काठमाडौंको तारकेश्वरमा देखियो बर्डफ्लु, २५ सयभन्दा बढी पक्षी नष्ट

 न्यूज विराट
काठमाडौंको तारकेश्वरमा देखियो बर्डफ्लु, २५ सयभन्दा बढी पक्षी नष्ट

काठमाडौंको तारकेश्वर पालिएका पक्षीमा बर्डफ्लु रोग देखिएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयअन्तर्गतको पशु सेवा विभागका अनुसार तारकेश्वर नगरपालिका- ७, साङ्लेखोला, फुटुङमा स्थानीय कृषकले पालेको टर्की र हाँसको नमुना परीक्षण गर्दा शुक्रबार बर्डफ्लु पुष्टि भएको हो ।

फुटुङका स्थानीय कृषकले पालेका पक्षीमा बर्डफ्लु पुष्टि भएपछि संक्रमण अन्य क्षेत्रमा फैलिन नदिनका लागि शनिबार पशु चिकित्सक तथा प्राविधिकको टोलीले २ हजार ५ सय ४४ वटा पक्षी नष्ट गरेका विभागले जनाएको छ । विभागका अनुसार १ हजार ८ सय ६५ वटा हाँस, ६ सय २२ बट्टाइ, ३२ कुखुरा र २५ टर्की नष्ट गरिएको हो । त्यस्तै, ५ सय ४२ वटा अन्डा र ७५ केजी दानासमेत नष्ट गरी सो क्षेत्रलाई निःसंक्रमण गरिएको छ ।

एक महिनाअघि भारतमा बर्डफ्लु देखिएपछि सरकारले भारतबाट कुनै पनि पक्षीजन्य पदार्थ ओसारपसारमा रोक लगाएको थियो । नेपालमा पनि बर्डफ्लुको जोखिम रहेको भन्दै आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ । पक्षी तथा पक्षीजन्य उत्पानको ओसारपसार गर्द अनिवार्य रूपमा स्वास्थ्य परीक्षण गरी भेटेरिनरी प्रमाणपत्र लिन र फार्म परिसरमा नियमित रूपमा निःसंक्रमण गर्ने तथा व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिन विभागले भनेको छ ।

सम्बन्धित समाचार

चीनलाई जस्तै नेपाललाई घेर्ने भारतको तयारी

काठमाडौं, १९ जेठ-नेपालको नयाँ नक्सा जारी भएर संविधान संशोधन प्रक्रिया अघि बढेसँगै भारत नेपालप्रति रुष्ट भएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । नेपालले आफ्नो भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई आफ्नो नक्सामा सामेल गरेपछि भारतले यसलाई...

रोटरीद्धारा जेष्ठनागरिकहरुलाई खाद्यान्न र लत्ताकपडा वितरण

विराटनगर, १७ भदौ–सामाजिक क्षेत्रमा अग्रसर रहेको रोटरी क्लब अफ विराटनगर डाउन टाउनले जेष्ठ नागरिकहरुका लागि खाद्यान्न र लत्ताकपडा वितरण गरेको छ । विराटनगर आशोक चोक स्थित विराटेश्वर बृद्धाश्रममा आश्रित ६० जना जेष्ठ नागरिकहरुका लागि खाद्यान्न...

यस्ता छन् प्रदेश १ का कानुनमन्त्री कार्कीको १४ महिनाको उपलव्धि

विराटनगर । प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले २७ बुद्धे उपव्धि सार्वजानिक गरेका छन् । आन्तरिक मामितला तथा कानुन मन्त्रालय समालेको १४ महिना हुन लागेको र नयाँ सरकार गठनको प्रक्रिया...

एकैदिन ८८४८ जना भए कोरोना संक्रमणमुक्त

काठमाडौं, ८ जेठ । नेपालमा एकै दिन ८ हजार ८४८ जना कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार योसँगै निको हुनेको संख्या ३ लाख ८३ हजार ६८४ पुगेको छ । आज २०...

विद्यालय र स्वास्थ्यक्षेत्रको सुदृढीकरणका लागि विश्व बैंकको ५ अर्ब ८७ करोड सहयोग

विश्व बैंकले नेपालको विद्यालयक्षेत्र सुधार र स्वास्थ्यक्षेत्रको सुदृढीकरणका लागि ५ अर्ब ८७ करोड उपलब्ध गराउने भएको छ । अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनी र नेपालका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फेरिस हदाद जार्वोसबीच त्यससम्बन्धी दुई अलग...

जनप्रतिनिधिहरुलाई दशै भत्ता कानुन विपरीतः प्रमुख सचेतक कार्की

विराटनगर, ५ कात्तिक–नेपाली काँग्रेस प्रदेश १ संसदिय दलका प्रमुख सचेतक केदार कार्कीले ऐन नियाम विपरीत दशै भत्ता लिने जनप्रतिनिधलाई कानुन बमोजिम कारवार्ही गर्न माग गरेका छन् । बुधबार विज्ञप्ती प्रकाशित गर्दै कोरोना कहरमा जनप्रतिनिधिहरु जनताप्रति...

कोरोनाबाट मृत्यु भएकी महिलाको शिशु अस्पतालबाट डिस्चार्ज

काठमाडौं, ९ जेठ-कोरोना भाइरका कारण मृत्यु भएकी महिलाले जन्माएकी शिशुलाई धुलिखेल अस्पतालले डिस्चार्ज गरेको छ । उनको परिवार र शिशुको रिपोर्ट नेगेटिभ आएपछि आज डिस्चार्ज गरिएको हो । ‘आज डिस्चार्ज गरिको हो’, अस्पतालका डा. सुमन...

एमएम कप क्रिकेटमा कोशी प्रदेश विजयी

विराटनगर । एमएम कप फाउण्डेशनको आयोजनामा कोशी प्रदेशको राजधानी विराटनगरमा जारी तेस्रो संस्करणको मनमोहन स्मृति एकदिवसीय क्रिकेट प्रतियोगितामा कोशी प्रदेश विजयी भएको छ । पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीको स्मृतिमा विराटनगरको वैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला अन्तर्राष्ट्रिय क्रिकेट...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्