काठमाडौं, १५ पुस-नेपालमा थप ५११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ११० जनाको नमुना परीक्षण गर्दा २०४ महिला र ३०७ जना पुरुषमा कोरोना पुष्टि भएको हो । यीसँगै हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ६० हजार ५९ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ६ सय जना निको भएर फर्किएका छन् । योसहित कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज हुनेको संख्या २ लाख ५१ हजार ९ सय १२ पुगेको छ ।
त्यस्तै, संक्रमणबाट आज थप ७ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार ८ सय ४७ पुगेको छ ।