विराटनगरमा तीन वटा आकाशे पुल बन्ने, मेयर पराजुलीले गरे शिलान्यास

 न्यूज विराट
विराटनगरमा तीन वटा आकाशे पुल बन्ने, मेयर पराजुलीले गरे शिलान्यास

विराटनगर, २ चैत । विराटनगर महानगरपालिका क्षेत्रमा यातायात साधनको वढ्दो चापलाई ध्यानमा राखि नागरिकलाई सडक आरपार गर्न सहजताका लागि आज विराटनगरमा तीन वटा आकाशे पुलको संयुक्त रुपमा शिलन्यास गरिएको छ । महानगरका प्रमुख भीम पराजुलीले वडा नं ४ बरगाछीस्थिति पुलको शिलन्यास गरे ।

विराटनगरको बरगाछी, कञ्चनवारी र भट्टीभोडको घाँस चौकमा निर्माण गरिने पुल चालु आर्थिक वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको नगरका इन्जिनियर अर्जुन थापाले जानकारी दिए । उक्त्त तीन पुल रु दुई करोड ४७ लाखको लागतमा स्टिल स्टक्चरको आधारमा २५ मिटर लम्वाई, पाँच दशमलव पाँच मिटर उचाईको हुने छ ।

एक ठाउँबाट अर्को ठाउँमा सार्ने पुल बरगाछीमा दुई स्टेयर, घाँस चोक र कञ्चनबारीमा चार स्टेयरको हुने छ । कला विल्डरले बरगाछी र घाँस चोकको र आर के विल्डसले कञ्चनबारीको निर्माणको ठेक्का पाएको इन्जिनियर थापाले बताए ।

महानगरका प्रमुख पराजुलीले नागरिकको सहजता नगरको प्रमुख दायित्व हो भन्दै महानगरमा उपलव्ध हुनु पर्ने सेवा सुविधा क्रमशः प्रदान गराउने प्रतिवद्धता व्यक्त गरे । उनले नगरको यातायात, स्वास्थ्य , शिक्षा र खेलकूदको महानगरले कार्य गरेको चर्चा गर्दै आगामी दिन नगरको शोभा झल्किने नगर स्वागतद्वार निर्माण गर्ने बताए । वडा नं ४ का अध्यक्ष देवेन्द्रराज पोखरेलले पुल निर्माणबाट नागरिकहरुले सडक दुर्घटनामा अकालै ज्यान गुमाउने कार्यमा न्यूनिकरण हुने विश्वास व्यक्त गरे ।

सम्बन्धित समाचार

एमाले सत्ता स्वार्थमा कुदैन : अध्यक्ष ओली

विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता स्वार्थका लागि नेकपा एमाले कुद्ने पक्षमा तयार नभएको बताएका छन् । विराटनगर विमानस्थलमा आज संचारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष शर्माले यस्तो बताएका हुन् । काँग्रेसमा सत्ता भन्दा...

चार देशीय क्रिकेट श्रृंखला : अन्तिम खेलमा नेपाल आयरल्याण्डसँग पराजित

ओमानमा सम्पन्न चार देशीय टी–२० क्रिकेट श्रृंखलाको अन्तिम खेलमा नेपाल आयरल्याण्डसँग पराजित भएको छ । १२८ रनको लक्ष्य पाएको नेपालले निर्धाति २० ओभरमा ९ विकेट गुमाए १११ रनमात्र बनाउन सक्यो । पावर प्लेमै दुई विकेट गुमाउँदा...

माइतीघरमा रुकुम घटना र एमसीसीविरुद्ध विरोध प्रदर्शन

काठमाडौं, जेठ २६-नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ)ले पश्चिम रूकुमको चौरजहारी घटनाको छानबिनका लागि संसदीय समिति गठनमा ढिलाई भएको भन्दै विरोध प्रदर्शन गरेको छ । सांसदको दबाबका कारण सभामुखले संसदीय समिति गठन गर्ने बताए...

प्रदेश १ बालविवाहमुक्त हुने

विराटनगर, २९ भदौ–प्रदेश १ लाई आगामी ५ बर्षभित्रमा बालविवाहमुक्त प्रदेश बनाईने भएको छ । सन् २०२५ भित्रमा बालविवाह मुक्त प्रदेश निर्माणका लागि सरकारले तयारी शुरु गरिसकेको प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले बताएका हुन् ।...

साना किसान कृषि सहकारी अमरदहको सातौँ साधारणसभा सम्पन्न

विराटनगर, २३ पुस । मोरङको सुनवर्षी नगरपालिका–२ स्थित साना किसान कृषि सहकारी संस्था लिमिटेड अमरदहको वार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिबार सुनवर्षी नगरपालिकाका मेयर श्याम प्रसाद राजवंशीको प्रमुख आतिथ्यतामा सहकारीको सातौँ वार्षिक साधारणसभा सम्पन्न...

केही शक्तिले नेपाल-भारत सम्बन्ध बिगार्न खोजे:राजनाथ सिंह

काठमाडौं, २९ मंसिर । चीनप्रति लक्षित गर्दै भारतीय रक्षामन्त्री राजनाथ सिंहले केही शक्तिले नेपाल र भारतबीचको सम्बन्ध बिगार्न चाहेको टिप्पणी गरेका छन् । भारतको उत्तराखण्डको राजधानी देहरादुनमा आयोजित सैनिक सम्मान कार्यक्रममा बोल्दै उनले भने, ‘केही...

विराटनगरमा एसईई परीक्षा दिएका विद्यार्थीलाई अभिमुखीकरण

विराटनगर । एसईई परीक्षा दिएका विद्यार्थीहरूका लागि अक्सफोर्ड कन्सलटेन्सी र इडुमार्क कन्सलटेन्सीले शुक्रबार एक विशेष अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ। उच्च शिक्षामा अध्ययन गर्न विद्यार्थीहरूलाई सहजीकरण गर्ने उद्देश्यले शुक्रबार विराटनगरमा यो कार्यक्रम आयोजना गरिएको हो।कार्यक्रममा...

विद्यालयमा पसेर तीन शिक्षकको हत्या

एजेन्सी, पुस २९–पूर्वी केन्याको एक ग्रामीण क्षेत्रमा रहेको एक विद्यालयमा आतंकवादीहरूले तीन जना शिक्षकको हत्या गरेका छन् । केन्यामा केही वर्षदेखि हत्या आतंक जारी राखेको समूह अल सबाबले सो विद्यालयमा प्रवेश गरी तीन जना शिक्षकको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्