मिस एण्ड मिस्टर रौनियार प्रतियोगिता हुने, प्रदेश १ को अडिसन विराटनगरमा

 न्यूज विराट
मिस एण्ड मिस्टर रौनियार प्रतियोगिता हुने, प्रदेश १ को अडिसन विराटनगरमा

विराटनगर, २० माघ । मुलुकभरीका छरिएर रहेका तराईबासी समुदाय रौनियार युवायुवतीका मनोबल वढाउन मिस एण्ड मिस्टर रौनियार–२०७७ हुने भएको भएको छ। एमी इन्टरटेन्टमेन्ट प्रालि काठमाडौद्वारा मंगलबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा प्रदेश नं १ को अडिसन यही माघ २४ गते विराटनगरमा गर्ने जानकारी दिइयो ।

इन्टरटेन्टमेन्टका कार्यक्रम संयोजक भरत रौनियरले विराटनगर, इटहरी, धरान, झापा क्षेत्रका रौनियार समुदायका १६ वर्षदेखि ३० वर्षका अबिवाहित युवायुवतीहरुको अडिसनमा सहभागिता रहने बताए । आगामी फागुन महिनाको दोश्रो हप्तामा काठमाडौमा गरिने दोश्रो मिस एण्ड मिस्टरको अन्तिम चरणको प्रतियोगिताका लागि अघि नै प्रदेश नं २ र वागमतीको लागि छनौट कार्य सम्पन्न भैसकेको पत्रकार सम्मेलनमा जनाइएको छ ।

प्रतियोगितामा उपाधि विजेता तथा उपबिजेताहरुलाई आकर्षक पुरस्कार सहित म्युजिक भिडियोमा कला प्रस्तुत गर्ने अवसर प्रदान गर्ने व्यवस्था मिलाइएको संयोजक रौनियारले जानकारी दिए । रौनियार समाज विराटनगरका अध्यक्ष रामनरेश साहले रौनियार युवायुवतीको भित्र लुकेर रहेको प्रतिभा प्रस्फुुटन गराउन प्रतियोगिताले सहयोग पु¥याउने बताए । प्रतियोगिता सम्पन्न गर्नका लागि करीव रु ४० देखि ५० लाख खर्च लाग्ने आयोजकले जनाएको छ ।

सम्बन्धित समाचार

सुस्मिताको परिवारबाटै हत्या भएको प्रहरीको निष्कर्ष

हेटौंडा, १४ असार-हेटौंडाकी २२ वर्षीया सुस्मिता केसी (थापा) को हत्या परिवारकै सदस्यबाट भएको जिल्ला प्रहरी कार्यालयले पुष्टि गरेको छ । १३ दिन लामो अनुसन्धानपछि मकवानपुर प्रहरीले परिवारबाटै उनको हत्या भएको निष्कर्ष निकालेको हो । यद्यपी...

गैरसरकारी संस्थाको आर्थिक कारोबार पारदर्शी हुनुपर्छ : पूर्वमन्त्री साह

काठमाडौं, २२ साउन-नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद एवम् पूर्वमन्त्री प्रभु साहले गैरसरकारी संस्थाले लुट मच्चाएको आरोप लगाएका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य एवम् प्रदेश २ का अध्यक्षसमेत रहेका पूर्वमन्त्री साहले गैरसरकारी संस्थाको...

‘दुईतले फलामको खाटैमा’ गीत सार्बजनिक

काठमाडौँ, २५ कात्तिक–सुरज बिश्वकर्माको रचना एवं संगीतमा परदेशीको पीडा र वेदना समेटिएको गीत ‘दुईतले फलामको खाटैमा’ बोलको गीत सार्वजनिक भएको छ । परदेशमा श्रम गर्दा मातृभूमीको सम्झनाले सताउने र घर फिर्न मनलागेको वेला नपाईने जस्ता...

कार्यदलमा भएको सहमति अनुमोदन गर्न एमालेको स्थायी कमिटी बैठक आज बस्दै

काठमाडौं, २८ असार ।  पार्टी एकताको लागि कार्यदलले गरेको सहमति अनुमोदन गर्न नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ । हिजोको लागि डाकिएको बैठक कार्यदलमा सहमति जुट्न ढिलो भएपछि आजका लागि सारिएको हो । बैठक...

कर्णालीमा कोरोना भाइरसका कारण १ जनाको मृत्यु

सुर्खेत, ९ असार-कर्णाली प्रदेश अस्पतालमा कोरोना संक्रमित एक जनाको मृत्यु भएको छ । दैलख दुल्लु नगरपालिका–३ का ३५ वर्षीय पुरुषको गएराति साढे ९ बजे मृत्यु भएको हो । असार ३ गते सामान्य उपचारका लागि आएका...

‘मिनरल वाटर’ मा लेदो भेटिएपछि पानी उद्योग सिल

हेटौंडा, २२ जेठ-‘मिनरल वाटर’ मा लेदो भेटिएपछि हेटौंडास्थित ‘अमृत जल’ नामक पानी उद्योगमा सिल गरिएको छ । हेटौडा–९ मा रहेको नेचुरल वेभरेज पानी प्रशोधन उद्योगमा सिल गरिएको हो । खाद्य  प्रविधि तथा गुण नियन्त्रण कार्यालय...

सवारीका लागि टाइम कार्ड : कुन सवारी कति बेला ?

काठमाडाैं, २८ वैशाख-आइतबारदेखि काठमाडौं उपत्यकामा सवारी साधनका लागि ‘टाइम कार्ड’ लागू गरिएको छ । सरकारले अत्यावश्यक कामका लागि सवारी चल्न दिने निर्णय गरेसँगै आइतबारबाट सवारी साधनमा ‘टाइम कार्ड’ लागू गरिएको हो । सरकारी तथा वित्तीय...

प्रदेश १ मा ५५७ संक्रमित थपिए, ४७६ डिस्चार्ज

विराटनगर, ९ कात्तिक–पछिल्लापे २४ घण्टामा प्रदेश १ मा कोरोना भाइरसको संक्रमणबाट ९ जनाको मृत्यु भएको छ । कोरोना भाइरसको संक्रमणबाट मोरङका ४ पुरुष, सुनसरीका २ महिला १ पुरुष, झापा र इलामका १÷१ पुरुषको मृत्यु भएको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्