राशिफल

‘विराट एक्स्पो’ २०७६ को तयारी सुरु

 न्यूज विराट
‘विराट एक्स्पो’ २०७६ को तयारी सुरु

विराटनगर, माघ २३–उद्योग संगठन मोरङको आयोजना र नोवेल मेडिकल कलेजको मुख्य प्रायोजनमा विराटनगरमा कृषि, औद्योगिक तथा व्यापार एक्स्पो २०७६ को आयोजना हुने भएको छ । २ फागुनदेखि ९ दिनसम्म आयोजना हुने उक्त महोत्सव विराटनगर– २, स्थित शंकरपुरमा आयोजना हुनेछ । महोत्सव आयोजनाका लागि स्टल निर्माण, सडक कालोपत्रेलगायतका काम तीव्रताका साथ अगाडि बढाइएको आयोजकले जनाएका छन् ।

मेलामा ट्रष्टसहितको अत्याधुनिक प्रविधियुक्त स्टल निर्माण गरिएको छ । मेला मूल आयोजक समितिका संयोजक भोलेश्वर दुलालले मेला आयोजनाका लागि तयारी तीव्र पारिएको जानकारी दिए । मेलाको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने कार्यक्रम रहेको उनले बताए । मेलामा सहभागी हुन व्यवसायीहरूले विशेष रुचि राखेका कारण अधिकांश स्टल बुकिङ भइसकेको स्टल व्यवस्थापक समितिका संयोजक विपिन कावराले जानकारी दिए ।

विगतमा भन्दा एक्स्पोलाई अझ व्यवस्थित र सफलताका साथ सम्पन्न गरिने उनको दाबी छ । मेलामा हेलिकोप्टर चार्टर्डको पनि व्यवस्था गरिएको छ । त्यस्तै, राष्ट्रिय स्तरका कलाकारको सांगीतिक प्रस्तुतिलगायतका विभिन्न आकर्षणहरू पनि राखिएको आयोजक उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले जानकारी दिए । मेलाको सुरक्षाका लागि मेलास्थल वरपर लाइट र सीसी क्यामेराको व्यवस्था गरिएको छ ।

मेलाका लागि विराटनगर महानगरपालिकाको सहयोगमा सडक मर्मत तथा कालोपत्रेको काम पनि तीव्र पारिएको छ । मेला आयोजना गर्न २ करोड २० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको आयोजकले बताएका छन् । मेलामा दैनिक उपभोग्य वस्तुहरू, कृषिजन्य उत्पादनहरू, लत्ताकपडा तथा मनोरञ्जनका सामग्री, खानाका स्टलहरू राखिने जनाइएको छ ।

सम्बन्धित समाचार

विराट गोल्डकप , संकटालाई हराउँदै भारत सेमिफाइनलमा

विराटनगर । पाहुना टोली भारत केरलाको लुका सकर क्लब साताँै संस्करणको विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरस्थित सहिद मैदानमा आइतबार राती भएको अन्तिम क्वाटरफाइनल खेलमा ‘ए’ डिभिजन क्लब संकटालाई सडनडेथमा हराउँदै भारत सेमिफाइनल यात्रा...

विश्व छारेरोग दिवसमा न्यूरो हस्पिटलको सचेतना र्याली

विराटनगर । विराटनगरस्थित न्यूरो हस्पिटलले विश्व छारेरोग दिवसको अवसर पारेर सचेतनामुलक र्याली निकालेको छ । आइतबार विहान विराटनगरमा सचेतनामुलक र्याली निकालेको हो । न्यूरो हस्पिटलदेखि सुरू भएको र्यालीले विराटनगर महानगरपालिका भित्र नगर परिक्रमा गरेको थियो...

विराट गोल्डकप : भुटानलाई हराउँदै साविक बिजेता एपीएफ सेमिफाइनलमा

अंकित पोखरेल विराटनगर । पाहुना टोली भुटानको ड्रक लयुल फुटबल क्लबलाई स्तब्ध बनाउँदै साविक विजेता सशस्त्र प्रहरी बल (एपीएफ) सातौं संस्करणको विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरस्थित सहिद मैदानको फ्लड लाईटमा शनिबार राती भएको...

आयत – निर्यातमा सहजिकरणी गरिदिनुपर्नेमा जोड

विराटनगर । ढुवानी व्यवसायीहरुले सामान आयत निर्यात गर्दा राज्यले सहजीकरणको लागी आवश्यक पहल कदमि गरिदिनुपर्ने व्यवसायीहरुले बताएका छन् ।ट्रान्सपोर्ट एसोसिएसन विराटनगर मोरङको १३ औं वार्षिक साधरण सभा तथा ७ औं अधिवेशनको उद्घाटन शत्रमा शनिबार बोल्दै...