चीनलाई जस्तै नेपाललाई घेर्ने भारतको तयारी

 न्यूज विराट
चीनलाई जस्तै नेपाललाई घेर्ने भारतको तयारी

काठमाडौं, १९ जेठ-नेपालको नयाँ नक्सा जारी भएर संविधान संशोधन प्रक्रिया अघि बढेसँगै भारत नेपालप्रति रुष्ट भएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

नेपालले आफ्नो भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई आफ्नो नक्सामा सामेल गरेपछि भारतले यसलाई आफ्नो दाबी गर्दै आएको छ । सरकारले आइतबारमात्रै संविधान संशोधन प्रस्ताव संसदमा पेश गरेको थियो । नवभारत टाइम्सले नेपालको यो कदमले भारत रुष्ट भएको उल्लेख गरेको छ । नेपाललाई कडा सन्देश दिनका लागि भारतले अब यस मुद्दामा नेपाललाई चीनको चालमा घेर्न चाहेको उल्लेख गरेको छ ।

भारतले चीनसँग भएको सम्झौतालाई नेपालले बेवास्ता गरेको आरोप लगाएको छ । सो सम्झौताअनुसार लिपुलेक १९९१ देखि नै दुई देशबीचको व्यापारिक बिन्दु भएको उल्लेख छ ।

भारतले सन् १९६२ को भारत–चीन युद्धका समयमा नेपाललाई अनुरोध गरेर कालापानी क्षेत्रमा सेना राखेको र विस्तारै त्यसभन्दा पश्चिममा रहेको कुटी, नाभी, गुन्जी लिम्पियाधुरासहितका भूभागमा समेत दाबी गर्दै आएको छ ।

नेपालको संसदमा पेश भएको विधेयक पारित हुने निश्चित रहेको छ । भारतका केही बुद्धिजीवीले नेपाल सरकारको यो कदमले भारतसँगको सम्बन्धमा प्रतिकुल प्रभाव पर्नसक्ने बताएका छन् । उनीहरुले यो मामलामा चीनको भूमिकालाई अस्वीकार गर्न नसकिने समेत बताएका छन् ।
नवभारत टाइम्सको समाचारमा चीनसँग १९९१ मा भएको सम्झौताको नेपालले कहिल्यै विरोध नगरेको उल्लेख गरेको छ ।

डिसेम्बर १९९१ मा चीनका तत्कालीन प्रधानमन्त्री ली पेंगको भारत भ्रमणका क्रममा सीमा क्षेत्रमा व्यापार विस्तार गर्न एक सम्झौतामा हस्ताक्षर भएको र त्यसमा लिपुलेकलाई नै सीमा व्यापारिक केन्द्र मानिएको उल्लेख गरिएको छ ।

सन् १९९२ को जुलाईमा भारत र चीनले सीमा क्षेत्रमा व्यापारका लागि ‘प्रोटोकल फर इन्ट्री एन्ड एक्जिट प्रोजिजर’ मा हस्ताक्षर गरेका थिए । ११ अप्रिल, २००५ मा चीनका तत्कालीन प्रधानमन्त्री बेन जियाबाओ र भारतका प्रधानमन्त्री मनमोहन सिंहले वास्तविक नियन्त्रण रेखामा आपसी विश्वास बढाउनका लागि एक सम्झौतामा हस्ताक्षर गरेका थिए ।

जसको ५ नम्बर बुँदामा दुई देशबीच सीमा क्षेत्रमा संयन्त्र बनाउने, जसमा पूर्वी क्षेत्रमा किबिथु–दमाई र मध्य क्षेत्रमा लिपुलेकपास–कियांग ला लाई सामेल गर्ने सैद्धान्तिक सहमति बनेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

सम्बन्धित समाचार

विराटनगरमा २५ शैय्याको डेंगु उपाचार सेवा संचालन

विराटनगर । सुनसरीको धरानमा डेंगुले प्रकोपकोे रूप लिएपछि कोशी प्रदेश सरकारले विराटनगरमा डेंगु उपचार सेवा संचालनमा ल्याएको छ । विराटनगरस्थित संक्रामक रोग तथा सघन उपचार केन्द्रमा २५ शैय्याको डेंगु उपचार सेवा आइतबारबाट संचालनमा ल्याएको हो...

प्रदेश १ बाट बिहिबार ५ जनाको नमूना संकलन

विराटनगर, चैत २०–प्रदेश नं. १ मा बिहिबार कोरोना भाईरस (कोभिड–१९) का शंकास्पद ५ जनाको नमूना संकलन गरिएको छ । ओखलढुङ्गाबाट २ र सोलुखुम्वुबाट ३ जना शंकास्पद व्यक्तिको नमूना संकलन गरिएको सामाजिक विकास मन्त्रालययका प्रवक्ता डा....

कोरोनाविरुद्धको नयाँ खोप ३ सय जनामा परीक्षणको तयारी

एजेन्सी, असार ११-बेलायतमा कोरोना भाइरसविरुद्धको नयाँ खोपको मानवीय परीक्षणको तयारी गरिएको छ । स्वतस्फूर्त रुपमा खोपको परीक्षणमा सहभागी हुन चाहेकालाई सम्भवित नयाँ खोपको डोज दिने प्रक्रिया सुरु गरिएको वैज्ञानिकहरुले बताएका छन् । परीक्षणमा सहभागी हुने...

माधवलाई शंकरको जवाफ- पार्टी एकताको सहमति भए भ्याकेटको औचित्य रहँदैन

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पार्टी एकतामा सहमति भए भ्याकेटको औचित्य नरहने बताएका छन् । एमाले वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी ओली पक्षले भ्याकेटमा जाने निर्णय गरेर पार्टी एकता भंग गर्न खोजेको आरोप लगाएलगत्तै...

नाट्यकला परिषदमा डोमी कामत

विराटरनगर । स्थानीय स्तरमा सवै भाषा भाषिका कविहरु बिच आपसी भाईचारको माध्यमले कला संस्कृतिलाई जर्गेना गर्ने विराट मैथिल नाट्य कला परिषदको अध्यक्षमा डोमी कामत चयन भएका छन् ।पूर्व निर्धारित कार्यक्रम मासिक काब्य गोष्ठीको अवसरमा आयोजना...

संविधान संशोधनको प्रस्तावमा राप्रपाको समर्थन

काठमाडौं, १४ जेठ-राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले संविधान सशोधनसम्बन्धी सरकारको प्रस्तावलाई समर्थन गर्ने भएको छ । पार्टी अध्यक्षत्रय कमल थापा, पशुपतिशम्शेर जबरा र डा प्रकाशचन्द्र लोहनीको बैठकले विधेयकको पक्षमा मतदान गर्ने निर्णय गरेको हो ।...

सहमतिको प्रयासस्वरूव बालुवाटारमा ओली–प्रचण्ड छलफल

काठमाडौं, २२ असार-नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवाद हल गर्नका लागि प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड पुनः छलफलमा बसेका छन् । आगमी असार २४ गते ११ बजेसम्मका लागि जारी स्थायी समिति...

वी – डिभिजन क्रिकेट प्रतियोगिता : मिल्स र वेलबारी विजयी

विराटनगर । मोरङ जिल्ला स्तरीय वी – डिभिजन क्रिकेट प्रतियोगिता अन्तर्गतको खेलमा विराटनगरको मिल्स क्रिकेट क्लव र बेलबारी विजयी भएको छ । विराटनगरको वैजनाथ क्रिकेट मैदानमा बिहीबारबाट सुरु भएको प्रतियोगितामा मिल्सले कटहरी राइजिङ क्रिकेट क्लवलाई...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्