मुक्ति समाज मोरङको विस्तारित बैठक सम्पन्न

 न्यूज विराट
मुक्ति समाज मोरङको विस्तारित बैठक सम्पन्न

विराटनगर, २९ पुस-नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जनवर्गीय संगठन नेपाल उत्पीडित जातीय मुक्ति समाज मोरङको विस्तारित बैठक सम्पन्न भएको छ । जिल्लामा दलित समुदायका सवै प्रकारका समस्या पहिचान गरि समाधानका लागि अग्रसर हुने निर्णय गर्दै मुक्ति समाज मोरङका अध्यक्ष जित नारायण सरदारको अध्यक्षता र नेकपा केन्द्रीय सदस्य गुरु बरालको प्रमुख आतिथ्यतामा विस्तारित बैठक सम्पन्न भएको हो ।

बैठकलाई सम्बोधन गर्दै नेता बरालले मोरङमा रहेका दलित समुदायका सवै प्रकारका समस्या समाधानका लागि मुक्ति समाजका नेता कार्यकर्ताहरुलाई अग्रसर हुन निर्देशन दिए । ‘दलित समुदाय आर्थिक रुपमा सवैभन्दा पछाडी पर्दै आएको छ । दलित समुदायलाई आर्थिक रुपमा सवल बनाउने एजेण्डमा तपाईहरु लाग्नुस । आर्थिक अभावकै कारण उच्च शिक्षाबाट बञ्चित भएका विद्यार्थीहरुलाई पढाउनका लागि सहयोग गर्नुस् । विभेदका विरुद्ध संगठित भएर विभेद अन्त्य गर्ने अभियान चलाउनुस ।’ उनले भने,‘हिँजोको जस्तो समय अहिले होइन । मुक्ति समाजले उठान गर्दै आएका दलित समुदायका सवालहरुलाई पार्टीले सम्बोधन गरेरै छाड्छ । त्यसैले दलित समुदायको चौतर्फी विकासका लागि शसक्त ढंगबाट अब लाग्न जरुरी छ ।’

नेकपाकै पहलमा स्थानीय तहका प्रत्येक वडामा एक जना अनिवार्य दलित महिला वडा सदस्य बनाउन सफल भएको बताउँदै नेता बरालले नेकपाले मात्र दलित समुदायका माग सम्बोधन गर्ने बताए ।

विस्तारित बैठकमा नेकपा केन्द्रीय सदस्य तथा नेपाल उत्पीडित जातीय मुक्ति समाजका केन्द्रीय उपाध्यक्ष खेम नेपालीले संविधानले दलित समुदायलाई समान अधिकार प्रदान गरेको भएपनि व्यवहारमा कार्यान्वय हुन नसकेको बताए ।

उनले कानुन अनुसार जतीय विभेद दण्डनीय अपराध भएपनि जातीय विभेद गर्नेहरुको संरक्षणमा उपल्लो तहकै नेताहरु लाग्ने गरेका कारण विभेद अन्त्य हुन नसकेको बताए । ‘रुकुम पश्चिममा अन्तरजातीय प्रेमकै कारण छ जना युवाहरु मारिए । समानताका लागि ठुलो क्रान्ती गरेर आएँ भन्ने जनार्दन शर्माहरुनै अपराधिको संरक्षणमा लागे ।’ उनले भने,‘जातीय विभेद गर्दै हत्या गर्ने अपराधिहरुलाई सजाय दिलाउनुको साटो संसदभित्रै उनीहरुको बचाउमा उत्रिएको देखियो । ठुलो क्रान्ति गरेँ भन्ने त्यस्ता नेता र तिनको झुण्डले कसरी दलितको हित हुने काम गर्छन ?’

उनले नेकपाको जनवर्गिय संगठन मुक्ति समाजकै अगुवाईमा दलित समादायका अधिकार स्थापित भएको बताए । नेपालीले कानुन र संविधानले दलित समुदायलाई अधिकार प्रदान गरेपनि व्यवहारमा कार्यान्वयन हुननसकेकाले खबरदारी गर्न जोड दिए । उनले जिल्लाभरी टोल टोलमा पुगेर दलित समुदायका स्थानीय समस्या पहिचान गरि समाधनको अगुवाई गर्न मुक्ति समाजमा आवद्ध कार्यकर्ताहरुलाई निर्देशन समेत दिए ।

विस्तारित बैठकमा नेकपा केन्द्रीय सदस्य सत्यनारायण चौधरीले दलितका सामाजिक, आर्थिक, राजनीतिक, सांस्कृतीक सवालहरु नेकपाले मात्र सम्बोधन गर्दै आएको बताए । नेता चौधरीले दलित समुदायको सवै क्षेत्रमा समान सहभागिताका लागि नेकपा नेतृत्वको सरकारले आरक्षणको व्यवस्था, उच्च शिक्षामा छात्रबृत्ति, दलित बालबालिकालाई पोषण भत्ता, ६० वर्ष उमेर पुगेका दलित जेष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता, निशुल्क शिक्षा, प्राविधिक शिक्षामा छात्रबृत्ति लगायतका कार्यक्रम ल्याएकोे बताए ।

बैठकमा नेकपा केन्द्रीय सदस्य रामलाल साह, रमेश पोखरेल, मुक्ति समाजका केन्द्रीय सदस्य जिवन घतानी, अखिल नेपाल किसान महासंघका केन्द्रस्य सदस्य भद्रमान विश्वकर्मा, मुक्ति समाज मोरङका पदाधिकारी तथा अगुवा कार्यकर्ता, नेकपा जिल्ला कमिटी सदस्यहरु, पार्टीबाट निर्वाचित दलित जनप्रतिनिधिहरुलगायतको उपस्थिती रहेको थियो ।

सम्बन्धित समाचार

विराट शिक्षा कलेजको प्रिन्सिपलमा डा. आशिष गुप्ता नियुक्त

विराटनगर । विराटनगर – ३ मा रहेको विराट शिक्षा कलेजको प्रिन्सिपलमा डा. आशिष गुप्ता नियुक्त भएका छन् । डाक्टर गुप्तालाई कलेजको बोर्ड बैठकले प्रिन्सिपलमा नियुक्त गरेको हो । नवनियुक्त प्रिन्सिपल गुप्ताले गुणस्तरीय शिक्षा प्रदान गरी...

जनप्रतिनिधिहरुलाई दशै भत्ता कानुन विपरीतः प्रमुख सचेतक कार्की

विराटनगर, ५ कात्तिक–नेपाली काँग्रेस प्रदेश १ संसदिय दलका प्रमुख सचेतक केदार कार्कीले ऐन नियाम विपरीत दशै भत्ता लिने जनप्रतिनिधलाई कानुन बमोजिम कारवार्ही गर्न माग गरेका छन् । बुधबार विज्ञप्ती प्रकाशित गर्दै कोरोना कहरमा जनप्रतिनिधिहरु जनताप्रति...

उदयपुरे भएकै कारण अपरेसन थिएटरबाट फेरि निकालिए बिरामी

विराटनगर, बैशाख २०-विराटनगरको नोबेल मेडिकल कलेज अस्पतालले उदयपुरको भएकै कारण अर्का एक बिरामीको उपचार गर्न इन्कार गरेको छ । यसअघि सुत्केरी महिलाको उपचार गर्न अस्वीकार गरेको अस्पतालले हातको अपरेसनका लागि भर्ना गरिएका एक बिरामीलाई उदयपुर...

जनगणनाका लागि ४३ हजार गणक, तीन किसिमका प्रश्न

काठमाडौं, २४ कात्तिक-केन्द्रीय तथ्यांक विभागले १२ औँ जनगणनाका लागि ४३ हजार गणक र ९ हजार सुपरिवेक्षक कर्मचारीबाट तथ्यांक संकलन गर्ने भएको छ । विभागले जनगणनाको लागि तयारी अघि बढाएको जनाएको छ । संघीयतापछिको पहिलो जनगणनाका...

आत्मनिर्भर बनाउन हस्तकला सम्बन्धी तालिम

विराटनगर । हस्तकला सम्बन्धी सिपमुलक एक हप्ते तालिम सम्पन्न भएको छ । करुणा फाउन्डेसन नेपाल र फेयर मेड फाउन्डेसनको आयोजनामा अपाङ्गता भएका ब्यक्ति, परिवारका सदस्यहरू र कुष्ठ तथा हात्तीपाइले प्रभावित व्यक्तिहरूका लागि हस्तकला सम्बन्धी सिपमुलक...

‘सामाजिक सुरक्षा कोष मजदुर र प्रतिष्ठानबीच साझा दस्तावेज हो’

विराटनगर । सामाजिक सुरक्षा कोष मजदुर र प्रतिष्ठानबिच साझा दस्तावेज भएकाले यो कार्यान्यवयनमा सबै पक्ष जिम्मेवारीपूर्व लाग्नु पर्ने सुझाव सरोकारवालहरुले जोड दिएका छन् ।राष्ट्रिय समावेशी आयोग काठमाडौ र विराटनगर महानगरपालिकाद्वारा आज विराटनगरमा आयोजित नेपालमा श्रम...

संसद विघटनबारे भारतले भन्यो–यो नेपालको आन्तरिक मामिला हो

काठमाडौं, १२ जेठ । प्रतिनिधिसभा विघटन र नयाँ निर्वाचन घोषणा लगायत विकसित पछिल्ला राजनीतिक घटनाक्रमलाई भारतले नेपालको आन्तरिक मामिला भएको प्रतिक्रिया दिएको छ । नयाँ दिल्लीमा बुधवार आयोजित नियमित पत्रकार सम्मेलनमा भारतीय विदेश मन्त्रालयका प्रवक्ताले...

भारतीय क्‍वारेन्टाइनमा आमाको किरिया बसेका भट्टलाई घर ल्याइँदै

भारतीय क्वारेन्टाइनमा रहेर आमाको किरिया गरिरहेका दार्चुलाको शैल्यशिखर नगरपालिका-१ का वासुदेव भट्ट घर आउन पाउने भएका छन् । गृह मन्त्रालयले भारतको क्वारेन्टाइनमा रहेका भट्टलाई आमाको मृत्यु संस्कारका लागि नेपाल ल्याउने वातावरण मिलाउन जिल्ला प्रशासन कार्यालय...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्