जनप्रतिनिधिहरुलाई दशै भत्ता कानुन विपरीतः प्रमुख सचेतक कार्की - News Birat

जनप्रतिनिधिहरुलाई दशै भत्ता कानुन विपरीतः प्रमुख सचेतक कार्की

न्यूज विराट

विराटनगर, ५ कात्तिक–नेपाली काँग्रेस प्रदेश १ संसदिय दलका प्रमुख सचेतक केदार कार्कीले ऐन नियाम विपरीत दशै भत्ता लिने जनप्रतिनिधलाई कानुन बमोजिम कारवार्ही गर्न माग गरेका छन् ।

बुधबार विज्ञप्ती प्रकाशित गर्दै कोरोना कहरमा जनप्रतिनिधिहरु जनताप्रति उत्तरदायि हुनुपर्ने बताउदै जनताको हितमा कामगर्नुको साटो ऐन मिचेर भत्ता बुझ्नु कानुन विपरीत भएको बताउदै विरोध गरेका छन । उनले विज्ञप्तीमा भनेका छन,‘जनप्रतिधिले पर्व भत्तालिने भनेर ऐन बनाएका छैनौ ।’ आफुहरुले कुनै पनी किसिमको भत्ता नलिएको समेत कार्कीको भनाई छ ।

स्वास्थ्य सेवा जनताको मौलीक अधिकार भएको उल्लेख गर्दै दुईतिहाईको सरकारले सर्वसाधारण माथी क्रृर शासन गर्ने र संविधानले दिएको मौलीक अधिकार जनताले सरकारबाट पाउने स्वाथ्य उपचार सेवा भएपनी कोरोना कहरमा आफ्नो उत्तरदायित्वबाट पन्छिने लाई सरकार भन्न नमिल्ने कार्कीले आरोप लगाएका छन् ।

सर्वसाधारणलाई स्वास्थ्य सेवा दिन नसक्नु लोकतान्त्रीक शासन पद्धतिको नीती नियम नभएको कार्कीको भनाई छ । कोरोना कहरमा अस्पतालमा सर्वसाधारणले उपचार नपाएको बताउदै घरमै प्राणत्यागेको बताउदै यस्तोबेलामा सरकार मुकदर्शक बनेको आरोप लगाउदै औषधि उपचारबाट भनेर पछाडी हट्नु र सांसादहरुलाई दशै भत्ता दिएर सत्ता टिकाउन खोज्नु लजास्पदभएको आरोप लगाएका छन् । कोरोना संक्रमीतको उपचारबाट प्रदेश १ सरकार पछाडी हटे जनआक्रोसको आँधी बेहेरी थाम्न सरकारलाई चेतावनी दिएका छन ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles