जनगणनाका लागि ४३ हजार गणक, तीन किसिमका प्रश्न - News Birat

जनगणनाका लागि ४३ हजार गणक, तीन किसिमका प्रश्न

न्यूज विराट
काठमाडौं, २४ कात्तिक-केन्द्रीय तथ्यांक विभागले १२ औँ जनगणनाका लागि ४३ हजार गणक र ९ हजार सुपरिवेक्षक कर्मचारीबाट तथ्यांक संकलन गर्ने भएको छ । विभागले जनगणनाको लागि तयारी अघि बढाएको जनाएको छ ।

संघीयतापछिको पहिलो जनगणनाका रुपमा रहेको यो गणनामा नमूना छनोट विधि हटाइएको छ भने मुख्य, घरपरिवार लागत तथा सामुदायिक गरी ३ प्रकार प्रश्‍न लगिने केन्द्रीय तथ्यांक विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले जनाकारी गराए ।

घर तथा घरपरिवार लगत सूचीकरणका लागि २५ र मुख्य प्रश्नावलीका लागि ५५ वटा प्रश्‍न रहेको जनाइएको छ । सामुदायिक प्रश्‍नवलीको लगत भने वडास्तरबाट संकलन गरिने जनाइएको छ । यो पहिलोपटक संकलन गर्न थालिएको हो ।

सोमबार गरिएको आर्थिक पत्रकारसँगको वेभिनारमा उनले ७० लाख घर परिवारका ३ करोड जनसंख्याको विवरण संकलन हुने जानकारी दिए । जनगणना तयारी तथा निर्देशनका लागि ८ वटा समिति खडा भएको जनाइएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles