एभरेष्ट स्कुलमा हाजिरिजवाफ प्रतियोगिता

 न्यूज विराट
एभरेष्ट स्कुलमा हाजिरिजवाफ प्रतियोगिता

विराटनगर । विराटनगर– ५ स्थित एभरेष्ट सेकेण्डरी स्कुलमा प्राथमिक तहस्तरीय हाजिरिजवाफ प्रतियोगिता सम्पन्न भएको छ । अन्तर‘हाउस प्रतियोगिताको पहिलो दिन कक्षा २ र ३ का हाउसहरुमा प्रतिष्पर्धा भएको थियो ।

जसमा मेचि हाउस प्रथम भएको अतिरिक्त कृयाकलाप इन्चार्ज सुधा डंगोलले बताइन् । यस्तै कक्षा ४ र ५ बिच भएको स्पर्धामा भने गण्डकी हाउस प्रथम भएको छ । मेचि दोस्रो र कोशी हाउस तेस्रो भएका छन् । राष्ट्रिय, अन्तर्राष्ट्रिय, विज्ञान, गणितलगायका विभिन्न ६ वटा विधामा प्रश्न राख्दै ६ राउण्डमा प्रतियोगिता गराइएको इन्चार्ज डंगोलले बताइन् । विद्यार्थीहरुको चौतर्फी विकासका निम्ति विभिन्न कृयाकलापलाई प्राथमिकताका साथ गराउँदै आएको एभरेष्ट स्कुलले शैक्षिक ज्ञानसँगै खेलकुदलाई समेत प्राथमिकता दिँदै आएको छ ।
एभरेष्टका विद्यार्थी समाजका अनेक आयाममा अब्बल भएर निष्कनुपर्न भन्ने आफुहरुको मान्यता रहेको भन्दै प्राचार्य टिकाराम पुरीले विश्वसँग प्रतिष्पर्धी बनाउन नियमित रुपमा विभिन्न किसिमका कार्यक्रमहरु नियमित सञ्चालन हुने गरेको बताए । भौतिक पूर्वाधार सम्पन्न भएको एभरेष्ट स्कुलले शिक्षालाई प्रविधि, सिप र संस्कृतिलाई पनि सँगै जोडेर अध्यापन गराउँदै आएको छ ।

सम्बन्धित समाचार

मन्त्रिपरिषद्ले गर्‍यो करछुटसहितका यी १३ निर्णय

काठमाडौं, १८ वैशाख-गत १४ वैशाखमा बसेको मन्त्रिपरिषद् बैठकले अर्थ, श्रम, रोजगार, सामान्य प्रशासन र स्वास्थ्य क्षेत्रमा विभिन्न निर्णयहरू गरेको छ ।आज सार्वजनिक गरिएको निर्णयमा सार्वजनिक खरिद (दशौँ संशोधन) नियमावली, २०७७ स्वीकृत गर्ने निर्णय गरेको छ...

बिहीबार साँझ घरघरमा दीप प्रज्वलन गर्न सरकारको आह्वान

काठमाडौं, २३ वैशाख-सरकारले बिहीबार साँझ ७ बजे दीप प्रज्वलन गर्न आह्वान गरेको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिको बैठकले कोरोना रोकथाम र उपचारमा खटिएका स्वास्थ्यकर्मीको सम्मानमा दीप...

कोभिड–१९ परीक्षण सामग्री लिन ग्वान्जाओ उड्यो नेपाल एयरलाइन्सको विमान

कोरोना भाइरस (कोभिड–१९) परीक्षण गर्ने सामग्री लिन नेपालबाट चीनतर्फ नेपाल एयरलाइन्सको विमान उडेको छ ।स्वास्थ्य मन्त्रालयको अर्डरअनुसारका सामग्री ल्याउन नेपाल एयरलाईन्सको जहाज आर ४१७१ कल साइनको जहाज शनिबार दिउँसो उडेको पर्यटनमन्त्री योगेश भट्टराईले बताए ।...

नेकपाका गाउँपालिका अध्यक्षको अपहरण

डडेल्धुरा, माघ १७–नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का आलिताल गाउँपालिका कमिटी अध्यक्ष ज्ञानेन्द्र जोशीलाई अज्ञात समूहले अपहरण गरी निर्घात कुटपिट गरेको छ । उनलाई अज्ञात समूहले आज अपहरण गरी कुटपिट गरेको हो । आलिताल गाउँपालिका –३ को...

युवा व्यवसायी सुमन प्रसाईँले जन्मदिन मानवसेवा आश्रममा मनाए

विराटनगर । पछिल्लो समय जन्मदिन मनाउने शैली फरक भएको छ । हजारौँ खर्च खर्चिएर रेस्टुरेन्ट होटेलमा पार्टी दिने प्रचलन रहेको छ । तर, विराटनगरका युवा व्यवसायी सुमन प्रसाईँले फजुल खर्च नगरी आफ्नो जन्मदिन विराटनगरस्थित मानव...

विराटनगरमा तथ्यांकमा आधारित र प्रविधिमैत्री विकासमा जोड

विराटनगर । तथ्यांकमा आधारित विकासले मात्रै विराटनगरको समग्र विकास हुने सम्बन्धित क्षेत्रका विज्ञहरूले बताएका छन् । तथ्यांकमा आधारित विकासका लागि विषयविज्ञले तयार पारेको प्रतिवेदन प्रस्तुतीकरणमा विकासविज्ञ डा. सुमनलाल कर्णले तथ्यांकसहित प्रविधिसँग जोडेर विकास गरे लागत...

कुवेतबाट आज ३ सय नेपाली स्वदेश फर्कंदै

काठमाडौं, २९ जेठ-आज कुवेतमा अलपत्र परेका नेपाली स्वदेश फर्कंने भएका छन् । त्यहाँबाट २ वटा उडानमार्फत् ३ सय नेपाली नागरिक स्वदेश फर्कंन लागेका हुन् । बुधबार नै उनीहरू आउने भनिए पनि कुवेतको र नेपालको समयतालिका...

मैथिली लोक संस्कृतीको संरक्षणमा महत्वपूर्ण योगदान गरेका पूर्वसांसद नेपाली सम्मानित

विराटनगर, २५ पुस । राष्ट्रियसभाका पूर्वसांसद तथा दलित आन्दोलनका शिर्ष नेता खेम नेपाली सम्मानित हुनुभएको छ । मैथिली लोक, कला तथा भाषा संस्कृती संरक्षणमा महत्वपूर्ण योगदान गरेको भन्दै पूर्व सांसद नेपालीलाई अप्पन विराटगढ परोपकार समाजले...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्