मेरिल्याण्ड कलेजमा योग कक्षा सञ्चालन

 न्यूज विराट
मेरिल्याण्ड कलेजमा योग कक्षा सञ्चालन

विराटनगर । विराटनगर – ७ मा रहेको मेरिल्याण्ड कलेजमा अध्ययरत विद्यार्थीहरूका लागि योग कक्षा सञ्चालनमा ल्याएको छ । कलेजका कक्षा – ११ मा अध्ययरत विद्यार्थीहरुको लागि दुई दिने योग कक्षा बिहीबारदेखि संचालन गरिएको हो ।

नेपाल सरकार पाठ्यक्रम विकास केन्द्रले नै कक्षा – ११ को सामाजीक अध्ययन तथा जिवनउपयोगी शिक्षा विषयको पाठ – ५ मा योग तथा ध्यान नामक शिर्षक राखिएको छ । उक्त २ दिने योग प्रशिक्षण कार्यक्रममा राष्ट्रिय पतंजली योग केन्द्र काठमाडौँका संयोजक लोकनाथ खनालले विद्यार्थीहरुलाई पाठ्यक्रमअनुसारकै विभिन्न योगासन त्यस्तै दैनिक जीवनको अत्यावश्यक योग अनुलोम विलोम, कपालभाती, भ्रामरी आदि योग प्रशिक्षण दिनुका साथै विद्यार्थीहरुलाई दैनिक जीवनमा काम लाग्ने टीप्स र मेमोरी पावर बढाउने टीप्सहरु दिएको कलेजले जनाएको छ । यस्तै लाइफ स्कील शिक्षा पनि दिएको थियो । पतंजली योग समिति मोरङकी संयोजक शिल्पा प्याकुरेल तथा योग प्रशिक्षक इश्वरी गौतमले पनि विद्यार्थीहरुलाई परीक्षामा कसरी राम्रो गर्ने भन्ने बारे प्रशिक्षण दिए ।
समापन कार्यक्रममा कलेजका प्रिन्सीपल लक्ष्मण ढकालले विद्यार्थीहरुलाई आफुले सिकेको योग घरका परिवारलाई पनि सिकाएमा यसको अझ महत्व बढेर जाने बताए । कार्यक्रममा हिसानका केन्द्रिय उपाध्यक्ष भेषराज पोखरेल र प्रा.डा. पि.के. झाले योगको महत्वबारे विद्यार्थीहरुलाई जानकारी गराए ।

सम्बन्धित समाचार

तेह्रथुममा बन्चरो प्रहार गरी बुबाआमाको हत्या

तेह्रथुम, २६ वैशाख-तेह्रथुमको फेदाप गाउँपालिका-५ इसिबुका १ युवकले बाबुआमाको हत्या गरेका छन् । इसिबुका २० वर्षीय कञ्चन लिम्बूले बिहीबार साँझ ६ बजे बाबुआमाको हत्या गरेका हुन् । सामान्य घरायसी विवादमा ४२ वर्षीय बुबा रुपबहादुर लिम्बू...

कोरोना जितेकी अंशु भन्छिन्ः धैर्य र आत्मबल नै औषधि

बागलुङ, १३ वैशाख-बागलुङकी कोरोना संक्रमित १९ वर्षीया युवती शुक्रबार कोरोनामुक्त भएर अस्पतालबाट डिस्चार्ज भएकी छन् । युवतीको पाँचौ र छैँटौ स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएकाले उनी कोरोनामुक्त भएको धवलागिरी अञ्चल अस्पतालले जनाएको छ । बागलुङ...

काम गर्न बाधा पुर्‍याएपछि प्रधानमन्त्रीले संसद् विघटन गर्न पाउँछ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीलाई काम गर्न नदिएको अवस्थामा संसद् विघटन गर्न सक्ने दाबी गरेका छन् । बेलायतको उदाहरण दिँदै उनले काम गर्न नदिएको अवस्थामा संसद् विघटन गर्न प्रधानमन्त्रीले पाउने बताएका हुन् । ‘बेलायतमा लिखित संविधान...

मोरङमा ३२२ सहित प्रदेश १ मा ८९८ संक्रमित थपिए, ३५३ जनाले जिते कोरोना

विराटनगर, १२ जेठ । प्रदेश १ मा आज ८९८ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ३२२, सुनसरीमा २८०, झापामा ८५, पाँचथरमा ५५, धनकुटामा ४८, संखुवासभामा ४०, खोटाङमा १५, भोजपुरमा ७, उदयपुरमा ६, तेह्रथुम र...

रुसमा संक्रमितको संख्या ३ लाख ९६ हजार नाघ्यो

विराटनगर, जेठ १७–रुसमा हाल सम्म कोरोना संक्रमितको संख्या ३ लाख ९६ हजार नाघेको छ । रुसमा पछिल्लो २४ घण्टाको अवधिमा मात्र ८ हजार ९ सय ५२ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ३ लाख...

सहिष्णुताका सेतु

विराटनगर । विराटनगरका बासिन्दा वसिम आलम राजनीतिक वृत्तमा चिनिएको नाम हो । नेकपा एकीकृत समाजवादीको भ्रातृ संस्था अनेरास्ववियु्का सह–अध्यक्ष आलम हरेक आन्दोलनका अगुवाका रुपमा पनि स्थापित छन् । सामाजिक र राजनीतिक विषयमा सामाजिक सन्जालमार्फत तिखो...

आन्दोलनमा उत्रिएका १ सय परिवारलाई राहत वितरण

कास्की, १७ वैशाख-राहत सामग्री माग गर्दै पोखरा महानगरपालिका कार्यालय तथा वडा कार्यालय घेराउ र धर्नामा उत्रिएका पोखरा–९ कृष्ण टोलका सुकुम्बासी तथा विपन्न परिवारलाई राहत वितरण गरिएको छ । कोरोना सङ्क्रमण न्यूनीकरणका लागि आह्वान गरिएको जारी...

आज ३३०९ जनामा कोरोना पुष्टि, ३० संक्रमितको निधन

काठमाडौं, १९ कात्तिक-गत २४ घण्टामा नेपालमा ३ हजार ३ सय ९ जना कोरोना संक्रमित थपिएका छन् । १३ हजार १ सय ४४ को पीसीआर गर्दा आज ३ हजार ३ सय ९ जना संक्रमित थपिएका हुन्...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्