प्रदेश १ सरकारले ३५ अर्वको बजेट ल्याउँदै - News Birat

प्रदेश १ सरकारले ३५ अर्वको बजेट ल्याउँदै

न्यूज विराट

विराटनगर, १ असार -प्रदेश १ सरकारले सोमबार करिव ३५ अर्वको वजेट प्रस्तुत गर्दै छ । चालु आर्थिक वर्षको तुलनामा करिव ७ अर्व घटाएर दिउँसो ३ वजे प्रदेश सरकारको तेश्रो वजेट प्रस्तुत गर्ने भएको छ ।

स्वास्थ्य र कृषि क्षेत्रलाई केन्द्रित गरि वजेट प्रस्तुत गरिने भएको छ । कुल वजेटको २० प्रतिशत स्वास्थ्य र कृषिमा विनियोजन हुने आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्वोले बताउनुभयो ।

प्रदेश सरकारले गत वर्ष चालु आर्थिक वर्षका लागि ४२ अर्व २० करोड ४ लाख १२ हजारको वजेट ल्याएको थियो । लकडाउनका कारण चालु आर्थिक वर्षको अनुमानित आय संकुचित भएपछि त्यसको प्रत्यक्ष असर आगामी आर्थिक वर्षको वजेटमा परेको मन्त्री आङ्वोको भनाई छ । चालु आर्थिक वर्षमा ३ अर्व ८६ करोडको आन्तरिक श्रोत तेश्रो वजेटको संघारमा सवा अर्वमा खुम्चिएको मन्त्रालय श्रोतले बताएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles