मन्त्रिपरिषद बिस्तारको तयारी, प्रधानमन्त्री ओली र महन्थ ठाकुरबीच जुट्यो सहमति

 न्यूज विराट
मन्त्रिपरिषद बिस्तारको तयारी, प्रधानमन्त्री ओली र महन्थ ठाकुरबीच जुट्यो सहमति

काठमाडौं, जेठ २१ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बिस्तारको तयारी अघि बढाउनु भएको छ । जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षलाई आफ्नो सरकारमा सहभागी गराई मन्त्रिपरिषद बिस्तारको गृहकार्यमा प्रधानमन्त्री ओली जुटनुभएको हो ।

प्रधानमन्त्री ओलीले बिहीवारको मन्त्रिपरिषद बैठकमै जसपालाई समभागी गराई मन्त्रिपरिषद बिस्तारको गृहकार्यमा आफू रहेको र नयाँ अनुहारलाई स्थान दिनुपर्ने अवस्था रहेको भन्दै मन्त्रीबाट हटनु परे चित्त नदुखाउन आग्रह गर्नुभएको छ । प्रधानमन्त्रीले मन्त्रिपरिषद बिस्तार हुँदा छुटेमा चित्त नदुखाई सघाउन सुझाव दिनुभएको छ, एक मन्त्रीले जनताटाइम्ससँग भने । अहिलेसम्मको सहयोग र उत्कृष्ट कामका लागि प्रधानमन्त्री ओलीले सवै मन्त्रीलाई धन्यवादसमेत दिनुभएको ती मन्त्रीले जनताटाइम्सलाई जानकारी दिए । जसपा सरकारमा सहभागी हुने भएपछि प्रधानमन्त्री ओलीले पार्टीका मुख्य नेताहरुसँग छलफल समेत गरिसक्नु भएको छ ।

जसपा ८ मन्त्रालयसहित सरकारमा सहभागी हुने सहमति यसअघि नै भइसकेको छ । सहमतिअनुसार जसपाबाट दुई राज्यमन्त्रीसहित १० जना सरकारमा सहभागी हुनेछन । जसपाले नाम दिएमा आजै साँझ नयाँ मन्त्रीहरुको सपथग्रहण हुने सम्भावना रहेको छ । संसदीय दलका नेता राजेन्द्र महतोको नेतृत्वमा जसपा सरकारमा सहभागी हुन लागेको छ । सरकारमा सहभागी हुने बिषयमा विहीवार प्रधानमन्त्री ओली र जसपा अध्यक्ष महन्थ ठाकुरबीच छलफल भएको छ ।

सम्बन्धित समाचार

कर्णालीमा कोरोना भाइरसका कारण १ जनाको मृत्यु

सुर्खेत, ९ असार-कर्णाली प्रदेश अस्पतालमा कोरोना संक्रमित एक जनाको मृत्यु भएको छ । दैलख दुल्लु नगरपालिका–३ का ३५ वर्षीय पुरुषको गएराति साढे ९ बजे मृत्यु भएको हो । असार ३ गते सामान्य उपचारका लागि आएका...

सीएनआई कोशी एक्स्पोमा चार सय स्टल रहने

विराटनगर । सीएनआई कोशी एक्स्पोको तयारी अन्तिम चरणमा पुगेको छ । विराटनगर – २ शंकरपुरमा माघ १९ देखि २८ गते सम्म संचालन हुने एक्स्पोको तयारी अन्तिम चरणमा पुगेको हो । आयोजक नेपाल उद्योग परिसंघ प्रदेश...

सोती घटनामा जनप्रतिनिधिकै संलग्नता 

काठमाडौं, १ असार-रुकुम चौरजहारीको सोती घटनामा स्थानीय जनप्रतिनिधिकै संलग्नता रहेको खुलेको छ । १० जेठमा रुकुम पश्चिमको चौरजहारी गनरपालिका–८ को भेरी नदीमा ६ जनाको ज्यान जाने गरी भएको हत्या प्रकरणमा स्थानीय जनप्रतिनिधिकै संलग्नता रहेको खुलेको...

एमाले नेताको हैसियतमा बादल फेरि गृहमन्त्री बन्दै, साँझ ५ बजे शपथ

नेकपा एमालेको नेताको हैसियतमा रामबहादुर थापा बादल पुनः गृहमन्त्रीमा नियुक्त हुने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले थापालाई एमालेको नेताको हैसियतमा पुनः गृहमन्त्रीमा नियुक्त गर्न लागेका हुन् । नेकपा माओवादी केन्द्रले थापालाई राष्ट्रियसभा सदस्यबाट...

नेकपा एस परित्याग गर्दै प्रदेश कमिटी सदस्य सहितका १४ जना एमालेमा प्रवेश

विराटनगर । पार्टी विभाजनका क्रममा नेकपा एकिकृत समाजवादी तर्फ लागेका मोरङका नेताहरु आज सामुहिक रुपमा नेकपा एमालेमा प्रवेश गरेका छन् । नेकपा एकिकृत समाजवादीका प्रदेश कमिटी सदस्य रविन नगरकोटी सहित चौध जना आज औपचारिक रुपमा...

आफूनिकट नेतासँग छलफलपछि शीतल निवासमा प्रधानमन्त्री

काठमाडौं, २९ कात्तिक-सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति  विद्या भण्डारीसँग भेट गर्न शीतल निवास पुगेका छन् । सत्तारुढ नेकपाभित्र चर्को विवाद भइरहेको बेला प्रधानमन्त्री ओली राष्ट्रपतिलाई भेट्न शीतल...

एकैदिन देखियो १० जनामा कोरोना संक्रमण, नेपालगञ्जमा मात्रै ९ जना

काठमाडौं, २१ वैशाख-नेपालमा आइतबार थप १० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार नेपालगञ्जमा ९ र पर्सामा १ गरी १० जनामा कोरोना पोजेटिभ देखिएको हो । मन्त्रालयका...

काठमाडाैं महानगरभित्र कोरोना भाइरसको परीक्षणमा तीव्रता

काठमाडौं महानगरपालिकाले भारत तथा तेस्रो मुलुकबाट आएर महानगरभित्र बसोबास गरिरहेका नागरिकहरुको कोरोना परीक्षणलाई तिव्रता दिएको छ । महानगरभित्र बसोबास गरिरहेका विदेशबाट आएका नेपाली नागरिक वा विदेशी नागरिकहरुको र्‍यापिड डाइग्नोष्टि (आरडिटी) विधिबाट परीक्षण थालिएको हो ।...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्