सूर्य थापाको टिप्पणी : सर्वोच्चको आदेश विरोधाभाषपूर्ण र आश्चर्यजनक

 न्यूज विराट
सूर्य थापाको टिप्पणी : सर्वोच्चको आदेश विरोधाभाषपूर्ण र आश्चर्यजनक

काठमाडौं, ९ असार । प्रधानमन्त्री केपी ओलीका प्रेस सल्लाहकार सूर्य थापाले सर्वोच्च अदालतले आफ्नै नजिरविपरीत आदेश दिएको बताएका छन् । मंगलबार सर्वोच्च अदालतले ओलीले गरेको मन्त्रिपरिषद् विस्तारका सम्बन्धमा अन्तरिम आदेश दिँदै २० मन्त्रीलाई काम गर्न रोक लगाएको थियो । सोही आदेशका सम्बन्धमा फेसबुकमा टिप्पणी गर्दै थापाले सर्वोच्चाले आफ्नै नजिरविपरीत आदेश दिएको उल्लेख गरेका हुन् ।

‘२०७४ असोज र २०७८ असारका बीच श्री सर्वोच्च अदालतले गरेको फैसलामा देखिएको यो के हो ?,’ थापाले लेखेका छन्, ‘आफ्नै नजीर र व्याख्याविपरित रहेको हिजोको फैसला विरोधाभाषपूर्ण र आश्चर्यजनक रहेको छ । संविधान र कानुनको व्याख्यामा यस्तो परस्परविरोधी अभ्यासले कहाँ पु-याउने होला ?’ प्रचण्डले एक दिनअघि गरेको भाषण र सर्वोच्चले एक दिनपछि आदेश हुबहु मिलेको भन्दै थापाले सेटिङ हो कि के हो भन्दै प्रश्न गरेका छन् ।

‘प्रचण्डले एकदिनअघि गरेको भाषण र सर्वोच्चको एकदिन पछिको फैसला हुबहु किन मिलेको होला ?,’ थापाको प्रश्न छ, ‘यो सेटिङ हो कि के हो ?’ देउवालाई २०७४ मा मन्त्रिपरिषद् विस्तारको अधिकार दिइएको प्रसँग उल्लेख गर्दै थापाले अहिले ओलीलाईचाहिँ छैन ? भन्ने प्रश्न गरेका छन् ।

उनले मन्त्री बनाउने, बजेट वक्तव्यको संशोधन/सम्पादन वा कुनै बुँदा खारेज गर्ने, कार्यविधि र नियमावली बनाउने अधिकार सर्वोच्चको हो र ? भन्दै प्रश्न गरेका छन् ।

सम्बन्धित समाचार

मोरङ कारागारमा स्वास्थ्य शिविर, ६ सयबढी कैदीबन्दीले गराए स्वास्थ्य जाँच

विराटनगर । विराटनगरस्थित मोरङ कारागार भित्र रहेका कैदीबन्दीहरुको लागि निःशुल्क स्वास्थ्य जाँच शिविर आयोजना गरिएको छ । गिरी फाउन्डेसनको आयोजनामा शनिबार कारागारमा स्वास्थ्य शिविर आयोजना गरिएको हो । शिविरमा कैद भुक्तान गर्र्दै आएका ६ सय...

प्याब्सन प्रेसिडेन्ट कप, चार स्कुल सेमिफाइनलमा

विराटनगर । प्याब्सन प्रेसिडेन्ट फुटबल कपमा विराटनगरका चार स्कुल सेमिफाइनलमा पुगको छन् । प्याब्सन विराटनगरको आयोजना भएको बुधबारको खेलमा डिपिएस, बिकेभिएम, ग्यालेक्सी र बुढानिलकण्ठ स्कुल विजयी भएर सेमिफाइनलमा पुगेको हो ।डिपिस स्कुलको खेलमैदानमा भएको खेलमा...

प्रदेश १ मा घट्यो संक्रमण दर, आज ३४९ जना कोरोना संक्रमित थपिए

विराटनगर, २३ जेठ । प्रदेश १ मा आज ३४९ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १९५, सुनसरीमा ५१, झापामा ३६, ते¥हथुममा २६, संखुवासभामा ९, पाँचथर, इलाम र भोजपुरमा ४–४, उदयपुरमा ३, ओखलढुङ्गा र धनकुटामा...

विहान वेलुका हातमुख जोर्न समस्यमा परेका १५० परिवारलाई खाद्यान्न वितरण

विराटनगर, जेठ १०–बन्दाबन्दीका कारण विहान बेलुका हातमुख जोर्न समस्या भएका विपन्न परिवारहरुलाई आज यहाँ युवा समूहले खाद्यान्न राहत वितरण गरेका छन् । विराटनगर महानगरपालिका वडा नं ११ का युवा मनिष गुरुङ एवं समूहले आफ्नो व्यक्तिगत...

कोशी प्रदेशमा नयाँ सरकार गठनको लागि आव्हान, दलहरूलाई प्रदेश प्रमुखले दिए असोज २६ गतेसम्मको म्याद

विराटनगर । कोशी प्रदेशमा नयाँ सरकार गठनको लागि प्रदेश प्रमुख पर्शुराम खापुङले ६ दिनको समय दिएका छन् । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राजीनामा दिएसँगै प्रदेश प्रमुख पर्शुराम खापुङले शनिबार नयाँ सरकार गठनका लागि ६ दिनको समय...

प्रतिनिधिसभा विघटन असंवैधानिकः नेता आचार्य

विराटनगर, २५ पुस-नेपाली कांग्रेस मोरङ क्षेत्र नम्बर ४ (ख)ले विराटनगर स्थित हाटखोला मैदानमा विरोधसभा आयोजना गरेको छ । कांग्रेसको देशव्यापी आन्दोलनको क्रममा मोरङ क्षेत्रनम्बर ४(ख)मा पनि बिरोध सभाको आयोजना गरिएको हो । सभामा नेपाली कांग्रेसका...

कोरोना संक्रमणको आशंकामा काँकरभिट्टा नाकाबाट २ युक्रेनी नागरीक फिर्ता पठाइयो

झापा, फागुन २९–कोरोना भाइरसको आशंकामा दुई युक्रेनी नागरीकलाई पूर्वी नाका काँकरभिट्टाको अध्यागमन कार्यालयले फिर्ता गरिदिएको छ । भारतका विभिन्न शहर भ्रमण गरी काँकडभिट्टा नाका हुँदै नेपाल प्रवेश गर्न खोज्ने युक्रेनी दम्पतीलाई अध्यागमन कार्यालयले नेपाल प्रवेशमा...

एच.पी.भी. विरुद्ध खोप अभियान सुरु, कसरी हुन्छ पाठेघरको मुखको क्यान्सर ?

विराटनर । पाठेघरको मुखको क्यान्सर गराउने ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) विरुद्धको खोप अभियान सुरू भएको छ । विश्व स्वास्थ्य संगठनले समेत पाठेघरको क्यान्सर निको पार्न खोप प्रभावकारी र सुरक्षित मानिएको गार्डसिल भनिने एचपीभी खोप पाइलटका...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्