राष्ट्रियसभामा सात अध्यादेश पेस

 न्यूज विराट
राष्ट्रियसभामा सात अध्यादेश पेस

काठमाडौं, १८ पुस-राष्ट्रियसभाको आजको बैठकमा सरकारले जारी गरेका विभिन्न सातवटा अध्यादेश पेस भएका छन् । राष्ट्रियसभाको बैठकमा पेस भएका अध्यादेशमा  ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ रहेका छन् । उक्त अध्यादेश प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री लिलानाथ श्रेष्ठले पेस गरेका हुन् ।

तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियम), अध्यादेश २०७७, नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश २०७७, सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७७ बैठकमा पेस गरिएको छ । गृहमन्त्री रामबहादुर थापाले उक्त अध्यादेश पेस गरेका छन् ।

बैठकमा औषधि (तेस्रो संशोधन) अध्यादेश, २०७७ पेस गरिएको छ । उक्त अध्यादेश स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले राष्ट्रियसभामा पेस गरेका हुन् । यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७७ र फौजदारी कसुर तथा फौजदारी कार्य विधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश २०७७ पेस गरिएको छ । उक्त दुई अध्यादेश कानून, न्याय तथा संसदीय मामिलामन्त्री श्रेष्ठले पेस गरेका हुन् ।

सम्बन्धित समाचार

मोवाईल चोरीमा संलग्न ब्यक्ति ८० राउन्ड गोली सहित पक्राउ

झापा, असार २९। झापाको भद्रपुर नगरपालिका-५ का १८ बर्षीय मोहम्बद प्यारे मोवायल चोरीको आरोपमा पक्राउ परेका छन् भने उनको साथबाट पेस्तोलमा लाग्ने ८० राउण्ड गोली समेत बरामद भएको छ । यही असार २४ गते राती पुरानो...

मेरिल्याण्ड कलेजमा योग कक्षा सञ्चालन

विराटनगर । विराटनगर – ७ मा रहेको मेरिल्याण्ड कलेजमा अध्ययरत विद्यार्थीहरूका लागि योग कक्षा सञ्चालनमा ल्याएको छ । कलेजका कक्षा – ११ मा अध्ययरत विद्यार्थीहरुको लागि दुई दिने योग कक्षा बिहीबारदेखि संचालन गरिएको हो ।...

क्षयरोगीलाई खाद्यान्य बितरण

विराटनगर । क्षयरोग प्रभावित विरामीहरुलाई पोषण खाद्यान्य वितरण गरिएको छ । बिएनएमटी नेपाल नामक संस्थाले मंगलबार १० जना अति विपन्न क्षयरोगीलाई खाद्यान्य वितरण गरिएको हो ।पोषण परियोजना अन्र्तगत अति विपन्न क्षयरोग विरामीलाई खाद्यान्य वितरण गरिएको...

मनमोहन विश्वविद्यालय सेवा आयोगको अध्यक्षमा दामोदर थापा नियुक्त्त

विराटनगर । कोशी प्रदेश सरकारको मनमोहन प्राविधिक विश्वविद्यालय सेवा आयोगको अध्यक्षमा दामोदर थापा क्षेत्री नियुक्त्त भएका छन् । विश्वविद्यालय सेवा आयोगको दोस्रो अध्यक्षमा प्रोफेसर डाक्टर दामोदर थापा क्षेत्री नियुक्त्त भएका हुन् । अअध्यक्ष थापालाई आइतवार...

विज्ञापन बोर्डमा अधिकारी र टेलिभिजन बोर्डमा मुखिया नियुक्त

सरकारले विज्ञापन बोर्डको सदस्यमा चेतन अधिकारी र नेपाल टेलिभिजनको बोर्ड सदस्यमा सवनम मुखिया नियुक्त गरेको छ । मन्त्रिस्तरीय निर्णयबाट सोमबार अधिकारी र मुखिया चार वर्षका लागि नियुक्त भएका हुन् । नवनियुक्त सदस्यद्वय अधिकारी र मुखियालाई...

ब्लड क्यान्सर पीडित पत्रकार पौडेललाई स्पार्कको सहयोग

विराटनगर, फागुन १२–ब्लड क्यान्सरबाट पीडित भएका विराटनगरस्थित मकालु टेलिभिजनका समाचार प्रमुख कमल पौडेलको उपचारमा सहयोग गर्ने उद्देश्यले स्पार्क हेल्थ होम हस्पिटल काठमाडौंले १ लाख सहयोग गरेको छ । स्पार्क हेल्थ होम हस्पिटलले आफ्नो २८ औं...

कोरोना संक्रमणबाट प्रदेश १ मा थप ८ जनाको मृत्यु

विराटनगर, ३ जेठ । प्रदेश १ मा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । आइतबार रातिदेखि सोमबार विहानसम्म विराटनगरस्थित कोशी अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा एक, नोबेल शिक्षण अस्पतालमा पाँच र सुनसरीको धरानस्थित बीपी...

जवरजस्ती करणीको आरोपमा दुई कराँते प्रशिक्षक पक्राउ

विराटनगरमा एक १९ बर्षीय किशोरीलाई जवरजस्ती करणी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। गत असार २८ गते किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले विराटनगर– ३ का ५० वर्षीय विनोद राउत र सुरज सुवेदीलाई पक्राउ गरेको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्