क्वारेन्टाइनको निमयबीच फ्रान्सका राष्ट्रपति बेलायत आउने - News Birat

क्वारेन्टाइनको निमयबीच फ्रान्सका राष्ट्रपति बेलायत आउने

न्यूज विराट

एजेन्सी, जेठ ३१-युरोपमा कोरोना भाइरसको महामारी सुरु भएपछि पहिलो पटक फ्रान्सका राष्ट्रपति इमानुएन म्याक्रों विदेश भ्रमणमा जाने भएका छन् । उनले १८ जुलमा बेलायत भ्रमण गर्न लागेको फ्रान्सेली अधिकारीहरुले जनाएका छन् ।

बेलायतमा रहँदा उनले प्रिन्स चार्ल्ससँग समेत कुराकानी गर्नेछन् । कोरोना महामारी रोक्नका लागि बेलायतमा लागू नियमअनुसार विदेशबाट आउनेले १४ दिन अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने हुन्छ । तर ‘कामको सिलसिलामा विदेशी देशको प्रतिनिधि’ भएका कारण उनले यसमा छुट पाउनेछन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles