बाँके बस दुर्घटना : मृतकको संख्या १२ पुग्यो

 न्यूज विराट
बाँके बस दुर्घटना : मृतकको संख्या १२ पुग्यो

बाँके, १९ जेठ-बाँकेको राप्ती सोनारी गाउँपालिकास्थित पूर्व पश्चिम राजमार्गमा गएराती भएको बस दुर्घटनामा ज्यान गुमाउनेकाे संख्या १२ पुगेको छ ।  जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक वीरबहादुर वलीअनुसार दुर्घटनामा ११ जनाको घटनास्थलमै मृत्यु भएको थियोे भने १ जनाको भेरी अस्पताल नेपालगञ्जमा उपचारका क्रममा मृत्यु भएको हो ।

भारतबाट घर फर्केका नागरिकलाई लिएर नेपालगञ्जदेखि सल्यान जाँदै गरेको ना ५ ख ५९९५ नम्बरको हायस गाडी रोकिराखेको बा४ख ९०६४ नम्बरको ट्रकमा गएराती करिब १२ बजे ठोक्किँदा दुर्घटना भएको थियो ।

राप्ती सोनारी गाउँपालिका-२ ठुरिया जंगलमा भएको दुर्घटनामा बसमा सवार अन्य २१ यात्रु घाइते भएका छन् । घाइतेहरूको भेरी अस्पतालमा उपचार भइरहेको छ । मृत्यु भएका १२ जनाकै शव भेरी अस्पतालमा राखिएको छ । उनीहरूको सनाखतको काम भइरहेको प्रहरी उपरीक्षक वलीले बताए ।

सम्बन्धित समाचार

सुम्निमा स्कुलमा स्पोर्ट्स सप्ताह शुरू

विराटनगर । विराटनगर महानगरपालिका – ११ मा रहेको सुम्निमा इङ्लिश स्कुलमा स्पोर्ट्स सप्ताह सुरू भएको छ । स्कुल परिसरमा एक कार्यक्रम आयोजना गरी बुधबारदेखि स्पोर्ट्स सप्ताह सुरू भएको हो । एक हप्तासम्म सुरू हुने सप्ताहमा...

देशव्यापी प्रदर्शनका लागि कांग्रेसले तोक्यो शीर्ष नेताको सम्बोधन क्षेत्र

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले २९ मंसिरमा गर्न थालेको देशव्यापी प्रदर्शनको लागि शीर्ष नेताको कार्यक्षेत्र तोकेको छ । पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले १० नाराका साथ शीर्ष नेता कुन जिल्लामा गएर सम्बाेधन गर्ने भन्ने विषय तोकिएको जानकारी दिए ।...

भारतमा एक महिनामा थपिए २६ लाख संक्रमित

एजेन्सी, १५ असोज-भारतमा पछिल्लो एक महिनामा २६ लाख नयाँ कोरोना संक्रमित थपिएका छन् । अगष्टयता सङ्क्रमण ७१ प्रतिशतले वृद्धि भएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । भारतको विभिन्न राज्यमा सञ्चालन गरिएको ‘सिरो प्रिभेलेन्स’ सर्वेक्षणले यस...

दक्षिण अफ्रिकामा एक महिलाले एकैपटक १० शिशु जन्माइन्, विश्व रेकर्ड कायम

एजेन्सी, २६ जेठ । दक्षिण अफ्रिकामा एक महिलाले एकैपटक १० वटा शिशुलाई जन्म दिएकी छन् । दक्षिण अफ्रिकी ३६ वर्षीया गोसियामी थामारा सितहोलले सोमबार राति प्रिटोरियाको एक अस्पताल सात छोरा र तीन छोरीलाई जन्म दिएकी...

मालपोत कार्यालय विराटनगरको सेवा बन्द

विराटनगर, ८ साउन । कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि भूमिसुधार तथा मालपोल कार्यालय विराटनगरको सेवा बन्द हुने भएको छ । दुई जनामा संक्रमण पुष्टि भएर १ साउनदेखि कार्यालयले आंशिक सेवा प्रवाह गर्दै आएको थियो ।...

यस्ता छन् प्रदेश १ का कानुनमन्त्री कार्कीको १४ महिनाको उपलव्धि

विराटनगर । प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले २७ बुद्धे उपव्धि सार्वजानिक गरेका छन् । आन्तरिक मामितला तथा कानुन मन्त्रालय समालेको १४ महिना हुन लागेको र नयाँ सरकार गठनको प्रक्रिया...

ओमिक्रोन फैलिने जाेखिम बढ्यो, भिडभाड रोक्नु र मास्क अनिवार्य गराउनू:स्वास्थ्य मन्त्रालय

काठमाडौं, १८ पुस । इपिडिमियोलोजी तथा सरूवा रोग नियन्त्रण महाशाखाले कोरोनाको ओमिक्रोन भेरियन्टको जोखिम बढेकाले सतर्कता अपनाउन पालिका, जिल्ला स्वास्थ्य कार्यालय र स्वास्थ्य निर्देशनालयहरूलाई अनुरोध गरेको छ । ‘हालसम्म पनि यस महामारीको विश्वव्यापी जोखिम कायमै...

कांग्रेस केन्द्रीय महिला विभागले पूर्णता पायो

काठमाडौं, ५ साउन-नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधानअनुसार केन्द्रीय महिला विभागमा सचिव र सदस्यलाई आज मनोनयन गरेका छन् । सभापति देउवाले उक्त विभागको प्रमुखमा पार्टीका केन्द्रीय सदस्य ईश्वरी न्यौपानेलाई गत १९ फागुनमा मनोनयन गरेका...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्