मोरङ र सुनसरीका बाँतर समुदायका कोरोना संक्रमित परिवारलाई राहत वितरण

 न्यूज विराट
मोरङ र सुनसरीका बाँतर समुदायका कोरोना संक्रमित परिवारलाई राहत वितरण

विराटनगर, २९ जेठ । मोरङ र सुनसरीका बाँतर(सरदार) समुदायका कोरोना संक्रमित परिवारलाई शनिबार राहत वितरण गरिएको छ । नेपाल बाँतर सरदार कल्याणकारी केन्द्रीय समिति कटहरीको सहयोगमा कोरोना संक्रमित परिवारलाई स्वास्थ्य सामाग्री, खाद्यान्नसहित राहत वितरण गरिएको हो ।

बाँतर (सरदार) समुदायका कोरोना संक्रमित परिवारलाई नेपाल बाँतर सरदार कल्याणकारी केन्द्रीय समिति, जिल्ला कार्य समिति मोरङ र युवा कार्य समिति मोरङले मोरङ र सुनसरीका ५० परिवारलाई प्रती परिवार तीन हजार रुपैयाँ मुल्य बराबरको राहत सामाग्री वितरण गरेका हुन् ।

कोरोना संक्रमणका कारण पीडीत बाँतर(सरदार) समुदायको प्रती परिवार राहत स्वरुप २५ केजी चामल, तीन केजी भुजा, एक क्यारेट अण्डा, एक लिटर खाने तेल, एक केजी दाल, आधा केजी च्यावनप्रास, एक प्याकेट माक्स, एक बोतल स्यानिटाइजर र एउटा साबुन सहितको राहत वितरण गरिएको नेपाल बाँतर सरदार कल्याणकारी केन्द्रीय समितिका सचिव सुभाषकुमार सरदारले जानकारी दिए ।

राहत नेपाल बाँतर सरदार कल्याणकारी केन्द्रीय समितिका अध्यक्ष मोहनलाल सरदार, सचिव सुभाषकुमार सरदार, जिल्ला अध्यक्ष गयानन्द सरदार, सचिव सुरेसकुमार सरदार, नेपाल बाँतर सरदार कल्याणकारी जिल्ला युवा समिति मोरङका अध्यक्ष अनिलकुमार सरदार, सचिव विनोद सरदार, सह–सचिव सुरतलाल सरदार, सदस्य धर्मेन्द्र सरदारलगायतले कोरोना संक्रमित परिवारको घर–घरमै पुगेर राहत वितरण गरेका हुन् ।

 

सम्बन्धित समाचार

डिएभी र न्यू मून क्वाटरफाइनलमा प्रवेश

विराटनगर । जहदा क्रिकेट क्लवको आयोजनामा विराटनगरको मेरिवोन क्रिकेट मैदानमा भएको अन्तर स्कुल क्रिकेट प्रतियोगितामा डिएभी र न्यू मून विजयी हुँदै क्वाटरफाइनलमा प्रवेश भएको छ । पहिलो खेलमा डिएभी स्कुलले ग्यालेक्सि स्कुललाई ७२ रनले पराजित...

आज १३८२ संक्रमित थपिए, १६२१ जना डिस्चार्ज

गत २४ घण्टामा नेपालमा १ हजार ३ सय ८२ जना कोरोना संक्रमित थपिएका छन् । ८ हजार ९ सय ४७ को पीसीआर गर्दा आज १ हजार ३ सय ८२ संक्रमित थपिएका हुन् । योसहित संक्रमितको कुल...

विराटनगर–५ का तीन जनामा कोरोना पुष्टि

विराटनगर, २१ साउन–विराटनगर–५ मा थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विराटनगर चाँदनी चोक क्षेत्रका तीन जनामा बुधबार कोरोना संक्रमण पुष्टि भएको वडाध्यक्ष मिनकुमार आचार्यले जानकारी दिए । गुद्री बजारमा तरकारी पसल सञ्चालन...

‘तमू ल्होसार’ बिदाको निर्णय भएको छैन, विज्ञप्ति नक्कली हो : गृह मन्त्रालय

काठमाडौं, पुस १४ गते । बिहीबार ‘तमू ल्होसार’को सार्वजनिक बिदासम्बन्धी भ्रामक सूचना अहिले सामाजिक सञ्जालमा धेरै सेयर भइरहेको छ । गृह मन्त्रालयको लेटर हेडमा नै मिति संशोधन गरेर कोही व्यक्तिले सामाजिक सञ्जालमा राखेपछि उक्त भ्रामक सूचना...

देश बाहिरबाट आएर जानकारी नगराई घर बसे कारबाही

कोरोना भाइरस संक्रमणको अवधिमा नेपाल बाहिरबाट आएर जानकारी नदिई घरमा बस्ने व्यक्तिहरूलाई जिल्ला प्रशासन कार्यालय सप्तरीले कारबाही गर्ने भएको छ । त्यस्ता व्यक्तिहरूलाई संक्रमक रोग ऐन २०२० को दफा ३ बमोजिम कानूनी कारबाही र दण्ड...

दुर्घटनामा घाइते मैनालीलाई सेनाको हेलिकप्टरबाट काठमाडौं लगियो

जनकपुर, फागुन १५–पूर्वउपप्रधानमन्त्री एवं नेकपा (माले) का महासचिव सीपी मैनालीसहित घाइते सबैलाई काठमाडौं लगिएको छ । नेपाली सेनाको हेलिकप्टरबाट उनीहरूलाई काठमाडौंको ग्रान्डी हस्पिटल लगिएको प्रहरीले जनाएको छ । मैनालीसहित घाइते उनका परिवारिका सदस्य र चालकलाई...

२९ वर्षीया कविताले पाइन् नयाँ जीवन, उच्च रक्तचाप भएकी गर्भवतीको मोरङ सहकारीमा निःशुल्क उपचार

विराटनगर । भोजपुरको रामप्रसादराई गाउँपालिका – ८ की २९ वर्षीया रक्तअल्पता भएकी गर्भवति महिला कविता राईको मोरङ सहकारी अस्पतालमा निःशुल्क उपचार भएको छ । आर्थिक अवस्था नाजुक भएकी राईको उपचार मोरङ सहकारीमा निःशुल्क भएको हो...

कुलमानविरुद्ध दायर मुद्दाको सुनुवाइ आज

काठमाडौं, ८ भदौ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्धको मुद्धाको सुनुवाइ आज हुँदै छ। प्राधिकरणका पूर्व निर्देशक हितेन्द्रदेव शाक्यले सर्वोच्च अदालतमा दायर गरेको रिटको सुनुवाइ आज हुन लागेको हो।भदौ २ गते सर्वोच्चका न्यायाधीश...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्