प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा : ४० दिनपछि संवैधानिक इजलासमा सरकारी पक्षको पालो

 न्यूज विराट
प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा : ४० दिनपछि संवैधानिक इजलासमा सरकारी पक्षको पालो

४० दिनपछि संवैधानिक इजलासमा सरकारी पक्षका अधिवक्ताले बहस गर्ने पालो आएको छ । सरकारी पक्षले यसअघि २९ पुस र २ माघमा बहसको पालो पाएका थिए । त्यो बहस पनि ‘प्रतिनिधिसभा विघटन संवैधानिक हो कि होइन’ भन्नेमा केन्द्रित नभई मुद्दाको सुनुवाइ कुन इजलासमा गर्ने भन्नेमा केन्द्रित थियो ।

८ पुसबाट सुरु भएको सुनुवाइ २ माघसम्म त संवैधानिक इजलास कि बृहत पूर्ण इजलास भन्ने निर्क्योल गर्नमै अल्झियो । २ माघसम्म बुधबार र शुक्रबार मात्र संवैधानिक इजलासमा सुनुवाइ हुने चलन थियो ।

८ पुसमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको एकल इजलासले प्रतिनिधिसभा विघटनविरुद्धका रिट संवैधानिक इजलासमा पठाउन आदेश दियो । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले संवैधानिक इजलासमा आफूसहित हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसीलाई चुने ।

इजलासका लागि उनले छानेकामध्ये दोस्रो नम्बरमा रहेका कार्कीमाथि प्रश्न उठ्यो । कार्कीको विगतसँगै न्यायाधीश छान्ने राणाको ‘सेन्स’माथि समेत प्रश्न उठ्यो । तर, संवैधानिक इजलासको पहिलो दिन नै न्यायाधीश हरिकृष्ण कार्कीका लागि सुखद् रहेन । पहिलो दिन नै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले न्यायाधीश कार्कीको स्वार्थ बाझिने कुरा उप्काए ।

१० पुसको पहिलो छलफलमै वरिष्ठ अधिवक्ता त्रिपाठीले कार्कीलाई इजलासमा राखिएको विषयमा प्रश्न उठाए । ‘उहाँ (कार्की)को न्यायिक क्षमतामाथि हामीलाई विश्वास छ । तर, स्वार्थ बाझिने भएकाले उहाँ सहभागी हुन मिल्दैन भनेका हौँ’, इजलासबाट बाहिरिएपछि त्रिपाठीले भनेका थिए । त्रिपाठीको प्रश्न सुनेपछि राणा झोक्किएका थिए ।

कार्कीको विषयमा त्रिपाठी र राणाबीच केहीबेर सवालजवाफ भएको थियो । आफूमाथि गम्भीर प्रश्न उठ्दासमेत कार्की भने मौन रहे । न्यायाधीशमाथि शंका गर्न नमिल्ने भन्दै राणाले अधिवक्ताहरूलाई विश्वस्त हुन भने ।

राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, संघीय संसद सचिवालयबाट लिखित जवाफ माग गर्ने आदेश र एमिकस क्युरी गठन गर्ने निर्णयसहित १० पुसको इजलास सकियो ।

सम्बन्धित समाचार

२४ घण्टामा १३५१ संक्रमित थपिए, ७४२ डिस्चार्ज

काठमाडौं, १२ असोज-नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप १ हजार ३ सय ५१ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड- १९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका...

सरकारलाई काभ्रेलीका तर्फबाट ‘डल्लै’ धन्यवाद : गोकुल बाँस्कोटा

काभ्रेपलाञ्चोक, जेठ २५-प्रतिनिधिसभा सदस्य एवं निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारलाई सम्पूर्ण काभ्रेपलाञ्चोकका जनताले ‘विशेष धन्यवाद’ दिएको बताएका छन् । उनले भर्खरै सरकारले ल्याएको आर्थिक वर्ष २०७७/७८ को विनियोजित बजेटले काभ्रेली जनता उत्साहित...

श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ

विराटनगर । झापाको बुद्धशान्ति गाउँपालिका(१ बुधवारे बजार स्थितमा करुवा प्रहार गरी श्रीमतीको हत्या गर्ने श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३२ बर्षीय रघुनाथ मारुती गोरड रहेका छन । आज बिहान ३ बजे गोरडले...

अब ३३ ठाउँबाट काेराेनाकाे पीसीआर परीक्षण हुने

काठमाडाैं, १३ असारस्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले थप १० ठाउँमा कोभिड–१९ को पीसीआर विधिबाट परीक्षणका लागि प्रयोगशाला स्थापना गर्ने भएको छ ।कोभिड–१९ को परीक्षणको दायरा बढाउनका लागि १० ठाउँमा प्रयोगशाला स्थापना गर्न लागिएकाे मन्त्रालयका इन्सिडेन्ट कमाण्ड...

देशभर थपिए ८१६७ संक्रमित, थप ५४५५ जनाले जिते कोरोना

पछिल्लो २४ घण्टाको अवधिमा देशभर ८ हजार १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ हजार ५४८ नमुना परीक्षण गर्दा सो संख्या संक्रमित थपिएका हुन् । आज १७ हजार...

हुस्सु बढेपछि दुर्घटना रोक्न सवारीसाधनमा ‘रिफ्लेक्टर’ टास्दै मोरङ ट्राफिक

विराटनगर । चिसो बढेर तराईमा बाक्लो हुस्सु लाग्न सुरु भएसँगै दुर्घटना न्यूनीकरणका लागि मोरङमा ट्राफिक प्रहरीले ‘रिफ्लेक्टर’ (टल्किने वस्तु) टाँस्ने अभियान सुरू गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङ तथा ट्राफिक प्रहरी पोष्ट निमुवाको...

टी –२० क्रिकेट प्रतियोगिता, पुलिस र त्रिभुवन आर्मी विजयी

विराटनगर । राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा नेपाल पुलिस र त्रिभुवन आर्मी विजयी भएका छन् ।विराटनगरको बैजनाथपुर क्रिकेट रंगशालामा आज भएको पहिलो खेलमा पुलिसले लुम्बिनीलाई ८ विकेटले पराजित गरि सेमिफाइनलमा पुग्ने आशा जिवितै राखेको छ ।...

ओलीको गृहनगर दमकमा ६ दलिय गठबन्धनलाई धक्का, एमालले लियो अग्रता

विराटनगर, ३१ वैशाख । सर्वाधिक चासोका साथ हेरिएको एमाले अध्यक्ष ओलीको गृहनगर समेत रहेको झापाको दमक नगरपालिकामा नेकपा (एमाले) ले अग्रता कायम गरेको छ । दमक–१ को दुई सय मत गणना गर्दा मेयरमा एमालेकी गिता...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्