पोखराका व्यवसायीले लकडाउन अवज्ञा गर्ने  

 न्यूज विराट
पोखराका व्यवसायीले लकडाउन अवज्ञा गर्ने  

पोखरा, २१ जेठ-पोखरा उद्योग वाणिज्य संघले लकडाउनको खुकुलो नबनाए अवज्ञा गर्ने बताएको छ । संघले लकडाउन खुकुलो बनाउन माग गर्दै आफूहरूलाई अवज्ञामा उत्रन बाध्य नपार्न सरकारलाई आग्रह गरेको छ ।

संघले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष दामु अधिकारीले कोरोना संक्रमण कहिलेसम्म जारी रहन्छ भन्ने निश्चित नभएको बेला लकडाउन कायम राख्नु जायज नभएको तर्क गरे । उनले कोरोनाभन्दा अन्य रोगबाट मृत्यु हुनेको संख्या बढी रहेको तथ्य पेश गर्दै लकडाउन जारी रहे भोकले मर्ने अवस्था आउनसक्ने बताए ।

‘हामी समय तालिका अनुसार व्यवसाय खोल्नुपर्ने पक्षमा छौँ । समय तालिका मिलाइदिए हामी त्यही अनुसार अघि बढ्छौं । सुरक्षाका सबै प्रबन्ध मिलाउन हामी तयार छौं’, उनले भने, ‘हामी उपभोक्तालाई सचेतता अपनाउँदै उपभोग्य वस्तु खरिद गर्न आह्वान पनि गर्दछौं । हामीलाई लकडाउनको अवज्ञा गर्न बाध्य नपारियोस् ।सरकारबाटै र उचित प्रबन्ध होस् ।’

सम्बन्धित समाचार

बलिउड अभिनेता सुशान्त राजपुतले गरे आत्महत्या

काठमाडौं, ३२ जेठ-बलिउड अभिनेता सुशान्त राजपुतले आत्महत्या गरेका छन । मुम्बईस्थित आफ्नै घरमा उनी झुन्डिएको अवस्थामा फेला परेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । जाजपुत पछिल्लो समय भारतीय सिने जगत् बलिउडका चर्चित अभिनेता हुन् । उनी भारतीय क्रिकेटर...

कोरोना महामारीले कबुल गरिएका कतिपय काम सम्पन्न भएन:प्रधानमन्त्री ओली

काठमाडौं, ३ असोज-प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारीका कारण विकास निर्माणका कामले सोचे जस्तो गति नलिएको बताएका छन् । संविधान दिवस (राष्ट्रिय दिवस)को अवसरमा शनिबार टुँडिखेलबाट देशबासीको नाममा विशेष सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कोरोना महामारीले...

तेस्रो मिल्स टि– २० क्रिकेट : उपाधिको लागि आज होराइजन र वाइआरसीसी

विराटनगर । तेस्रो संस्करणको मिल्स कप टि – २० क्रिकेट प्रतियोगितामा विराटनगरको होराइजन र वाइआरसिसी क्रिकेट क्लब फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा आइतबार भएको अन्तिम सेमिफाइनल खेलमा भारत विहारको कटिहार क्रिकेट क्लबलाई ४...

फोटो पत्रकारलाई प्रेस ज्याकेट सहयोग 

काठमाडौं, १० जेठ-विपद्को समयमा अग्रपङ्क्तिमा रहेर समाचार सङ्कलनमा खट्ने फोटोपत्रकारलाई एकपछि अर्को गर्दै सहयोग प्राप्त हुने क्रम बढेको छ । न्यू मुनलाइट सर्टिङ सुटिङका सञ्चालक जाकिर हुसेनले आज राष्ट्रिय फोटो पत्रकारसमूह (एनएफपिजे) नेपाललाई कूल १००...

सरकारले भारतबाट नेपाल आउने आधिकारिक नाका तोक्यो

काठमाडौं, १६ जेठ-सरकारले भारतबाट नेपाल फर्काउन १८ भन्दा बढी नाका तोकेको छ । शुक्रबार बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले भारतमा रहेका नेपाली नागरिकलाई ल्याउन देशका विभिन्न नाकाहरूलाई आधिकारिक रूपमा तोकेको हो ।...

काठमाडौं आइपुग्यो जापानले दिएको खोप

जापानले उपलब्ध गराएको कोरोना भाइरसविरुद्धको एस्ट्राजेनेका खोप काठमाडौं आइपुगेको छ । कोभ्याक्स सुविधामार्फत जापानले उपलब्ध गराउने १६ लाख डोजमध्ये ५ लाख १३ हजार ४२० डोज खोप नेपाल आइपुगेको हो । आइतबार थप खोप नेपाल आउने...

भारतमा फेरि बढे कोभिड बिरामी, दैनिक १० हजार संक्रमित थपिँदै

एजेन्सी । भारतमा देशव्यापी कोभिड संक्रमण बढेको जनाएको छ । २६ डिसेम्बरदेखि देशभर कोभिड संक्रमित बढेको भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयलले जनाएको छ । ‘समग्रमा २२ राज्यमा संक्रमण फैलिएको छ,’ स्वास्थ्य मन्त्रालयका प्रवक्ता लुभ अग्रवालले भने...

विराटनगरमा २९ जना सहित प्रदेश १ मा आज ८३ संक्रमित थपिए

विराटनगर, १ भदौ|प्रदेश १ सोमबार ८३ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ४४, सुनसरीमा ३१, झापामा ७ र प्रदेश १ बाहिरका १ जनामा कोरोना पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्