रुसबाट कोरोना खोप ल्याउन सम्पूर्ण प्रक्रिया पूरा, केही दिनमै नेपाल आइपुग्ने

 न्यूज विराट
रुसबाट कोरोना खोप ल्याउन सम्पूर्ण प्रक्रिया पूरा, केही दिनमै नेपाल आइपुग्ने

काठमाडौं, असार १७ । नेपालमा कोरोना भाइरसविरुद्धको खोप अभाव भइरहेका बेला निजी क्षेत्रले रुसबाट ल्याउन लागेको स्पुतनिक भी भ्याक्सिनको प्रक्रिया अन्तिम चरणमा पुगेको जनाएको छ ।

लोमस फर्मासुटिकल कम्पनीले रुसी सरकारसँगको समन्वयमा उक्त खोप नेपाल ल्याउन आवश्यक सबै कागजी प्रक्रिया पूरा गरेको र अब चाँडै नै खोप आइपुग्ने अनौपचारिक जानकारी दिएको हो । सो कम्पनीका एक अधिकारीले अव खोप ल्याउने अन्तिम तयारीमा पुगेको बताउनुभयो । ती अधिकारीले भने, ‘सबै प्रक्रिया पूरा भई सक्यो अब हामी नेपालमा खोप आइपुग्ने प्रतीक्षामा छौं । केही दिनमा नै हामी यसबारे जानकारी दिन्छौ ।’ उहाँले खोप नेपाल आइपुग्ने बित्तिकै वितरण हुने जानकारी पनि दिनुभयो ।

औषधि व्यवस्था विभागका अनुसार लोमस फर्मासुटिकल कम्पनीलाई खोप ल्याउने अनुमति दिइएको र सो कम्पनीले प्रयास गरी राखेको जानकारी गराएको छ ।

सम्बन्धित समाचार

गृह जिल्ला झापा आएर प्रधानमन्त्री ओलीले भने–मलाई हटाएर देखाउनुस

काठमाडौं, १६ फागुन । प्रधानमन्त्री केपी ओलीले आफुलाई पदबाट हटाएर देखाउन चुनौती दिएका छन् । गृहजिल्ला झापा आएका ओलीले दमक नगरपालिका, गौरादह नगरपालिका र कमल गाउँपालिकाको संगमस्थलमा बन्ने चीन–नेपाल मैत्री औद्योगिक पार्क शिलान्याश कार्यक्रमलाई सम्बोधन...

जनकपुर भन्सारका नायब सुब्बा घूस लिँदालिँदै पक्राउ

जनकपुर, माघ २१–भन्सार कार्यालय जनकपुरधामका नायब सुब्बा अहमद रजा अन्सारी जनकपुरबाट घुससहित पक्राउ परेका छन् । अन्सारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दीवासबाट खटिएको टोलीले एक लाख ५० हजार घूससहित सोमबार साँझ पक्राउ गरेको हो। नासु...

पछिल्लो २४ घण्टामा प्रदेश १ मा ३६३ संक्रमित थपिए, १७९ डिस्चार्ज

विराटनगर, १८ असोज–प्रदेश १ मा पछिल्लो २४ घण्टामा एक सय ७९ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ८७, सुनसरीमा ६४, झापामा १८, खोटाङमा ५, उदयपुरमा एक र प्रदेश बाहिरका ४ काजना रहेको सामाजिक विकास...

ग्रेडेड स्कुलमा राधाकृष्ण पोशाक प्रतियोगिता

विराटनगर । विराटनगस्थित ग्रेडेड बोर्डिङ स्कुलले श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर राधाकृष्ण पोशाक प्रतियोगिता आयोजना गरेको छ । सोमबार विद्यालय परिसरमा उक्त प्रतियोगिता आयोजना गरेको हो । विद्यालय परिसरमा आयोजित सो प्रतियोगितामा कक्षा एलकेजी र कक्षा...

मोरङको लेटाङमा पनि एमाले विजयी

विराटनगर, ४ वैशाख । मोरङको लेटाङ नगरपालिकामा पनि एमाले विजयी भएको छ । मेयर उपमेयर दुवै पदमा विजयी भएको हो । मेयरमा एमाले प्रदेश कमिटी सदस्य भूपेन्द्रकुमार लावतीले नेपाली काँग्रेसका ज्ञानेन्द्र ढकाललाई पराजित गरेका हुन्...

अर्बपति अमेरिकी राष्ट्रपति ट्रम्पमाथि लाग्यो कर नतिरेको आरोप

एजेन्सी, १२ असोज-अर्बपति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि आयकर नतिरेको आरोप लागेको छ । अमेरिकाको द न्युयोर्क टाइम्सले राष्ट्रपति ट्रम्पले सन् २०१६ मा आयकरका रुपमा जम्मा ७ सय ५० डलर मात्रै तिरेको समाचार प्रकाशित गरेपछि ट्रम्पमाथि...

प्रचण्ड पतनको बाटोमा :सांसद राई

विराटगर, फागुन २–नेकपा अध्यक्ष पुष्पकमल दाहालले कांग्रेसका स्व. नेता गिरिजाप्रसाद कोइरालाबारे दिएको अभिव्यक्तिप्रति कांग्रेसका प्रदेश सांसदले आपत्ती जनाएका छन् । शुक्रबार प्रदेशसभा बैठकको शून्य समयमा कांग्रेसका प्रमुख सचेतक सूयर्माराज राईले नेकपा अध्यक्ष प्रचण्ड पतनको दिशामा...

४ जेठमा स्थानीय निर्वाचन गर्ने सरकार र आयोगबीच समझदारी

काठमाडौं, १८ माघ । निर्वाचन आयोग र सरकारबीच ४ जेठमा स्थानीय तहकाे निर्वाचन गर्ने समझदारी बनेको छ । बालुवाटारमा मंगलबार आयोगका पदाधिकारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीचको छलफलमा यो समझादरी बनेको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्