प्रदेश १ः मुख्यमन्त्री पक्षकाे अवराेधले प्रदेशसभा स्थगित

 न्यूज विराट
प्रदेश १ः मुख्यमन्त्री पक्षकाे अवराेधले प्रदेशसभा स्थगित

विराटनगर, २५ माघ । मुख्यमन्त्री शेरधन राई पक्षकाे अवराेधका कारण प्रदेश १ काे प्रदेशसभा बैठक दुई मिनेट बसेर स्थगित भएकाे छ । सत्तापक्षले नै नियमापत्ती जनाएर बैठक चल्न नदिएपछि सभामुख प्रदीपकुमार भण्डारीले ९ फागुनसम्मका लागि बैठक स्थगित गरेका हुन् । सभामुख भण्डारीले बैठक सुरु भएकाे जानकारी गराएलगत्तै सत्तारूढ नेकपा ओलीसमूहका सांसदहरूले अवराेध गरेका थिए ।

विभाजित नेकपाको ओली र प्रचण्ड-नेपाल समूहको विवादका कारण प्रदेशसभा बैठक अन्योलमा परेपछि राज्य व्यवस्था परामर्श समितिले विवाद टुंग्याउने प्रयास गरेकाे थियाे ।

तर, सरकारको तर्फबाट आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले मुख्यमन्त्री राईविरुद्धकाे अविश्वास प्रस्ताव टेबल हुन नसक्ने र संसदीय दलको नेताको हैसियतमा मुख्यमन्त्री राईले निलम्बन गरेका १६ जना सांसद प्रदेशसभामा सहभागी हुन नपाउने अडान राखेपछि सहमति जुट्न सकेन । प्रस्ताव पेस गरेकाे प्रचण्ड-नेपाल समूहले प्रदेशसभामा अविश्वास प्रस्ताव टेबल गरी छलफल सुरु गर्नुपर्ने अडान राखेकाे थियाे ।

सम्बन्धित समाचार

लक डाउन उल्लंघन गर्ने २ सय ३४ सवारी मोरङ प्रहरीको नियन्त्रणमा

लकडाउन उल्लंघन गर्ने २ सय ३४ वटा सवारीसाधनलाई मोरङमा नियन्त्रणमा लिइएको छ । उल्लंघन गर्ने २ जनासमेत नियन्त्रणमा परेका छन। मोरङ प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक मानबहादुर राईका अनुसार १ सय ८२ वटा मोटरसाइकल, १६...

मध्यपुर अस्पतालका ३० स्वास्थ्यकर्मी क्वारेन्टाइनमा  

काठमाडौं, २४ जेठ-गर्भवती महिलामा कोरोना भाइरस पोजिटिभ देखिएपछि भक्तपुरको मध्यपुर अस्पताल प्रालिका ३०  कर्मचारी क्वारेन्टाइनमा बस्न सुरू गरेका छन् । गत मंगलबार अस्पताल भर्ना भएकी दोलखा घर भएकी भक्तपुर कमलबिनायकमा बस्ने ति गर्भवतीमा आज गरिएको...

‘नेपाल रत्न’ पाउनेलाई मन्त्रीसरह सुविधा

काठमाडौं, फागुन २२–सरकारले सर्वोच्च विभूषण पाउनेलाई बहालवाला मन्त्रीसरह सुविधा र मर्यादाक्रम दिने भएको छ। नेपाली नागरिकलाई दिइने उक्त सर्वोच्च पदकलाई ‘नेपाल रत्न’ नाम दिइएको छ। नेपाल कानुन आयोगले तयार पार्दै गरेको विभूषणसम्बन्धी मस्यौदा विधेयकमा उक्त...

बालिकालाई काँस घारिमा बोलाएर बलात्कार

विराटनगर, ५ भदौ–मोरङको रतुवामाई नगरपालिकामा बालिकालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । रतुवामाई नगरपालिकाकी एक १४ वर्षिय बालिकालाई ललाई फकाई रतुवामाई–७ स्थित रतुवा खोल नजिकैको काँस घारिमा बोलाएर बलात्कार गरेको आरोपमा स्थानीय...

अखिल नेपाल महिला संघ विराटनगरको अध्यक्षमा रीमा रिजाल

विराटनगर । अखिल नेपाल महिला संघ विराटनगर महानगर कमिटिको अध्यक्षमा रीमा रिजाल चयन भएकी छिन् । विराटनगरमा शनिबार भएको संघको ९ औं अधिवेशनबाट रिजाल सर्वसम्मत रुपमा अध्यक्षमा चयन भएकी हुन् । समितिको उपाध्यक्षमा सरस्वती कोइराला,...

लागुऔषधसहित २ जना भारतीय नागरिक पक्राउ

विराटनगर, ७ असार-सुनसरीको कोशी गाउँपालिका–७ हरिपुरस्थित भित्रीसडक खण्डबाट दुई भारतीय नागरिक लागुऔषधसहित पक्राउ परेका छन ।  पक्राउ पर्नेमा भारत सुपौल ग्राम पञ्चायत–१ का २० वर्षीय लक्ष्मण कुमार पासवान र सोही स्थानका १९ वर्षीय अर्जुनकुमार पासवान...

लागुऔषधसहित ८ जना पक्राउ

काठमाडौं, २० पुस । प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोको टोलीले ठूलो मात्रामा लागुऔषधसहित ८ जनालाई पक्राउ गरेको छ । प्रहरीले पक्राउ परेका व्यक्तिका साथबाट करिब पाँच हजार लागुऔषध एम्पुलका क्याप्सुल बरामद गरेको छ । उनीहरूलाई काठमाडौंका विभिन्न ठाउँबाट...

पछिल्लो २४ घण्टामा प्रदेश १ मा ५६ संक्रमित थपिए, ७४० जना डिस्चार्ज

विराटनगर, २ मंसिर–प्रदेश १ मा मंगलबार ५६ संक्रमित थपिएका छन् । मोरङमा ३१ झापामा १७, सुनसरीमा चार, इलाममा एक र प्रदेश १ बाहिरका तीन जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मोरङको विराटनगरमा सात महिला...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्