे । लिम्बूले भने,“जसले नयाँ विचार दिन सक्छ, बेरोजगार युवाको समस्या समाधान गर्ने र विकास दिन सक्नेलाई पार्टीको नेतृत्वमा लैजानु पर्ने आजको आवश्यकता हो ।” अहिलेको परिस्थितिमा वीपीले स्थापित गरेका मान्यताहरु थप महत्वपूर्ण भएको लिम्बूले बताए ।

पूर्वमन्त्री दिलिप गच्छदारले कांग्रेसले नै अबको नेतृत्व लिएर जनहितमा काम गर्नुपर्ने बताउँदै भने, ‘नयाँ संविधान कार्यान्वयन र गणतन्त्रको संस्थागत विकास अब कांग्रेसको नेतृत्वबाट सहज बन्नेछ ।’ पार्टीका जिल्ला उपसभापति शिवनारायण सिंह गनगाईले कांग्रेस लोकतन्त्रको पर्याय भएको बताए । वीपीले प्रतिपादन गरेका सिद्धान्तलाई व्यवहारिक रुपमा लागू गर्दै लैजानु कांग्रेसजनको पहिलो जिम्मेवारी भएको उनको जोड थियो ।

त्यस अवसरमा सेवा केन्द्रका नागेश्वर सिंहसहितका वक्ताले वीपीको विचारबाट कांग्रेस पछि हट्न नहुने बरु व्यवहारिक रुपमा कार्यान्वयन गर्दै लैजानु पर्ने सुझाव दिए ।

सम्बन्धित समाचार

कोरोना खोपको साइड इफेक्ट देखिए क्षतिपूर्ति दिने घोषणा

एजेन्सी, १९ मंसिर-बेलायतले कोरोना भाइरसविरुद्धको खोप लगाएर कुनै प्रकारको साइड इफेक्ट देखिएमा क्षतिपूर्ति दिने घोषणा गरेको छ । बेलायत सरकारले फाइजर र बायोएनटेकको खोपको आपतकालीन प्रयोगका लागि स्वीकृति दिएपछि यस्तो घोषणा गरेको हो । बेलायत...

प्रदेश स्तरीय कबड्डी प्रतियोगिता : सुनसरी ६ अंकको साथ शीर्ष स्थानमा

विराटनगर । विराटनगरमा जारी प्रदेश स्तरीय कबड्डी लिग कम नकआउट प्रतियोगितामा सुनसरी जिल्ला शीर्ष स्थानमा रहेको छ । कोशी प्रदेश खेलकुद विकास बोर्डले आयोजना गरेको कबड्डी प्रतियोगिताको दोस्रो दिन सुनसरीले ३ खेल खेल्दै ६ अंकका...

एनसीडिए मोरङद्धारा आश्रममा स्वास्थ्य शिविर, ११० जनाको स्वास्थ्य परीक्षण

विराटनगर । नेपाल औषधि ब्यवसायि संघ (एनसीडिए) मोरङले निःशुल्क आँखा जाँच शिवीर तथा औषधि वितरण कार्यक्रम आयोजना गरेको छ ।संघले विराटनगर ८ स्थित विराटेश्वर बृद्धाश्रम परिसरमा बिहीबार शिवीरको आयोजना गरेको हो ।नेपाल औषधि ब्यवसायि संघका...

स्थानीय तहलाई शसर्त अनुदान हस्तान्तरण गर्न अनुमति

विराटनगर, फागुन २९–प्रदेश–१ को मन्त्रिपरिषद्ले स्थानीय तहलाई शसर्त अनुदान हस्तान्तरण गर्न अनुमति दिएको छ । आज बसेको मन्त्री परिषद्को बैठकले गरेका निर्णयका विषयमा जानकारी दिंदै सरकारका प्रवक्ता तथा आन्तरिक मामिला मन्त्री हिक्मतकुमार कार्कीले स्थानीय तहलाई...

२ हजार ४ सय रुपैयाँले फेरि बढ्यो सुन 

काठमाडौं, २९ साउन-बुधबार प्रतितोला ६ हजार २ सय रुपैयाँले घटेको सुनको मूल्य आज फेरि बढेको छ । प्रतितोला २ हजार ४ सय रुपैयाँले बढेर आज सुनको मुल्य प्रतितोला ९७ हजार ८ सय रुपैयाँ तय भएको...

राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता, लुम्बिनी र कर्णाली प्रदेश विजयी

विराटनगर । राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेश र कर्णाली प्रदेश विजयी भएका छन् । विराटनगरको बैजनाथपुर क्रिकेट रंगशालामा बुधबार भएको पहिलो खेलमा लुम्बिनी प्रदेशले सुदुरपश्चिम प्रदेशलाई ५८ रनले पराजित गको छ ।टस जितेर पहिले...

कतारबाट आएका २ जनामा कोरोना संक्रमणको आशंका

विराटनगर, चैत ११–कतारबाट एक हप्ता अगाडी नेपाल आएका दुई जना युवामा विराटनगर स्थित कोशी अञ्चल अस्पतालले कोरोना भाइरस (कोभिड—१९) को संक्रमण आशंका गरेको छ । चैत ३ गते कतारबाट नेपाल आएका २५ वर्षिय नेपाली दुइ...

इक्युवालिटि कप क्रिकेटको उपाधि मोरङलाई

विराटनगर । नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा विराटनगर ६ मा रहेको म्यारिलिबोन ज्वाला क्रिकेट मैदानमा भएको चौथोँ संस्करणको ‘इक्वालिटि कप क्रिकेट २०२५’ प्रतियोगिताको उपाधि साविक विजेता मोरङले जितेको छ । बिहिबार भएको फाइनल खेलमा सप्तरीलाई ८...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्