कोरोना संक्रमणबाट विराटनगरमा दुई जनाको मृत्यु

 न्यूज विराट
कोरोना संक्रमणबाट विराटनगरमा दुई जनाको मृत्यु

विराटनगर, १५ वैशाख । कोरोना भाइरसको संक्रमणका कारण विराटनगरमा दुई जनाको मृत्यु भएको छ । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचारका क्रममा मोरङ र झापा घर भएका संक्रमित पुरुषको बुधबार विहान मृत्यु भएको हो ।

मोरङको कटहरी गाउँपालिका–२ का ४५ वर्षीय संक्रमित पुरुषको उपचारका क्रममा बिहान ३ः४५ बजेतिर मृत्यु भएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए । मृतक पुरुषमा निमोनियाको पुरानै समस्या रहेको उनले बताए । प्रवन्धक दाहालका अनुसार कोरोना पुष्टि भएपछि उनलाई उपचारका लागि १२ वैशाखमा अस्पताल भर्ना गरिएको थियो ।

त्यस्तै झापाको झापा गाउँपालिका–१० का ५५ वर्षीय पुरुषको पनि उपचारका क्रममा मृत्यु भएको छ । कोरोना पुष्टि भएपछि उनलमाई १३ वैशाखमा अस्पताल भर्ना गरिएकोमा उपचारका क्रममा मृत्यु भएको हो ।

संक्रमित पुरुषको उपचारका क्रममा बिहान १ बजेतिर मृत्यु भएको प्रवन्धक दाहालले जानकारी दिए । उनका अनुसार मृतक दुवैको शव व्यवस्थापनका लागि पहल भइरहेको छ ।

सम्बन्धित समाचार

१ हजार १५४ जनामा कोरोना पुष्टि, संक्रमित ६५ हजार नाघे

काठमाडौं, ५ असोज-नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप १ हजार १ सय ५४ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड- १९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका...

सञ्चारकर्मी सञ्चार सहकारीको अध्यक्षमा दाहाल, लेखा संयोजकमा अविनाश निधी

विराटनगर । सञ्चारकर्मी सञ्चार सहकारी संस्था लिमिटेड मोरङको अध्यक्षमा पत्रकार दिपक दाहाल सर्वसम्मत चयन भएका छन् । विराटनगरमा बुधबार भएको सहकारीको ११ औँ साधारण सभाबाट दाहाल अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् । समितिको उपाध्यक्षमा महाप्रसाद...

लकडाउन खुकुलो भएसँगै इटलियन सिरी ए फुटबलको प्रशिक्षण सुरु हुने

एजेन्सी, बैशाख १५-कोरोना भाइरसको महामारीसँग ठप्प बनेको युरोपेली फुटबल पुनः सुरु हुने भएका छन् । कोरोना भाइरसका कारण गत फेब्रुअरीदेखि नै प्रभावित बनेको इटलियन सिरी ए का क्लबहरुले लकडाउन खुकुलो भएसँगै प्रशिक्षण सुरु गर्ने भएका...

सम्राट स्पोर्टिङलाई मोरङ ‘ए’ डिभिजन लिगको उपाधि

विराटनगर । विराटनगर– ३ मा रहेको सम्राट स्पोर्टिङ क्लबले मोरङ जिल्ला ‘ए’ डिभिजन लिगको उपाधि जितेको छ ।लेटाङको चार तारे क्लबलाई ट्राइब्रेकरमा ५–४ गोलअन्तरले पराजित गर्दै सम्राटले सोमबार उपाधिमाथि कब्जा गरेको हो । खेलको निर्धारित...

तेस्रो मिल्स टि– २० क्रिकेट : विराटनगरको वाइआरसीसी फाइनलमा

विराटनगर । तेस्रो संस्करणको मिल्स कप टि–२० क्रिकेट प्रतियोगितामा विराटनगरको वाइआरसिसी क्रिकेट क्लब फाइनलमा पुगेको छ ।विराटनगर जुटमिलको खेलमैदानमा शनिबार भएको पहिलो सेमिफाइनल खेलमा विराटनगरकै एनविएससी क्रिकेट क्लबलाई ११६ रनले हराउँदै वाइआरसिसि फाइनलमा पुगेको हो...

विश्वभर कोरोना भाइरसको संक्रमणबाट ३ लाख १३ हजारको मृत्यु

काठमाडौं, जेठ ४–विश्वभर कोरोना भाइरस(कोभिड–१९) को संक्रमणका कारण ३ लाख १३ हजार बढीले ज्यान गुमाएका छन् । आइतबार नेपाली समय अनुसार साँझ सवा ६ बजेसम्म ३ लाख १३ हजार ७ सय ६७ जनाको मृत्यु भएको...

बागलुङमा सकियो र्‍यापिड टेष्ट, १ हजार २९ जनाको परीक्षण

बागलुङ, ४ बैशाख-बलेवा –बागलुङमा पहिलो चरणमा सुरु भएको कोरोना भाइरसको द्रुत परीक्षण (र्‍यापिड टेष्ट) सकिएको छ । सरकारले तोकेको मापदण्ड अनुसार जिल्लामा विदेशबाट फर्किएका, कोरोना सङक्रमितको सम्पर्कमा आएका र उनीहरुको घरछेउका १ हजार २९ जनाको...

वडा प्रहरी कार्यालय विराटनगर सुविधा सम्पन्न भवनमा

विराटनगर । वडा प्रहरी कार्यालय विराटनगर ‘क’ आफ्नै तीनतले सुविधा सम्पन्न भवनमा सरेको छ । ४ करोड ४ लाख ६३ हजार ८४३ रुपैयाँ लागतमा निमार्ण भएको सुविधा सम्पन्न भवनमा सरेको हो । २०७७ असार ४...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्