परोपकार अभियान समूह विराटनगरद्वारा तीन जना सम्मानित

 न्यूज विराट
परोपकार अभियान समूह विराटनगरद्वारा तीन जना सम्मानित

विराटनगर, ७ चैत । परोपकार अभियान समूह विराटनगरले तीन जनालाई सम्मान गरेको छ । परोपकार अभियान समूहको १४ औं बार्षिक साधारणसभाका अवसरमा शनिबार विराटनगरमा तीन जनालाई सम्मान गरेको हो ।

सम्मानित हुनेहरूमा उपभोक्ताको हक हितमा लामोसमयदेखि काम गरिरहनु भएका अभियन्ता कृष्णप्रसाद भण्डारी मार्सेली, पूर्वाञ्चल बालसेवा आश्रमकी संञ्चालक सीता पोखरेल र मायाको घर आश्रम इटहरीकी राधीका दासी रहेका छन् ।

मार्सेली र पोखरेललाई परोपकार सम्मान र दासीलाई ११ हजार १ सय ११ रुपैयाँ नगद राशीको शंकर जानुका पोखरेल सम्मानबाट सम्मानित गरिएको थियो । सम्मानितहरूलाई पूर्व अर्थमन्त्री शंकरप्रसाद कोइरालाले दोसल्ला र सम्मानपत्र नगदराशीले सम्मानित गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि पूर्व अर्थमन्त्री शंकरप्रसाद कोइराला, पुरस्कृत व्यक्तित्वहरू सीता पोखरेल, राधिका दासी, डिभिजन वन कार्यालय मोरङका प्रमुख अनिरुद्र साहलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

सम्बन्धित समाचार

मन्त्री घिमिरेद्धारा योजना अनुगमनलाई निरन्तरता

विराटनगर, १० साउन–प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले योजना अनुगमनलाई निरन्तरता दिएका छन् । उनले पहिलो चरणमा आफ्नो निर्वाचन क्षेत्र मोरङ ४ (ख) अन्र्तगतका योजनाहरुको अनुगमन गर्दै आएका छन् । आर्थिक वर्ष २०७६/०७७...

औषधी व्यवसायी संघको ५० औंं स्थापना दिवस मनाउने, हप्ताभरी गर्ने यस्ता छन् कार्यक्रम

विराटनगर । नेपाल औषधी व्यवसायी संघको ५० औं स्थापना दिवस विविद्य कार्यक्रम आयोजना गरी एक हप्ताभरी मनाउने भएको छ । नेपाल औषधी व्यवसायी संघ मोरङ जिल्ला शाखाले विविद्य कार्यक्रम आयोजना गरी हप्ताभरी संघको स्थापना दिवस...

विद्यालय र स्वास्थ्यक्षेत्रको सुदृढीकरणका लागि विश्व बैंकको ५ अर्ब ८७ करोड सहयोग

विश्व बैंकले नेपालको विद्यालयक्षेत्र सुधार र स्वास्थ्यक्षेत्रको सुदृढीकरणका लागि ५ अर्ब ८७ करोड उपलब्ध गराउने भएको छ । अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनी र नेपालका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फेरिस हदाद जार्वोसबीच त्यससम्बन्धी दुई अलग...

एभरेष्ट स्कुलमा हाजिरिजवाफ प्रतियोगिता

विराटनगर । विराटनगर– ५ स्थित एभरेष्ट सेकेण्डरी स्कुलमा प्राथमिक तहस्तरीय हाजिरिजवाफ प्रतियोगिता सम्पन्न भएको छ । अन्तर‘हाउस प्रतियोगिताको पहिलो दिन कक्षा २ र ३ का हाउसहरुमा प्रतिष्पर्धा भएको थियो । जसमा मेचि हाउस प्रथम भएको...

ताप्लेजुङको हाप्पुखोला बृहत खानेपानी आयोजनको मन्त्री चौधरीले गरे उद्घाटन

विराटनगर, ९ फागुन । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकास्थित हाप्पुखोला बृहत खानेपानी आयोजनाको मन्त्री उमाकान्त चौधरीले उद्घाटन गरेका छन् । आयोजना निर्माणको काम सम्पन्न भएपछि बुधबार मन्त्रप्ी चौधरीले उद्घाटन गरेका हुन् । सो अबसरमा मन्त्री चौधरीले आयोजना...

प्रदेश १ मा आज २६ संक्रमित थपिए, संक्रमितको संख्या ६०४ पुग्यो

विराटनगर, १७ असार–प्रदेश १ मा आज २६ जना कोरोना संक्रमित थपिएका छन् । १४ जना महिला र १२ जना पुरुषमा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार झापामा २०, मोरङ र...

जर्मनीमा २ जनाभन्दा बढी भेला हुन नपाउने, चान्सलर मर्केल क्वारेन्टाइनमा

कोरोना भाइरस (कोभिड–१९) को जोखिम बढेसँगै घर र कार्यालयबाहेक अन्यत्र दुई जनाभन्दा बढी भेला हुन प्रतिबन्ध लगाइएको छ । जर्मन चान्सलर एन्जेला मर्केलको सम्पर्कमा आएका एक चिकित्सकलाई कोरोनाभाइरस संक्रमण भएको पाइएपछि उनी पनि क्वारेन्टाइन अर्थात्...

क्वारेन्टाइनको निमयबीच फ्रान्सका राष्ट्रपति बेलायत आउने

एजेन्सी, जेठ ३१-युरोपमा कोरोना भाइरसको महामारी सुरु भएपछि पहिलो पटक फ्रान्सका राष्ट्रपति इमानुएन म्याक्रों विदेश भ्रमणमा जाने भएका छन् । उनले १८ जुलमा बेलायत भ्रमण गर्न लागेको फ्रान्सेली अधिकारीहरुले जनाएका छन् । बेलायतमा रहँदा उनले...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्