
पछिल्लो २४ घण्टामा प्रदेश १ मा १० संक्रमितको मृत्यु
विराटनगर, २९ कात्तिक–पछिल्लो २४ घण्टामा प्रदेश १ मा कोरोना भाईरसको संक्रमणबाट १० जनाको मृत्यु भएको छ । झापामा ५ संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा एक महिला र चार पुरुष रहेका छन् । त्यस्तै...
विराटनगर ४ माघ । विराटनगरका चर्चित उद्योगी मोतीलाल दुगड प्रधानमन्त्री केपीकर्मा ओलीको विषेश आर्थिक सल्लाहकार बन्ने भएका छन् । संसद विघटनपछि भएको सरकार पुनर्गठनका क्रममा उद्योग राज्यमन्त्रीबाट राजीनामा दिएका विराटनगरका चर्चित उद्योगी दुगडले महत्वपूर्ण जिम्मेवारी पाउने भएका छन् । राज्यमन्त्री भए पनि फूल मन्त्री सोसरह सक्रिय भई काम गरेका उद्योगी दुगडलाई प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाको ठाउँमा लैजान लागेका हुन् ।
बालुवाटारस्थितस्रोतका अनुसार उद्योगी दुगडलाई प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकार बनाउन लागेका छन् । अर्थमन्त्रीबाट राजीनामा दिएपछि डा. युवराज खतिवडाको व्यवस्थापनका लागि ओलीले यो पद सिर्जना गरेका थिए । डा. खतिवडा केही दिन मात्र यो पदमा रहेका थिए ।
प्रधानमन्त्री ओलीकै जोडबलमा डा. खतिवडालाई अमेरिकाका लागि नेपाली राजदूत बनाएर पठाइएपछि विशेष आर्थिक सल्लाहकारको पद रिक्त छ । मन्त्री सोसरहको हैसियत कायम हुने र सुविधा पाउने गरी सिर्जना गरिएको यो पदमा उद्योगी दुगड जान लागेका हुन् ।
दुगडलाई यो विषयमा बालुवाटारबाट खबर भइसकेको छ र उनलाई आइतबार साँझसम्म विशेष आर्थिक सल्लाहकारमा नियुक्त गरिएको पत्र दिइने तयारी भइरहेको स्रोतले जानाएको छ । सो विषयमा दुगडसँग बुझ्दा अनभिज्ञता प्रकट गरे । ‘अहिले म विराटनगरमा छु, त्यस्तो कुनै जानकारी आएको छैन ।’ उनले भने ।
विराटनगर, २९ कात्तिक–पछिल्लो २४ घण्टामा प्रदेश १ मा कोरोना भाईरसको संक्रमणबाट १० जनाको मृत्यु भएको छ । झापामा ५ संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा एक महिला र चार पुरुष रहेका छन् । त्यस्तै...
काठमाडौं, ११ वैशाख-तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष मण्डलका संयोजक रहेका शरदसिंह भण्डारीले समाजवादी र राजपा पार्टी एकीकरण गर्न प्रधानमन्त्रीले सहयोग पुर्याएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई धन्यवाद दिएका छन् । बिहीबार निर्वाचन...
विराटनगर, ३१ जेठ । जिल्ला समन्वय समिति मोरङको निर्वाचनमा एमालेको प्यानलै निर्वाचित भएको छ । एमालेका तर्फबाट जिसस प्रमुखमा अजम्बर राई, उपप्रमुखमा उषा झा विजयी भएका हुन् । दुवै जनाले २१/२१ मत ल्याएका छन् ।...
भक्तपुर, ३० चैत-बिस्केटको चहलपहल हुने भक्तपुर सुनसान छ । प्रत्येकवर्ष चैत मसान्तका दिन भक्तपुरको पोटरीस्क्वायरस्थित कुमालेटोलमा स्थानीयले उठाउने हात नभएको लिङ्गो आज उठाइएन । आज बिहान विधिपूर्वक पूजा गरेर उठाउनु पर्ने लिङ्गो नउठाएर सामान्य पूजा...
विराटनगर । नेपाल क्रिकेट फाउण्डेशनको आयोजना तथा क्रिकेट विथ वाउण्ड्रीको सहयोगमा भएको प्रथम नेपाल हव महिला २०–२० क्रिकेट प्रतियोगिता विराटनगर विजयी भएको छ । विराटनगर हव महिला टिम र राजविराज हव महिला टिम विच ३...
विराटनगर, १६ माघ । प्रदेश १ सरकारले प्रदेश राजधानीभित्रका प्रशासनिक संरचनाका लागि जग्गा खोज्न कार्यदल गनठ गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीको संयोजकत्त्वमा कार्यदल गठन गरेको...
विराटनगर, ११ भदौ–सामाजिक क्षेत्रमा अग्रसर रहेको रोटरी क्लब अफ विराटनगर डाउन टाउनले विराटनगरका विभिन्न संस्थालाई स्वास्थ्य सुरक्षाका लागि लगाइने मास्क हस्तान्तरण गरेको छ । कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निकायसँगको सहकार्यका काम...
विराटनगर । विराटनगरमा बिहीबारदेखि सुरु हुन लागेको सीएनआई कोसी एक्स्पोमा पाँचवटा मुख्य पेभिलियन रहने भएका छन् । अटोमोबाइल्सको पेभिलियनबाहेक चार वटालाई प्रमुख अग्ला हिमालहरु सगरमाथा, अन्नपूर्ण, मकालु र कन्चनजङ्घाको नामबाट नामाकरण गरिएका छन् । एक्स्पोका...
© 2019-2023 Copyright Birat Times Pvt. Ltd. | All Rights Reserved, Design & Develop By: Indesign Media Pvt. Ltd.