तेस्रो मिल्स टि– २० क्रिकेट : विराटनगरको वाइआरसीसी फाइनलमा

 न्यूज विराट
तेस्रो मिल्स टि– २० क्रिकेट : विराटनगरको वाइआरसीसी फाइनलमा

विराटनगर । तेस्रो संस्करणको मिल्स कप टि–२० क्रिकेट प्रतियोगितामा विराटनगरको वाइआरसिसी क्रिकेट क्लब फाइनलमा पुगेको छ ।
विराटनगर जुटमिलको खेलमैदानमा शनिबार भएको पहिलो सेमिफाइनल खेलमा विराटनगरकै एनविएससी क्रिकेट क्लबलाई ११६ रनले हराउँदै वाइआरसिसि फाइनलमा पुगेको हो ।
जितसँगै वाइआरसीसीले आइतबार हुने दोस्रो सेमिफाइनल खेलमा भारत विहारको कटियार र विराटनगरको होराइजन क्रिकेट क्लबबीच हुने दोस्रो सेमिफाइनको बिजेता टिमसँग उपाधिको लागि खेल्नेछ ।

टस जितेर ब्याटिङ रोजेको वाइआरसिसीले १९.४ ओभरमा सबै विकेट गुमाई २५१ रन बनाएको हो ।

वाइआरसिसिको जितको लागि इमरन नाजिरले आक्रमक ब्याटिङ गर्दै सतक कटाए । ३८ बलमा उनले १४ छक्का र ३ चौका हिर्काउँदै १०४ रन बनाएका हुन् ।
वाइआरसिसिका देव खनालले अर्धसतक कटाए । २६ बलमा ६ छक्का, ६ चौका हिर्काउँदै ६१ रन बनाए । अभिषेक पल र सन्दिपले समान २३–२३ रन ल्याए ।
एनबीएससीका बलर अनुभवले कसिलो बलिङ गर्दै २.४ ओभरमा २२ रन खर्चेर ५ विकेट लिए । राहुल र राहुल किशोरले समान २–२ विकेट लिए ।

वाइआरसिसिले दिएको २५२ रनको लक्ष्य पछ्याएको एनबीएससीले १२. १ ओभरमा सबै विकेट गुमाई १३५ रन मात्रै बनाउन सक्यो । एनबीएससीका राहुल रिमालले २० बलमा अर्धसतक ५० रन बनाए । उनले ७ छक्का र १ चौका हिर्काए । राहुल चौधरीले २० बलमा ४७ रन बनाउँदा एनबीएससीका अन्य ब्याटरले दोहोरो अंक ल्याउन सकेनन् ।
वाइआरसीसीका अलराउन्डर खेलाडी अभिषेक पाठकले कसिलो बलिङ गर्दै ४ ओभरमा २४ रन खर्चेर ४ विकेट लिए । नारायण जोशीले ३ ओभरमा २७ रन खर्चेर ३ विकेट लिए । प्लेर अफ द म्याच सर्वाधिक रन ल्याउने वाइआरसीसीका इमरन नाजिर घोषित भए । उनले तीन हजार पाए ।

सम्बन्धित समाचार

अरनीको स्कुलाई बास्केटबलको उपाधि

विराटनगर । विद्यालय स्तरीय तेस्रो संस्करणको विराटनगर बास्केटबल प्रतियोगिताको उपाधि विराटनगरमा रहेको अरनीको स्कुलले जितेको छ ।विराटनगरमा शुक्रबार सम्पन्न भएको प्रतियोगितामा महिलातर्फ अरनीको स्कुलले उपाधि जितेको हो । विराटनगरमा रहेको पोखरीया स्कुललाई २–४ अङकले पराजित...

विराटनगर १० लाई महानगर स्तरीय आईटीएफ तेक्वान्दोको उपाधि

विराटनगर । दोस्रो विराटनगर महानगर स्तरीय आईटीएफ तेक्वान्दो प्रतियोगिताको उपाधि विराटनगर–१० ले जितेको छ ।कोशी प्रदेश आईटीएफ तेक्वान्दो संघको सहयोगमा विराटनगर आईटीएफ तेक्वान्दो एकेडेमीले आयोजना सम्पन्न भएको प्रतियोगितामा विराटनगर १० ले ११ स्वर्ण, ८ रजत...

बिहारको मधुबनीमा यात्रुबाहक रेलमा आगलागी

विराटनगर, ७ फागुन । भारतको बिहार राज्य स्थित मधुबनी जिल्लामा एक यात्रु बाहक रेलमा आगलागी भएको छ । मधुबनी रेलवे स्टेशनमा रहेको स्वतन्त्रता सेना एक्सप्रेस ट्रेनमा आगो लागको हो । रेलमा आगो लागेका कारण धुँवाको...

बुढानिलकण्ठ स्कूलले मनायो ४१ औं अभिभावक दिवस

विराटनगर । विराटगर–२ मा रहेको बुढानिलकण्ठ सेकेण्डरी स्कूलले ४१ औं बार्षिक उत्सव तथा अभिभावक दिवस मनाएको छ।स्कुलले आज स्कूल प्राङ्गमा विभिन्न कार्यक्रमको आयोजना गरी ४१ औं बार्षिक उत्सव तथा अभिभावक दिवस मनाएको हो । वार्षिक...

प्रदेश सरकार र कर्मचारीबीच विवाद बढ्यो

जनकपुर, फागुन २१–प्रदेश २ सरकारले उपभोक्ता समितिमार्फत गराएको कामलाई लिएर प्रदेश सरकार र कर्मचारीबीच विवाद उत्पन्न भएको छ । प्रदेश सरकार कुनै हालतमा उपभोक्ता समितिको भुक्तानी दिलाउने पक्षमा रहेको देखिएको छ भने कर्मचारीहरूले प्रक्रिया नमिल्ने...

सप्तरीबाट ६ दिनदेखि बेपत्ता बालक अझै भेटिएनन्

६ दिनदेखि हराइरहेका सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका- ११ सखुवाका एक बालक अझै भेटिएका छैनन् । रिसाएर घरबाट निस्किएका जयनारायण यादवका १३ वर्षीय छोरा रवि यादव ६ दिनदेखि बेपत्ता छन् । गोजीबाट पैसाल निकालेपछि जयनारायणले छोरा...

मन्दिर पुनः निमार्णको लागि विराटनगरमा महायज्ञ

विराटनगर । विराटनगर – १६ रानीको सलाइमिलभित्र एक हप्ताको महायज्ञ हुने भएको छ । श्री विराट भजन समूहको आयोजनामा फागुन ८ देखि १४ गतेसम्म महायज्ञ हुने भएको हो ।आयोजक समितिले विराटनगरमा शनिबार पत्रकार सम्मेलन गरि...

नेकपा स्थायी कमिटी बैठक शुक्रबारसम्म स्थगित

काठमाडौं, २४ असार-नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आज बिहान ११ बजे बस्ने भनिएको स्थायी समिति बैठक पनि स्थगित भएको छ । नेकपा विदेश विभाग उपप्रमुख विष्णु रिजालका अनुसार बैठक शुक्रबार बिहान ११ बजे बस्ने गरी...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्